कोही प्रचण्डलाई भगवान मान्ने, कोही ओलीको कमैया कमलरी बन्ने, कोही कोइरालाको चाकरी गर्ने प्रवृति जारी रहे थरुहट आन्दोलन टुक्रिने निश्चित छ। लेखीले पनि प्रचण्ड, उपेन्द्रलाई फोन गर्ने अनि गच्छदारलाई हेर्न नसक्ने हुनु हुँदैन। लेखीबिना थाकस अपूर्ण छ, त्यसैले आफ्नो घमण्ड देखाउनुभन्दा सबैलाई मिलाएर लैजान सक्नुपर्छ।
Author: admin
धनिराम र तेजुलाललाई वार्ता समितिमा राखेको भन्दै विरोध
थरुहट थारुवान संयुक्त संघर्ष समितिले संयोजक धनिराम चौधरी र नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीलाई वार्ता टोलीमा राखेको भन्दै सप्तरीका नेताले विरोध जनाएका छन्। आन्दोलनमा कुनै भूमिका निर्वाह नगरेको भन्दै सप्तरीका नेता रामाकान्त चौधरीले विरोध जनाएका हुन्। धनिराम चौधरी थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष र तेजुलाल चौधरी सप्तरी क्षेत्र नम्बर ५ का निर्वाचित सांसद हुन्। Continue reading “धनिराम र तेजुलाललाई वार्ता समितिमा राखेको भन्दै विरोध”
सप्तरीमा १३ जिल्लाका नेताहरुको अन्तर्क्रिया, केन्द्र सुस्ताएको आरोप
थारु आन्दोलनलाई सशक्त बनाउन सप्तरीको कदमाहामामा अन्तर्क्रिया सम्पन्न भएको छ। थरुहट थारुवान संयुक्त संघर्ष समिति सप्तरीले आयोजना गरेको कार्यक्रममा १३ जिल्लाका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा थारु आन्दोलनलाई उचाइमा पुर्याउन नेता राजकुमार लेखीले अवधारणा पत्र प्रस्तुत गरेका थिए। Continue reading “सप्तरीमा १३ जिल्लाका नेताहरुको अन्तर्क्रिया, केन्द्र सुस्ताएको आरोप”
थारु भाषाको सप्ताहिक ‘लौव अग्रासन’ आठौं वर्षमा
सन्तोष दहित
दाङ- दाङको सदरमुकाम घोराहीवाट प्रकाशित हुदै आएको एक मात्र थारु भाषाको पत्रिका लौव अग्रासन साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको छ। शुक्रवारको दिन चियापान तथा अन्तरक्रित्मका कार्यक्रमको आयोजना गरी सातौं वार्षिकोत्सवम मनाइएको छ। Continue reading “थारु भाषाको सप्ताहिक ‘लौव अग्रासन’ आठौं वर्षमा”
दुई चार जनाले गरेको आन्दोलनलाई सिङ्गो थारू-मधेसीको आन्दोलन भन्न मिल्दैन : शान्चा चौधरी
पूर्व सभासद् शान्ता चौधरीले नेपाललाई छिटोभन्दा छिटो जातीय आन्दोलन मुक्त गराउन जातीय भातृ संगठनभन्दा वर्गीय भातृ संगठन बनाउन जरुरी रहेको बताएकी छन्। रिपोर्टस क्लव दाङ तुलसीपुरमा शुक्रवार पूर्वसभासद एवं राष्ट्रिय भूमिअधिकार मञ्चकी सदस्य चौधरीले देशमा जस्तोसुकै जटिल अवस्था सिर्जना भए पनि आफ्नो नेपाली स्वाभिमान जोगाई राख्ने प्रतिवद्धता व्यक्त गरिन्। चौधरीले जवसम्म वर्गीय समस्याको समाधान हुँदैन तबसम्म कुनै पनि समस्याको समाधान हुनै नसक्ने पनि ठोकुवा गरिन्। Continue reading “दुई चार जनाले गरेको आन्दोलनलाई सिङ्गो थारू-मधेसीको आन्दोलन भन्न मिल्दैन : शान्चा चौधरी”
मुक्तिपछिको ‘लावा जुनी’
