थारु महिला सभाको राष्ट्रिय भेला सिरहामा हुने

Tharu Mahila Sava

थारु महिला सभाको राष्ट्रिय भेला सिरहामा हुने भएको छ। सभाको केन्द्रिय समिति बैठकले पुस ११ र १२ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। राष्ट्रिय भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित हुने बताइएको छ। त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट पाँच पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी हुनेछन्। Continue reading “थारु महिला सभाको राष्ट्रिय भेला सिरहामा हुने”

थारु युवाको राष्ट्रिय भेला आजदेखि, युवा सभा सहभागी नहुने

Mahabir Chaudhary

थारु युवाहरुको राष्ट्रिय भेला आजदेखि दाङमा सुरु भएको छ। दाङको तुल्सिपुरमा आयोजित राष्ट्रिय भेलामा विभिन्न जिल्लाका प्रतिनिधिहरु आउने क्रम जारी रहेको आयोजक थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले जानकारी दिए। Continue reading “थारु युवाको राष्ट्रिय भेला आजदेखि, युवा सभा सहभागी नहुने”

सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा गोली चल्दा ७ जना घाइते

Nawalpur-4-720x450
photo :hulakinews

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गभन्दा केही दक्षिण नवलपुरमा मेधसी मोर्चाले आयोजना गरेको आमसभामा प्रहरीले चलाएको गोली लागेर ७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। सर्लाही पिपरीया-६ का ३० वर्षीय गुटु राय यादबको ढाडमा गोली लागेको छ। सोलेमपुर-१ का २९ वर्षीय मनोहर राय यादबको छातीमा गोली लागेको छ। उनीहरुलाई तत्काल जनकपुर नभए काठमाडौं लैजान चिकित्सकले रेफर गरेका छन्। Continue reading “सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा गोली चल्दा ७ जना घाइते”

हिंसा भड्किएयता टीकापुरको अवस्था के छ ?

Bp-Sahबीपी साह

टीकापुर घटनापछि कैलालीका तीन गाविस निकै प्रभावित छन् । मुनुवा, थापापुर र जोशीपुर । यी गाविस टीकापुर छेउछाउका हुन् । जहाँ थारुहरूको बाहुल्य छ । थरुहट प्रदेशको माग गर्दै भइरहेको आन्दोलनका क्रममा टीकापुरमा सात प्रहरी र एक बालकको ज्यान जाने गरी हिंसा भड्कियो, गत भदौमा । त्यसपछि ती गाविसवासी भयमा बाँचिरहेका छन् ।
एक्लै कोही नयाँ मान्छे त्यहाँ पुग्यो भने उसलाई नयाँ ग्रहबाट आएको जस्तो व्यवहार गरिन्छ । न कोही बोल्न चाहन्छ न त कोही कसैको घर देखाउन चाहन्छ । गत हप्ता यो पंक्तिकार र एक पुरुष थारु मानवअधिकारकर्मी ती गाविसमा पुग्यौँ । त्यो दिन त्यस गाउँका केही महिला हामीसँग कुरा गर्न मानेनन् । गाउँमा जान्ने–सुन्ने खालको कोही पुरुष थिएनन् । त्यो दिन हामी त्यत्तिकै टीकापुर फर्कियौं । Continue reading “हिंसा भड्किएयता टीकापुरको अवस्था के छ ?”

गच्छदारको सम्पत्ति ५० लाख नगद, ७५ तोला सुन र २७५ तोला चाँदी

Gachhadar Express his View

निर्वाचित भएको डेढ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण बुझाएका छन् । ३० सदस्यीय मन्त्रिपरिषदमा उनीसहित सरकारका १६ मन्त्रीलेमात्रै सम्पत्ति विवरण बुझाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको वेबसाइटमा प्रकाशित सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको सम्पत्ति एभरेष्ट बैंकमा नगद ७ लाखमात्रै देखिएको छ । सम्पत्तिको सोत ‘स्वआर्जन’ उल्लेख छ । Continue reading “गच्छदारको सम्पत्ति ५० लाख नगद, ७५ तोला सुन र २७५ तोला चाँदी”

