एपिएफकी नेबिका चौधरी भएन् प्लेयर अफ दी इयर

Nebika Chaudhary

एपिएफ क्लबले ११औं ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जित्दा नेपाल पुलिसकी कमला पुन सर्वोत्कृष्ट खेलाडी भएकी छन्। कमला राष्ट्रियटोलीकी लिबेरो हुन्। आठ वर्षअघि म्याग्दीबाट भलिबल खेल्न सुरु गरेकी कमलाले पहिलोपल्ट सर्वोत्कृष्ट खेलाडीको पुरस्कार पाइन्। Continue reading “एपिएफकी नेबिका चौधरी भएन् प्लेयर अफ दी इयर”

एमाओवादी केन्द्रीय समितिमा पाँच थारु थपिए

SAnta Kumar Tharuएमाओवादीले आफ्नो पार्टीको विधान संशोधन गरी सांगठनिक संरचनालाई संवैधानिक व्यवस्थाअनुसार प्रादेशिक रूपमा रूपान्तरित गरेको छ। पार्टीको दुई साता लामो केन्द्रीय समिति बैठकपछि वरिष्ठ नेताहरूलाई सात प्रदेशका इन्चार्जको जिम्मेवारी तोकिएको हो। Continue reading “एमाओवादी केन्द्रीय समितिमा पाँच थारु थपिए”

एमालेको सुनसरी अध्यक्षमा द्वारिकलाल चौधरी सर्वसम्मत

नेकपा एमाले सुनसरीको दोस्रो जिल्ला परिषद्बाट द्वारिकलाल चौधरी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन्। चौधरी अध्यक्ष केपी ओली पक्षका हुन्। जिल्ला अध्यक्षमा उम्मेदवारी दिएकी वरिष्ठ नेता माधव नेपाल पक्षकी लक्ष्मी गौतमले उम्मेदवारी फिर्ता लिएपछि चौधरी सर्वसहमत भएका हुन्। दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन अध्यक्ष रेवतीरमण भण्डारी सभासद्मा बिजयी भएपछि उपाध्यक्ष रहेका चौधरीले कार्यबाहक रुपमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। Continue reading “एमालेको सुनसरी अध्यक्षमा द्वारिकलाल चौधरी सर्वसम्मत”

राजधानीबासी थारुले दशरथ रंगशालामा माघी महोत्सव मनाउने

maghi_ktm_2070-14

विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं उपत्यकामा आई बासोबास गर्ने थारुहरुले यसपाली पनि ‘थारु माघी महोत्सव २०७२’ मनाउने तयारी गरेका छन्। थारु जातिको नयाँ वर्षकोरुपमा चिनिने माघी पर्वको अवसरमा माघ १ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो महोत्सव मनाइने मूल आयोजक कमिटीले जानकारी गराएको छ। आमाबाबु तथा अभिभावकबाट शुभआशीर्वाद लिई मनाइने यस पर्वलेले नेपालीको एकता, सहकार्य र भातृत्वको विकास गर्ने विश्वास थारुहरुले गर्ने गर्छन्। Continue reading “राजधानीबासी थारुले दशरथ रंगशालामा माघी महोत्सव मनाउने”

सरकारको तीन बुँदे प्रस्ताव मधेसी मोर्चद्वारा अस्वीकार

Madhesi Morcha

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले अघि सारेको संविधान संशोधन गरी सहमतिमा पुग्ने प्रस्ताव अस्वीकार गरिदिएको छ। मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मोर्चाले सरकारको प्रस्ताव अमूर्त, अस्पष्ट र दृष्टिकोणबिहीन भएको जनाएको हो। मोर्चाको मंगलबार बसेको बैठकले उक्त प्रस्तावले मधेसी, आदिवासी जनजाति, थारु, दलित, मुश्लिम, महिला लगायत सीमान्तकृत समुदायहरुको माग र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा प्रस्तुत ११ बुँदे प्रस्तावलाई समेत संवैधानिक रुपमा सम्बोधन गर्न नसकेको निस्कर्ष निकालेको छ। Continue reading “सरकारको तीन बुँदे प्रस्ताव मधेसी मोर्चद्वारा अस्वीकार”

