प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदारले ज्ञापन पत्र बुझाएका छन्। सरकार गठनका बेला पार्टीसँग भएको ८ बुँदे सहमति कार्यन्वयन नगरेको भन्दै गच्छदारले मंगलबार बिहान बालुवाटारमा ज्ञापन बुझाएका हुन्। Continue reading “८ बुँदे कार्यन्यवको माग गर्दै गच्छदार पार्टीका शीर्ष नेता बालुवाटारमा”
Author: admin
नेपाल ‘दक्षिण एसियाकै गरिब’
भारतले लगाएको नाकाबन्दी र लम्बिँदो तराई–मधेस बन्दले गरिबी दर तीव्र रुपले बढिरहेको जनाउँदै अर्थविदहरुले नेपाल अब दक्षिण एसियाकै गरिब मुलुक बन्ने खतरा औंल्याएका छन्। भूकम्पको तान्डबबाट तंग्रिन नपाउँदै सुरु भएको तराई–मधेस हडताल र भारतले लगाएको नाकाबन्दीले हजारौंको रोजगारी खोसिँदा यस्तो अवस्था आएको हो। Continue reading “नेपाल ‘दक्षिण एसियाकै गरिब’”
इटहरीमा चिम्नी ढल्दा छ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
इटहरी उपमहानरपालिका–१६ एकम्बास्थित न्यु जय नेपाल इँटाभट्टाको चिम्नी आज साँझ ढल्दा छ मजदूरको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय पकलीको इन्स्पेक्टर टीका कार्कीका अनुसार सनाखत भएकाहरूमा सद्धाम हुसेसन बिहार भारत, मिथिलेश पासवान बिहार भारत, गरिबनारायण पासवान बिहार भारत, भगनीदेवी चाैधरी इटहरी-१६, शिवनारायण चाैधरी इटहरी-२० छन्। Continue reading “इटहरीमा चिम्नी ढल्दा छ जनाको मृत्यु, ६० भन्दा बढी घाइते”
साफ च्याम्पियसिपका लागि आदित्य र अमृत चौधरी छनोट
भारतमा हुने नवौं साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा २० सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक प्याट्रिक ओसेम्सले टोलीको घोषणा गरेका हुन्। Continue reading “साफ च्याम्पियसिपका लागि आदित्य र अमृत चौधरी छनोट”
राजधानीमा २० हजार थारु युवा उतार्छौं : महावीर चौधरी
थारु युवाहरुको हालै सम्पन्न राष्ट्रिय भेलाले ‘थारु युवा स्वंयसेवक’ दस्ता गठन गरेको छ। जसको मुख्य उद्देश्य थारु आन्दोलनलाई मजबुत र सशक्त बनाउनु हो। यो दस्ताले नेतृत्वकर्तालाई गोलबद्ध गर्नुका साथै आन्दोलनमा होमिन दबाब दिने बताइएको छ। थारु नेताहरुकै कमजोरीले शून्यप्राय बनेको थारु आन्दोलनलाई उचाइमा पुर्याउन यो दास्ताको नेतृत्व लिएका छन् थरु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले। Continue reading “राजधानीमा २० हजार थारु युवा उतार्छौं : महावीर चौधरी”
ओलीजी, कालो छाला हुने र धोती लाउने बिहारी हुन् ?
कालो छाला हुने र धोति लाउने बिहारी हुन् ? नयाँ शक्तिका अभियन्ता गंगानारायण श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्दै भने, ‘ओलिले ऐलान गरुन, के कालो छाला हुने र धोती लगाउने बिहारी हुन ?’ बिरोध सभालाई संवोधन गर्दै एमाओवादीका पूर्व केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले प्रचण्डले पहिले मधेशसँग लभ पर्यो भन्ने गरेको प्रसंग सुनाउँदै प्रश्न गरे, ‘प्रचण्ड ज्यु, अहिले कसरी तपाईको मधेशसँग ट्रेजीडी पर्यो, यसको उत्तर दिनुस् ?’ Continue reading “ओलीजी, कालो छाला हुने र धोती लाउने बिहारी हुन् ?”
‘मधेशमा अंगिकृतले राष्ट्रपति खानुपर्ने माग कहिले उठ्यो ?’
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले राज्यले अहिलेको संविधानलाई उत्कृष्ट संविधान भन्दै जतालाई भ्रममा पारेको आरोप लगाए । उनले भने, ‘रोडियो सुन्छु त्यस्तै आउँछ, टिभी हेर्छु त्यही अखबारमा त्यही, यो सब जनतालाई भ्रममा पार्ने काम मात्र भएको छ, जनतालाई उत्पीडनमा राखेर अधिकार दिएका छौं भन्दै ढाँट्न पाइँदैन।’ Continue reading “‘मधेशमा अंगिकृतले राष्ट्रपति खानुपर्ने माग कहिले उठ्यो ?’”
अझै बलमिच्याँइ गरे थारुहट र मधेश छुट्टै राज्य बन्छ : भानुराम थारु
नयाँ संविधानले आदिवादी जनजाती, थारु र तराई मधेश लगायतका जनतालाई अधिकार नदिएको भन्दै सडकमा आएका आन्दोलनका अगुवाहरुले बलमिच्याईं गरे थारुहट र मधेश छुट्टै राज्य बन्न सक्ने चेतावनी दिएका छन्। Continue reading “अझै बलमिच्याँइ गरे थारुहट र मधेश छुट्टै राज्य बन्छ : भानुराम थारु”
धारिलो हतियार प्रहार गरी जलुस चौधरीको हत्या
तुलसीपुर नगरपालिका– १८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको बताए। Continue reading “धारिलो हतियार प्रहार गरी जलुस चौधरीको हत्या”
बुद्ध सनेश साप्ताहिक पहिलो वार्षमा, थारु पत्रकार संघ पुनर्गठन
कपिलबस्तुको गजेहडाबाट प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको पहिलो वार्षिकी मंसिर २६ गते एक कार्यक्रमकाबीच मनाइएको छ। थारु तथा नेपाली भाषामा प्रकाशित भइरहेको बुद्ध सनेश साप्ताहिकको वार्षिकीमा विभिन्न अतिथिहरुले निरन्तरताको शुभकामना दिएका थिए। प्रमुख अतिथि थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीले कार्यक्रमको समुद्घाटन गर्दै थारु समुदायको बारेमा खोजमूलक समाचार, बिचारलाई प्राथमिकता दिन आग्रह गरे। Continue reading “बुद्ध सनेश साप्ताहिक पहिलो वार्षमा, थारु पत्रकार संघ पुनर्गठन”





