प्रहरीसँगको झडपका क्रममा सप्तरीको विभिन्न स्थानमा प्रहरीको गोली लागेर मृत्यु भएका चार जनाप्रति संयुक्त मधेसी मोर्चाका शीर्ष नेता तथा सिरहाका स्थानीयवासीले श्रद्धाञ्जली अर्पण गरेका छन्। शवयात्राका क्रममा सिरहाको लहानस्थित सहिद चोकमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएका चारैजनाका पार्थिव शरीरमा फूलगुच्छा चढाएर सिरहाका राजनीतिज्ञ, स्थानीयवासी, नागरिक समाज, बुद्धिजीवीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका हुन्। Continue reading “चार सहिदको लहानमा श्रदाञ्जली सभा”
Author: admin
राजधानीमा सामा चकेवा
मधेस आन्दोलनलाई समर्थन गर्दै बाबुराम नेतृत्वमा पदयात्रा
नागरिक सञ्जालले मधेस आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गर्न माग गर्दै पदयात्रा निकालेको छ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा माइतीघरबाट नयाँ बानेश्वरसम्म पदयात्रा निकालिएको हो। मधेस आन्दोलनको तत्काल सम्बोधन, भूकम्पपीडितको आधारभूत आवश्यकता सम्बोधन, पुनःनिर्माण प्राधिकरण चाँडो गठन, सार्वजनिक सम्पत्तिको दुरुपयोग बन्द, कालोबजारीको अन्त्य र आधारभूत उपयोग्य वस्तुको आपूर्ति सहज गराउन माग गर्दै पदयात्रा निकालेको हो। Continue reading “मधेस आन्दोलनलाई समर्थन गर्दै बाबुराम नेतृत्वमा पदयात्रा”
राजधानीका थारुले यसरी मनाए सामा चकेवा (फोटो फिचर)
काठमाडौं उपत्यकामा बसोबास गर्ने थारुहरुले सामा चकेवा पर्व मनाएका छन्। थारु महिला समाज र थारु महिला सभाको संयुक्त आयोजनामा नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको थियो। पूर्वी तराईका थारुले दाजुभाइको सौर्य वृद्घिको कामनासहित सामाचकेवा मनाउँछन्। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर समापन हुन्छ। दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साँउँदै उनीहरुको सौर्य बखान गरेर रातिको समयमा गीत गाउँदै मनाइने सामाचकेवा पर्व रमाइलो खेल पनि भएको बताइन्छ।
दाजुभाइप्रति दिदीबहिनीले यस्तो प्रेम दर्साउने यो पर्व करिब साँढे पाँच हजार वर्ष पहिले द्वापर युगदेखि सुरु भएको बताइन्छ। द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर (चकेवा)सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे (चुगला)ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै (सामा र चकेवा) लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको थारु अगुवा डा. ललन चौधरीले बताए।
कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्व योनीमा आएर विवाह गर्न पाएको पौराणिक वर्णन रहेको हरि देवीले बताइन्। दाजु साम्बको त्यही गुणलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको उनले बताइन्।
कार्यक्रममा थारु पत्रका संघका पूर्वअध्यक्ष लक्की चौधरी, थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरी, थारु कल्याणकारिणी सभाका प्रेमीलाल चौधरीले सामा चकेवा पर्वबारे जानकारी दिएका थिए।
थारु चलचित्र तथा सांस्कृतिक संघले पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ मनाएको छ।
आन्दोलन शसक्त बनाउन थारु युवाहरुको राष्ट्रिय भेला हुने