कैलालीमा थारुको विशाल विरोध सभा, आन्दोलन सशक्त बनाउन जोड

tharu protest 03

प्रादेशिक सीमांकन र नया“ संविधानको विरोधमा लामो समयसम्म आन्दोलन गर्दा समेत सरकारले सुनुवाई गर्नु भन्दा उल्टै उत्तेजित पार्ने काम गरिरहेको थरुहट पक्षधर नेताले आरोप लगाएका छन्। थरुहट/थारुवान, राना थारु र कठरिया थारु संयुक्त संघर्ष समिति कैलालीद्वारा मंगलवार धनगढीमा आयोजित विरोध सभामा उनीहरुले यस्तो बताएका हुन। थरुहट नेताहरुले यो सरकार थारु विरोधी भएको आरोप लगाएका छन्। Continue reading “कैलालीमा थारुको विशाल विरोध सभा, आन्दोलन सशक्त बनाउन जोड”

भारतले समर्थन जनाएको सरकारको तीन बुँदे प्रस्तावमा के छ ?

Sushma-Swaraj

सरकारले तीन बुँदे राजनीतिक प्रस्ताव पारित गरी हालको गतिरोध अन्त्य गर्न वातावरण तयार गरेको भनि भारत सरकारले सो निर्णयको स्वागत गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै भारतले उक्त निर्णयको स्वागत गरेको हो।

नेपालका परराष्ट्रमन्त्रि कमल थापाले मन्त्रिपरिषदको निर्णयबारे सुष्मा स्वराजलाई जानकारी गराएका थिए। मन्त्रिपरिषदको निर्णयले मधेसमा देखिएको समस्या समाधान गर्न सहज हुने विज्ञप्तिमा उल्लेख छ। ‘राजनीतिक दलहरुलाई तोकिएको समयसिमा भित्र लचिलो भएर संवैधानिक विषयहरुमा संवाद मार्फत समाधान खोज्न आग्रह गर्दछैं’, विज्ञप्तिमा भनिएको छ।
‘अवस्था सामान्य हुँदै गइसकेपछि दुवै देशको व्यापारमा सुरक्षित र सहज अवस्था आउने छ भन्ने कुरामा हामी विश्वस्त छौं’, विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

भारतीय विदेश मन्त्रालयको विज्ञप्ती लगत्तै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले ट्विट गर्दै संकट समाधानको लागि भारतको विज्ञप्ती सकारात्मक भएको बताएका छन्।

आइतबार मन्त्रिपरिषद बैठकले पास गरेका प्रस्ताव यस्ता छन्:

१. राज्यका निकायहरुमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने छ।

२. प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुसार संविधानमा उपयुक्त व्यवस्था गरिनेछ । यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिनेछ। उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवदेन दिनेछ।

३. यसबाहेक नागरिकता लगायतका अन्य मागहरुलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिनेछ।

सोमलाल चौधरीको नेतृत्वमा कञ्चनपुरमा थारु युवा स्वयंसेवक कमिटी गठन

Kanchanpur 01  थारु युवा स्वंयसेवकको कञ्चपुरमा जिल्ला समिति गठन भएको छ। कञ्चनपुरको बेलौरीमा आयोजित कार्यक्रममा सोमलाल चौधरीको अध्यक्षतामा थारु युवा स्वंयसेवक गठन भएको हो। त्यसको उपाध्यक्षमा उदय चौधरी, सचिवमा अनिता चौधरी, कोषाध्यक्षमा सुरेश चौधरी छन्। भेलामा सहभागी दुई सय युवाहरु थारु युवा स्वंयसेवकको रुपमा काम गर्ने केन्द्रीय संयोजक महावीर चौधरीले बताए। Continue reading “सोमलाल चौधरीको नेतृत्वमा कञ्चनपुरमा थारु युवा स्वयंसेवक कमिटी गठन”