मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आज भारत प्रस्थान गरेका-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान ८:१५ बजे नयाँ दिल्ली प्रस्थान गरेको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए। Continue reading “मधेसी नेता दिल्लीमा, नेताहरुको लागि भारत सरकारको रात्रिभोज”
Author: admin
‘थारु आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलिएको छ’
थारु कल्याणकारिणी सभाको केन्द्रीय सम्पर्क तथा प्रशिक्षण विभागले थारु आन्दोलनबारे अन्तर्क्रिया आयोजना गरेको छ। राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा थारु कल्याणकारिणी सभाका भातृ संगठनहरुलाई थारु आन्दोलन र मेची महकाली अभियानबारे जानकारी गराइएको विभाग प्रमुख राजकुमार लेखीले बताए। Continue reading “‘थारु आन्दोलनबारे अन्तर्राष्ट्रिय जगतमा भ्रम फैलिएको छ’”
सरकारले आठबुँदे कार्यान्वयन नगरेपछि गच्छदार रुष्ट, आन्दोलनमा दमन गरेको आरोप
सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले तराई मधेर र थरुहट आन्दोलनमा ठूलो पार्टी र राज्यले दमन गरेको आरोप लगाएको छ । साथै उसले सरकार गठनका क्रममा आफूसँग भएको ८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ । फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठकले सत्तापक्ष, विपक्षी र आन्दोलनकारी पक्ष वार्तामा बसेर राजनीतिक सहमति गरेर संविधानमा संशोधन गरेर देशलाई दुर्घटनाबाट बचाउन सकिने बताएको छ । Continue reading “सरकारले आठबुँदे कार्यान्वयन नगरेपछि गच्छदार रुष्ट, आन्दोलनमा दमन गरेको आरोप”
तराई मधेस आन्दोलनले रोटीबेटी सम्बन्ध धरापमा, पाँच सय बिहे टुटे
बुटवलकी युवतीसँग भारतको नौतुनाका हेमन्तको बिहे तय भैसकेको थियो। तर करिब चार महिनादेखि चलेको मधेस आन्दोलनले उनीहरुको बिहे रोकिएको छ। हेमन्तलाई चिन्ता छ– आन्दोलनकै कारण मन परेकी युवतीसंग जीवन बिताउने चाहना मार्नुपर्ने त हैन? Continue reading “तराई मधेस आन्दोलनले रोटीबेटी सम्बन्ध धरापमा, पाँच सय बिहे टुटे”
आन्दोलनको समर्थनमा अष्ट्रेलियन संसद भवन अगाडि प्रदर्शन
अष्ट्रेलियाको विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरुले मधेश आन्दोलनप्रति समर्थन जनाउँदै प्रदर्शन गरेका छन् । उनीहरुले आन्दोलनको क्रममा भएका मानव अधिकारको हननको विरुद्धमा अष्ट्रेलियाको संसद भवन अगाडि प्रदर्शन गरेका हुन् । Continue reading “आन्दोलनको समर्थनमा अष्ट्रेलियन संसद भवन अगाडि प्रदर्शन”
दाङमा थारु युवाको राष्ट्रिय भेला
अमेरिकास्थित थारु संस्थाको साधारणसभा
केन्द्रीय नेताहरुका कारण थारु आन्दोलन कमजोर भएको युवाहरुको आरोप
दाङको तुल्सिपुरमा आयोजित थारु युवाहरुको राष्ट्रिय भेलामा देशभरिका युवाहरुले आ-आफ्नो धारणा राखिरहेका छन्। जारी थारु आन्दोलनको कमी कमजोरी र कसरी सशक्त बनाउनेबारे युवाहरुले आफ्नो धारणा राखिरहेको बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए। Continue reading “केन्द्रीय नेताहरुका कारण थारु आन्दोलन कमजोर भएको युवाहरुको आरोप”
राष्ट्रबादीहरुलाई एक बिखण्डनकारीको खुलापत्र
आदरणीय तीन ठूला दलका नेताज्यूहरु, सरकारमा पदासीन सबै राष्ट्रबादी नेताज्यूहरु, राष्ट्रबादी नागरिक अगुवा, बुद्धिजीबी, समाजसेवी, विज्ञ, राष्ट्रसेवक कर्मचारीलगायत सबै राष्ट्रबादी नागरिकज्यूहरु,थारु नागरिकको हार्दिक अभिबादन (नमस्कार, रामराम, सेवालागि, सेवारो, झोर्ले, वालेकुम सलाम)! स्वीकार्नुस्। Continue reading “राष्ट्रबादीहरुलाई एक बिखण्डनकारीको खुलापत्र”
थारु सांसदहरुले भने- सबै मिलेर आन्दोलन अघि बढाऔं
थारु नेताहरुले सबै मिलेर आन्दोलन अघि बढाउनुपर्ने बताएका छन्। दाङको तुल्सिपुरमा आयोजित थारु युवाको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै थारु सांसदहरुले आन्दोलनको विकल्प नरहेको बताएका थिए। उनीहरुले थारु आन्दोलनलाई जसरी पनि सफलताको शिखरमा पुर्याउनुपर्ने बतए। ‘हाम्रा हक अधिकार सुनिश्चित गर्न आन्दोलन अपरिहार्य छ,’ उद्घाटन सत्रमा बोल्दै एमाओवादी सांसद सन्तकुमार थारुले भने, ‘यो आन्दोलन हाम्रा माग पूरा नभएसम्म जारी रहन्छ।’ Continue reading “थारु सांसदहरुले भने- सबै मिलेर आन्दोलन अघि बढाऔं”