थारु एराउन्ड दी वर्ल्डको आयोजनामा थारु युवाहरुको राष्ट्रिय भेला हुने भएको छ। दाङको तुल्सिपुरमा मंसिर १८, १९ र २० गते तीन दिने राष्ट्रिय भेला हुने आयोजकले जनाएको छ। थारु युवाहरुलाई एकीकृत गर्न, थारु आन्दोलनबारे रणनीति तयार गर्न र आन्दोलनलाई शसक्तरुपमा अगाडि बढाउन राष्ट्रिय भेला आयोजना गरेको थारु एरान्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले बताए। Continue reading “आन्दोलन शसक्त बनाउन थारु युवाहरुको राष्ट्रिय भेला हुने”
थारु कल्याणकारिणी सभाका नेताहरु आन्दोलनका घाइते भेट्दै
थारु कल्याणकारिणी सभाको एक टोली सप्तरीका घाइतेहरुसँग भेटघाट गरेको छ। तराई मधेसमा जारी आन्दोलनबाट घाइते भएका आधा दर्जनको घरमा गइ सभाका पदाधिकारीहरुले भेटघाट गरेका हुन्। गत आइतबार स्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। दर्जन बढी घाइते भएका थिए। तिनै घाइतेमध्ये सभाका पदाधिकारीहरु रामेशवर मण्डल, रघु, महेन्द्र, कुशेश्वर मण्डल, रामप्रसाद मण्डलको घरमा गइ उनीहरुको स्वास्थ्यबारे जानकारी लिएको सभाका पूर्वमहामन्त्री राजकुमार लेखीले जानकारी दिए। Continue reading “थारु कल्याणकारिणी सभाका नेताहरु आन्दोलनका घाइते भेट्दै”
पूर्वीया र पश्चिमा थारु भाषासहित संविधानको प्रचार गरिँदै
तराई–मधेसमा नयाँ संविधानबारे भ्रम फैलिएको निष्कर्ष निकाल्दै सरकारले पाँचवटा भाषामा एक महिनासम्म निरन्तर प्रचारप्रसार गर्ने भएको छ। जारी संविधानका विशेषता र अन्तर्वस्तुका बारेमा जानकारी दिन सरकारले श्रव्य, श्रव्यदृश्य र अखबारमार्फत प्रचारप्रसार गर्न लागेको हो। Continue reading “पूर्वीया र पश्चिमा थारु भाषासहित संविधानको प्रचार गरिँदै”
उपेन्द्र यादवको चुनौति- कि भारतसँग युद्ध गर, कि कुर्सी छाड
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं अान्दोलनरत मधेसी मोर्चाका नेतृत्वकर्ता मध्येका एक उपेन्द्र यादवले सरकारका मन्त्रीहरूलाई मुख सम्हालेर बोल्न चेतावनी दिएका छन्। ‘यहाँ उपप्रधानमन्त्री भएका मान्छेहरूले मधेस भारतमा गाभ्न लाग्यो भनेर भाषण गरेका छन्,’ बुधबार संसद भवनबाट निस्कदै गर्दा सञ्चारकर्मीको प्रश्नमा प्रतिकृया दिँदै यादवले भने ‘म उहाँहरूलाई चुनाैती दिन्छु, या त युद्ध गर्न सीमामा जाउ वा कुर्सी छोड।’ Continue reading “उपेन्द्र यादवको चुनौति- कि भारतसँग युद्ध गर, कि कुर्सी छाड”
कमैया र कमलरीको न्यायिक पुनःस्थापना माग गर्दै एनपिस विजेताद्वारा ज्ञापन पत्र
मुक्त कमैया र हलियाका सम्बन्धमा काम गर्ने संस्थाले मुक्त हलिया, कमैया र कमलरीको न्यायिक पुनःस्थापनाका लागि सरकारसँग माग गरेका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ, मुक्त कमैया महिला विकास मञ्च र कमैया प्रथा उन्मूलन समाजका प्रतिनिधिले आज अर्थसचिव लोकदर्शन रेग्मीलाई नौ बुँदे ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्। Continue reading “कमैया र कमलरीको न्यायिक पुनःस्थापना माग गर्दै एनपिस विजेताद्वारा ज्ञापन पत्र”
सिरहाका कांग्रेस एमाले पनि आन्दोलनमा
संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली कांग्रेस र नेकपा (एमाले) सिरहाले समर्थन जनाएका छन् । स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको समर्थनमा नेकाले लहानमा जुलुस प्रदर्शन गरेको छ भने एमाले सिरहाले पत्रकार सम्मेलन गरी समर्थन जनाएको छ । एमाले सिरहाले पत्रकार सम्मेलन गरी मधेस प्रदेशसहित झापादेखि कञ्चनपुरसम्म दुई प्रदेश हुनुपर्ने माग गरेको छ । Continue reading “सिरहाका कांग्रेस एमाले पनि आन्दोलनमा”




















