लिम्बू
वान राष्ट्रिय क्रान्तिकारी पाटीले एक नम्बर प्रदेशबाट झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन शीर्ष नेतृत्वलाई चेतावनी दिएको छ। सो पाटीले भारतीय नाकाबन्दीको भत्र्सना गर्दै यसको बिरोध पनि गरेको छ। केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुुङ जिल्ला ईञ्चार्ज लोहाङ लिम्बू र जिल्ला अध्यक्ष पेली मावोहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय नकाबन्दीले नेपाली जनता र राष्ट्रियता माथि धावा बोलिएको भन्दै यसको कडा बिरोध गरिएको छ। Continue reading “झापा, मोरङ र सुनसरी नटुक्राउन चेतावनी”
Author: admin
थारु र मधेसी आन्दोलनलाई समर्थन गर्दै तमुवान-मगरातको संघर्ष घोषणा
तमवान–मगराँत प्रदेशको सनिश्चितताका लागि ‘तमुवान—मगरात संयुक्त संघर्ष समिति’ बनाएर सहकार्य गरिरहेका मगराँत संघर्ष समिति र तमुवान संयुक्त संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रम सार्वजनिक गरेका छन् । मगराँत संघर्ष समितिका संयोजक बसन्त घर्ती मगर र तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले एक संयुक्त प्रेस विज्ञप्ति जारी संघर्षको कार्यक्रमसँगै आफ्ना माग सार्वजनिक गरेका हुन् । Continue reading “थारु र मधेसी आन्दोलनलाई समर्थन गर्दै तमुवान-मगरातको संघर्ष घोषणा”
युवाहरुले भने- थारु युवाको राष्ट्रिय भेला अपरिहार्य छ, सफल पारौं
दाङमा आयोजना हुने थारु युवाहरुको राष्ट्रिय भेलालाई सफल बनाउन जिम्मेवारी बाँडफाड गरिएको छ। सिंहदरवारमा बसेको विभिन्न संगठनका युवाहरुको बैठकले भेला सफल पार्न जिम्मेवारी बाँडफाड गरिएको छ। थारु एराउन्ड दी वर्ल्डको आयोजनामा हुने भेलामा थरुहट थारुवान संयुक्त संघर्ष समितिको जिल्ला संयोजकसहित थारु युवा सभा, थारु विद्यार्थी समाजलगायत संगठनका युवा प्रतिनिधिहरु सहभागी हुने बैठकले जनाएको छ। Continue reading “युवाहरुले भने- थारु युवाको राष्ट्रिय भेला अपरिहार्य छ, सफल पारौं”
नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप
नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप भएको छ। सीमा नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि झडप सुरु भएको हो। अहिले पनि सीमा नाकामा तनाव कायमै छ।
धर्नाकारीले भारतीय भूमितिर गएर समेत प्रहरीलाई ढुंगा हानेका छन्। ढुंगा प्रहारबाट एक प्रहरीले घाइते भएका छन्। Continue reading “नेपालगञ्जको जमुनाह नाकामा प्रहरी र धर्नाकारीबीच झडप”
त्रिपक्षीय वार्ता निष्कर्षविहीन, अर्को वार्ता बुधबार हुने
लामो समयपछि आज भएको सत्तारूढ दलहरु, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारी दलहरुबीचको त्रिपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ। सत्तारूढ गठबन्धन दलहरु नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आज भएको छलफल सकारात्मक दिशामा अघि बढेको नेताहरुले बताएका छन् ।