माघ लाग्यो कि डरले मन ‘ढक्क’ फुल्थ्यो। घरमा साहुहरूको ताँती लाग्थ्यो। बाबुआमालाई मोलमोलाइ गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरू सकेसम्म कसेर ‘भाउ’ लिन खोज्ने, साहुहरूले घटाउनमै जोड दिने। अन्तिममा दुवै पक्षलाई ‘मर्का नपार्ने’ गरी मूल्यमा सम्झौता हुन्थ्यो। वर्षदिनको एकमुष्ठ रकम परिवारले साहुसँग बुझ्थ्यो। यो ‘सौदाबाजी’ पछि गंगापरस्पुर लोखरपुरकी मञ्जु चौधरीलाई थाङ्ना काखी च्यापेर साहुको दैलो टेक्न करै लाग्थ्यो। Continue reading “मुक्तिपछिको ‘लावा जुनी’”
मन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाइयो
थरुहट थारुवान संयुक्त संघर्ष समितिले स्वास्थ्यमन्त्री रामजनम चौधरीलाई वार्ता टोलीबाट हटाएको छ। थारु सांसद समितिको संयोजक हैसितयले चौधरी वार्ता टोलीमा सहभगी थिए। मन्त्री चौधरी सरकारमा सहभागी भइ मन्त्रीसमेतको पदभार ग्रहण गरेपछि संघर्ष समितिको बिहीबार बसेको बैठकले टोलीबाट बर्खास्त गर्ने निर्णय गरेको हो। उनको ठाउँमा थारु सांसद समितिले अर्को बैठकमा नाम पेस गर्ने बताइएको छ। थारु सांसद समितिले संयोजकमा पनि अर्कैलाई राख्ने तयारी भएको बताइएको छ।
वार्ता टोली गठन
त्यस्तै सरकारी वार्ता टोली र उच्च स्तरी वार्ता टोली गठन भएको छ। समितिले उच्चस्तरी वार्ता टोलीमा धनिराम चौधरीकै नेतृत्वमा पुरानो टोली राखेको छ। सरकारी वार्ता टोलीमा भने सात सदस्यीय गठन गरेको छ। जसमा धनिराम संयोजक र नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, थरुहट तराई पार्टी नेपालका सांसद गोपाल दहित, संघीय लोकतान्त्रिक थरुहट मञ्चकी सांसद रुक्मिणी चौधरी, मालमति राना, रमेश चौधरी र थारु राष्ट्रिय मुक्ति मोर्चाको एक प्रतिनिधि सहभागी हुनेछन्।
थारु आन्दोलन सशक्त बनाउन ‘मेची-महाकाली जनपरिचालन’ अभियान चलाइने
थरुहट थारुवान संयुक्त संघर्ष समितिले मेची महाकाली अभियान चलाउने भएको छ। थारु आन्दोलनलाई थप सशक्त बनाउन समितिले पूर्व झापादेखि पश्चिम कञ्चपुरसम्म प्रतिनिधिमूलक जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बिहीबार राजधानीमा बसेको बैठकले अगामि पुस १ गतेदेखि गतेसम्म अभियान सञ्चालन हुने निर्णयमा उल्लेख छ। Continue reading “थारु आन्दोलन सशक्त बनाउन ‘मेची-महाकाली जनपरिचालन’ अभियान चलाइने”
थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठकमा ‘गफ मात्रै’
करिब डेढ महिनापछि बसेको थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। बुधबार शंखमुलमा बसेको बैठक बिना निष्कर्ष सकिएको समितिले जनाएको छ। बैठक बिहीबार पुनः बसिरहेको छ। Continue reading “थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठकमा ‘गफ मात्रै’”
कैलालीको थारुलाई मन्त्री बनाऔं : लेखराज भट्ट
एकीकृत नेकपा माओवादीका केन्द्रीय नेता लेखराज भट्टले एमाओवादीका तर्फबाट सरकारमा सहभागी एकजना मन्त्रीलाई हटाएर कैलालीको थारुलाई मन्त्री बनाउन माग गरेका छन्। Continue reading “कैलालीको थारुलाई मन्त्री बनाऔं : लेखराज भट्ट”