थारु मधेसीको आन्दोलन छापामार युद्धतिर जान सक्छ : महावीर चौधरी (अन्तर्वार्ता)

photo 14

विश्वभरि छरिएर रहेका थारुहरुको छाता संगठन हो ‘थारु अराउण्ड द वर्ल्ड’ जसको नेतृत्व गर्दैछन् महाविर चौधरी । दाङको तुल्सीपुरमा जन्मेका चौधरी हालः अमेरिकामा बस्दै आएका छन् तर मधेश-थरुहटमा आन्दोलन सुरु भएदेखि उनी यसै क्षेत्रमा छन्। उनकै नेतृत्वमा मंसिर १८, १९ र २० गते थारु युवाहरुको राष्ट्रिय भेला हुँदैछ। जारी आन्दोलन र यसका निकासका विषयमा अध्यक्ष चौधरीसँग बीपी साहले गरेको कुराकानी। Continue reading “थारु मधेसीको आन्दोलन छापामार युद्धतिर जान सक्छ : महावीर चौधरी (अन्तर्वार्ता)”

ढल्केबर पुगेर मोर्चाका शीर्ष नेताले भने- सरकार जातीय नरसंहारमा उत्रियो

02122015044956Rm-600x0

राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन्। आज धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भए पनि अहिले मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताए। अहिले मधेसको विरोधमा दलहरु एक ढिक्का भएको धारणा राख्दै उहाँले वर्तमान सरकारसमेत मधेस विरोधी भएको आरोप लगाए। Continue reading “ढल्केबर पुगेर मोर्चाका शीर्ष नेताले भने- सरकार जातीय नरसंहारमा उत्रियो”

‘निर्णायक’ भनिएको वार्ता स्थगित

Trio-Barta

आज साँझ ६ बजे बस्ने भनिएको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री केपी ओलीले ट्विट गर्दै आज हुने भएको वार्ता स्थगित भएको जनाएका हुन्। बिहीबार प्रमुख तीन दलको बैठकपछि अर्को वार्ताको मिति तय गरिने प्रधानमन्त्रीको ट्विटमा उल्लेख छ। वार्ता किन र के कारणले स्थगित भयो भन्ने विषयमा भने केही खुलाइएको छन्। Continue reading “‘निर्णायक’ भनिएको वार्ता स्थगित”

काठमान्डूवादको अन्त्य चाहन्छ तराई

Tharuhat Protest at Dhangadhi

भुवन अधिकारी

राजनीति मेरो चियाको प्याला होइन। न म देश विकासको लागि अहोरात्र खटिने नागरिक नै। म तराईमा जन्मिएको एक नागरिक हुँ। मेरा पुर्खा पहाडबाट आएका हुन भन्ने सुनेको मात्र छु। मधेसी मेरा मित्र हुन, छिमेकी छन्। काठमाडौंमा मैले पाएका केही अवसर उपयोग पनि गरेको छु। तर तराईमा रमाउने हुनाले त्यस्ता अवसर छोडेको पनि छु। Continue reading “काठमान्डूवादको अन्त्य चाहन्छ तराई”

एमाअाेवादी अध्यक्ष दाहालद्वारा आठ प्रदेशको विकल्प

pushpa_kamal_dahal--621x414

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सीमांकन विवाद हल गर्न विकल्पसहित सातबुँदे प्रस्ताव अघि सारेका छन्। मंगलबार राजधानीमा सुरु पार्टी केन्द्रीय समिति बैठकमा पेस गरेको आफ्नो ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमार्फत उनले सात विकल्प अघि सारेका हुन्। नयाँ संविधान जारी भएयताकै पहिलो केन्द्रीय समिति बैठकमा उनले केही प्रदेशको सीमांकन हेरफेर र आठौं प्रदेश निर्माण गरेर मधेसका माग सम्बोधन गर्न सकिने प्रस्ताव छलफलका लागि पेस गरेका हुन्। Continue reading “एमाअाेवादी अध्यक्ष दाहालद्वारा आठ प्रदेशको विकल्प”