प्रतिपक्षी दलका नेता एवम् काँग्रेसका सभापति सुशील कोइरालाले वार्ताका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै छलफल सकारात्मक भएको र मोर्चाले राखेको ११ बुँदे मागका सम्बन्धमा प्रमुख दलहरुबीच गहन छलफल गरी यही मङ्सिर १६ गते पुनः अर्को वार्ता हुने जानकारी दिए।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको वर्तमान समस्या हल गर्न सबै दल संवेदनशील देखिएको र समस्यालाई सुल्झाउन सरकार तथा आन्दोलनकारीबाट भएका दमन तथा हिसांत्मक गतिविधि रोक्नपर्छ भन्नेमा सहमति भएको बताए। बैठकमा आफूले तत्काललाई केही समयका लागि प्रदेशको सीमाङ्कनको विषयलाई थाती राखेर अघि बढे समस्या हल गर्न सहज हुने धारणा राखेको उहाँले जानकारी दिए।
उपप्रधानमन्त्री एवम् एमालेका उपाध्यक्ष भीम रावलले छलफलमा सबै दलका नेताले आफ्ना भावना व्यक्त गरेको र प्रधानमन्त्री केपी शार्मा ओलीले वार्तालाई सार्थक परिणाममा पुग्ने गरी छलफल अघि बढाउन सबैलाई लचकताका साथ प्रस्तुत हुन आग्रह गरेको जानकारी दिए।
बैठकमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाका राजनीतिक मागका सम्बन्धमा प्रमुख दलले आन्तरिक र आपसमा छलफल गरी पर्सि १६ गते अर्काे बैठक बस्ने सहमति भएको बताए।
सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले वार्ता निरन्तर जारी राख्ने निर्णय भएको जानकारी दिँदै सीमाङ्कनको विषय बैठकमा प्रवेश नभएको बताउनुभयो । उहाँले आन्दोलनमा देखिएको दमन अविलम्ब रोक्ने बारेमा सहमति भएको जानकारी दिए।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्तामा मधेसको अवस्था सहज गर्नेबारेमा गम्भीररुपमा छलफल भएको जानकारी गराउँदै सरकारले वार्ताको वातावरण बनाउन यसअघि गरेको घाइतेको उपचार र आन्दोलनमा मृत्यु भएकालाई राहत दिने निर्णय कार्यान्वयन हुनुपर्ने माग राखेको बताए।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनकारीको मागमा गहन छलफल गरी वार्ताबाट निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको नेताहरुले बताएका छन्। मोर्चाका नेताहरुले आफ्ना मागका बारेमा साझा धारणा बनाउन प्रमुख दललाई आग्रह गरेको र छिटो निकास निकाल्ने कुरामा सबै पक्ष लचकताका साथ बस्ने प्रतिबद्धता व्यक्त भएको बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, वरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, काँग्रेस सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादीका वरिष्ठ नेता राई, सद्भावनाका सहअध्यक्ष कर्णलगायतको सहभागिता थियो । रासस
प्रधानमन्त्री केपी ओलीद्वारा कांग्रेससहित मोर्चासँग वार्ता आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेसमा आन्दोलनरत दलबीच सोमबार संयुक्त वार्ताका लागि आह्वान गरेका छन्। तराई मधेसमा विगत लामो समयदेखि देखापरेको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त वार्ताको आह्वान गरेका हुन्। Continue reading “प्रधानमन्त्री केपी ओलीद्वारा कांग्रेससहित मोर्चासँग वार्ता आह्वान”
अमेरिकास्थित थारु संस्था टफाको आठौं साधारणसभा सम्पन्न
थारु एण्ड फ्रेन्ड्स एसोसिएसन अमेरिकाको आठौं साधारण सभा सम्पन्न भएको छ। गत बिहीबार ‘थ्यांकसगिभिङ डे’को दिन अमेरिकाको सिकागोमा साधारण सभा सम्पन्न भएको हो। अमेरिकाका विभिन्न राज्यहरू नेब्रास्का, न्यु मेक्सीको, एरिजोना, क्यालिफोर्नियालगायतका स्थानमा छरिएर रहेका थारुहरुले टेलिकन्फरेन्समार्फत साधारण सभामा उपस्थिति जनाएका थिए। Continue reading “अमेरिकास्थित थारु संस्था टफाको आठौं साधारणसभा सम्पन्न”







