एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वीरमान चौधरी पाँच वर्षसम्म अर्काको घरमा कमैया बसेका व्यक्ति हुन्। उनले बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा केन्द्रीय समितिको बैठकमा उभिएर भने- ‘कमैया हुँदा मालिकले थोत्रा लुगा दिन्थे, अहिले पार्टीमा पनि यस्तै भयो।’ Continue reading “पेरिसडाँडामा वीरमान चौधरीको वयानः पार्टीभित्रै कमैया भइयो !”
Author: admin
थारुवान थरुहट संयुक्त संघर्ष समिति पुनर्गठनका लागि बैठक बस्दै
थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ। थारु आन्दोलनका नेतृत्वकर्ताको सर्वत्र विरोध हुन थालेपछि करिब डेढ महिनापछि बैठक बस्न लागेको हो। बैठक बस्न लागेको संयोजक धनिराम चौधरीले पुष्टि गरेका छन्। बैठकको एजेन्डबारे भने उनले केही बताउन चाहेनन्।
बैठकको एजेन्डाबारे प्रवक्ता तथा एमाओवादी सांसद अमनलाल मोदीलाई प्रश्न गर्दा अहिलेसम्म केही तय नभएको बताए। ‘बैठक बस्ने कुरो छ। तर बैठकका एजेन्डाबारे अहिल्यै केही तय भएको छैन,’ उनले थारुवानसँग भने।
स्रोतका अनुसार भोलिको बैठकले संघर्ष समितिको पुनर्गठन गर्नेछ। समितिभित्रका चार संयोजकहरु ‘फेलियर’ सावित भएको बताउँदै स्रोतले भन्यो, ‘समिति पुनर्गठन हुनसक्छ।’
थारु सभासद् समितिका संयोजक रामजनम चौधरी सरकारमा सहभागी भएर मन्त्री भएपछि संयुक्त संघर्षभित्र चर्को विरोध भएको थियो। आन्दोलन पनि गर्ने सरकारमा पनि सहभागी हुने कस्तो नैतिकता भन्दै प्रश्न तेर्सिएपछि उनी पछाडि फर्किने सम्भावना रहेको ती स्रोतले बतायो।
त्यस्तै बैठकले वार्ता टोली पनि पुनर्गठन गर्ने तयारी गरेको बताइएको छ। वार्ता टोलीका सदस्यहरु सरकारमा सहभागी भएको र टोली पनि जम्बो भएको भन्दै वार्ता टोली पुनर्गठन गरिने ती स्रोतले बतायो।
तर बैठकबारे आफूहरुलाई केही थाहा नभएको थरुहट तराई पार्टी नेपालका सांसद गंगा चौधरीले बताइन्। थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरी पनि बैठकबारे केही जानकारी नआएको बताए।
ओलीले भने- ‘अब मधेस बनाऔँ, मधेसलाई पछाडि पर्न नदिऔँ’
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताप्रति नेकपा (एमाले) सबैभन्दा बढी चिन्तित रहेको बताएका छन्। एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलालाई आज सौराहामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले नेपालका हिमाल, पहाड, मधेस र तराई जहाँ जो बसे पनि सबै नेपाली भएको बताउँदै एकार्काका बीचमा मानवीय दृष्टिले बन्धुत्वको व्यवहार गर्ने काममा एमाले कहिल्यै पछि हट्दैन भने। Continue reading “ओलीले भने- ‘अब मधेस बनाऔँ, मधेसलाई पछाडि पर्न नदिऔँ’”
सरकारद्वारा ‘जनताको संविधान, जनताकै माझमा’ अभियान सुरु
सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ। ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियानको आज विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गरे। Continue reading “सरकारद्वारा ‘जनताको संविधान, जनताकै माझमा’ अभियान सुरु”
एमालेका मधेसी नेताले भने- संविधान बुझाउन नसक्दा मधेसमा भ्रम फैलियो
तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन्। Continue reading “एमालेका मधेसी नेताले भने- संविधान बुझाउन नसक्दा मधेसमा भ्रम फैलियो”
थारुद्वारा सुदूरपश्चिम महोत्सव बहिष्कार, थारु झाँकी प्रस्तुत गर्नेलाई कारबाही चेतावनी
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सुदूरपश्चिम महोत्सव बहिस्कार गरेको छ। कैलाली कञ्चनपुरका बहुसंख्यक समुदायको पहिचानलाई धरापमा पारेको थारु आन्दोलनको अवेज्ञा गरेको भन्दै कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव बहिष्कार गरेको हो। महोत्सवमा थारु झाँकी प्रस्तुत गर्नेलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ। Continue reading “थारुद्वारा सुदूरपश्चिम महोत्सव बहिष्कार, थारु झाँकी प्रस्तुत गर्नेलाई कारबाही चेतावनी”
तराईका पहाडे, थारू र मधिसे
म ७७ वर्षपहिले तराई जिल्ला मोरङको विराटनगर बजारमा १९९५ वैशाखमा जन्मेको हुँ। मेरा पिता मातृकाप्रसाद कोइराला पनि एक सय तीन वर्षअघि १९६९ साल (सन् १९१२) मा विराटनगरमै जन्मिनुभएको हो। मेरो बाबुपट्टिका बाजे कृष्णप्रसाद कोइराला पनि सिन्धुलीबाट जनकपुर हुँदै पहिले मोरङको सदरमुकाम रंगेली र त्यसपछि विराटनगर बसाइँ सर्नुभएको हो। म मोरङे पहाडे हुँ। Continue reading “तराईका पहाडे, थारू र मधिसे”
समावेशी र समानुपातिक प्रणालीलाई स्पष्टसँग अङ्गीकार गर्न एमाओवादी नेताको जोड
एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज १३ जना नेताले आफ्नो धारणा राखेका थिए। Continue reading “समावेशी र समानुपातिक प्रणालीलाई स्पष्टसँग अङ्गीकार गर्न एमाओवादी नेताको जोड”
दाङमा ट्याक्टरबाट खसेर गङ्गाराम चौधरीको मृत्यु
दाङको सिसहनियामा आज से१त ७७२४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सौडियार-९ का २१ वर्षीय गङ्गाराम चौधरी रहेका छन्। चलिरहेको ट्याक्टरबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। Continue reading “दाङमा ट्याक्टरबाट खसेर गङ्गाराम चौधरीको मृत्यु”
महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन
थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन भएको छ। दाङको तुल्सिपुरमा आयोजित तीन दिने राष्ट्रिय भेलाले ११ सदस्यीय स्वयंसेवक दस्ता गठन गरेको हो। थरुहट थारुवान संयुक्त संघर्ष समितिले गर्दै आएको थारु आन्दोलनलाई सशक्त र निर्णायक बनाउन युवाहरु परिचालन गर्ने उद्देश्यले दस्ता गठन गरिएको भेलाले जनाएको छ। भेलाले देशभरिका जागरुक युवालाई यही दस्तामा गोलबद्ध गर्नेसमेत निर्णय गरेको छ। Continue reading “महावीर चौधरीको नेतृत्वमा ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन”






