सीमावर्ती जोगबनी नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच शनिबार झडप भएको छ । सीमा नाकामा अवरोध गर्न बसेका मधेसी मोर्चाका नेता, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई धर्नाबाट प्रहरीले हटाउन खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट महतोको टाउकोको अगाडिको भाग चोट लागेको छ । उनको दुबै खुट्टामा समेत चोट लागेको छ । प्रहरीले भने झडपपछि सीमापारि पुगेका मोर्चाकै कार्यकर्ताको ढुंगा लागेर महतो घाइते भएको दाबी गरेको छ । झडपपछि जोगबनी पुगेका महतोलाई त्यहाँ प्राथमिक उपचारपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा ल्याइएको थियो । उनको सिटी स्क्यानलगायत जाँचपछि उपचार भइरहेको छ । महतोलाई सघन उपचार कक्ष ‘आइसीयु’ मा राखिएको छ । Continue reading “नाकामा धर्ना बसेका राजेन्द्र महतो कुटिए, आइसियुमा भर्ना”
Author: admin
थारु युवा स्वंयसेवक गठनका लागि दाङमा बृहत् भेला हुने
थारु युवा स्वंयमसेवकको दाङ भेलाले नारायणपुरमा सम्पन्न भएको छ। लामो समयदेखि भइरहेको थरुहट/थारुवान आन्दोलाई पूर्णता तथा सशक्त बनाउने, केन्द्रीय स्तरमा रहेका नेताहरुलाई खबरदारी गर्ने, आन्दोलनलाई सहयोग गर्ने, गाउँगाउँमा थारु युवाहरुलाई सचेतीकरण गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको हो। Continue reading “थारु युवा स्वंयसेवक गठनका लागि दाङमा बृहत् भेला हुने”
आन्दोलनलाई ऊर्जा थप्न थारु महिला सभाको राष्ट्रिय भेला लहानमा हुँदै
थारु महिला सभाको दुई दिने राष्ट्रिय भेला सिरहाको लहानमा हुँदैछ। ‘अधिकार सम्पन्न पहिचानसहितको संविधान राष्ट्रवादी थारु महिलाहरुको अभियान’ मुख्य नारासहित भेला आयोजना हुन लागेको महिला सभाकी हरि देवी चौधरीले जानकारी दिइन्। उनका अनुसार भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित हुनेछ। त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट पाँच पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी हुनेछन्। Continue reading “आन्दोलनलाई ऊर्जा थप्न थारु महिला सभाको राष्ट्रिय भेला लहानमा हुँदै”
प्रहरीले मध्यरातमा आतंकित पारेपछि कैलालीका थारुहरुको जंगल बास

कैलालीमा प्रहरी छापाका कारण थारुहरु आतंकित बनेका छन्। कैलालीको पबेरा गाविसको पालिया, मणिपुर क्षेत्रमा आधा रात छापा मारेर त्यहाँका स्थानीय थारुलाई आतंकित बनाएको थरुहट थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता माधव चौधरीले बताए। Continue reading “प्रहरीले मध्यरातमा आतंकित पारेपछि कैलालीका थारुहरुको जंगल बास”
एमालेका थारू सांसद भन्छन्- मौजुदा सात प्रदेशको सीमांकन हेरफेर हुँदैन

एमाले सांसद कृपा रानाले राज्यको संरचनामा कुनै हेरफेर हुन नसक्ने बताएका छन्। आज झलारी पिपलाडी नगरपालिकाको असैनास्थित शिव मन्दिरमा जनश्रमदानका लागि पुग्नुभएका सांसद रानाले मौजुदा सात प्रदेशको सीमाङ्कनमा हेरफेर हुन नसक्ने बताए। Continue reading “एमालेका थारू सांसद भन्छन्- मौजुदा सात प्रदेशको सीमांकन हेरफेर हुँदैन”
उदयपुरकी मञ्जु चौधरी राज्यमन्त्रीमा नियुक्त
एमालेले ६ जना राज्यमन्त्रीकाे टु्ंगाे लगाएकाे छ। एमालले जानकारी दिएअनुसार ‘राज्यमन्त्री’मा मञ्जु चौधरी, दीपनारायण साह, नरदेवी पुन, बलवहादुर महत, दिनेशचन्द्र यादव र दामोदर भण्डारी छन्। Continue reading “उदयपुरकी मञ्जु चौधरी राज्यमन्त्रीमा नियुक्त”
पथलैयामा हुने भनिएको थारु युवा स्वंयसेवकको भेला हाललाई स्थगित

पथलैयामा हुने भनिएको थारु युवा स्वैसेवकको भेला हाललाई स्थगित गरिएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समितिको मेची-महाकाली अभियानले सबैजना व्यस्त भएका कारण तयारी नपुगेको भन्दै हाललाई स्थगित गरिएको केन्द्रीय संयोजक महावीर चौधरीले बताए। थरु एराउन्ड दी वर्ल्डका अध्यक्षसमेत रहेका चौधरीले भेलाको अर्को मिति छिट्टै तोकिने बताए। Continue reading “पथलैयामा हुने भनिएको थारु युवा स्वंयसेवकको भेला हाललाई स्थगित”
थारु बिना सेती-महाकाली प्रदेश बलियो हुँदैन : देउवा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली कञ्चनपुर जिल्लामा बसोवास गर्ने थारु समुदायलाई बिषेश अधिकार दिन आफूले पहल गर्ने बताएका छन्। कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको सुदूरपश्चिमाञ्चलस्तरीय प्रशिक्षण कार्यक्रमको समापन गर्दै उनले थारुहरुको साथ र सहयोगबिना अहिलेको सेती महाकाली प्रदेश बलियो नहुने भएकाले उनीहरुलाई विषेशाधिकार दिनुपर्ने धारणा राखे। Continue reading “थारु बिना सेती-महाकाली प्रदेश बलियो हुँदैन : देउवा”
प्लेयर अफ दि इयर नेबिका
माघीलाई आन्दोलनको रुपमा मनाउन संघर्ष समितिको निर्णय, थरुहटको छुट्टै संविधान पनि घोषणा गरिने
थरुहट थारुवान संयुक्त संघर्ष समितिले माघीलाई आन्दोलनका रुपमा मनाउने निर्णय गरेको छ। ‘मेची महाकाली जनपरिचालन अभियान’को अन्तिम दिन कैलालीमा बसेको समितिको बैठकले आन्दोलनलाई अझ सशसक्त बनाउने निर्णय गरेको छ। बैठकले माघीकै दिन पारेर थरुहटको अलग्गै संविधान जारी गर्नेसमेत निर्णय गरेको छ। Continue reading “माघीलाई आन्दोलनको रुपमा मनाउन संघर्ष समितिको निर्णय, थरुहटको छुट्टै संविधान पनि घोषणा गरिने”





