मालबाहक ट्रकमा आगजनी, दर्जन सवारीसाधन तोडफोड

truck

धनुषा जिल्लाको ढल्केबरमा आन्दोलनकारीले एउटा मालवाहक ट्रकमा आज आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आन्दोलनकारीले ना५ख ९०२५ नंको मालवाहक ट्रकमा आगजनी गर्दा ट्रकसहित त्यसमा रहेको रु ११ लाख बराबरको कपडा जलेको छ । Continue reading “मालबाहक ट्रकमा आगजनी, दर्जन सवारीसाधन तोडफोड”

तराईका १८ जिल्लामा विशेष सुरक्षा योजना लागू, राजमार्ग अवरुद्ध गरे बल प्रयोग

tharu protest

सरकारले तराई मधेसमा भइरहेको आन्दोलनलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने गृह मन्त्रालयले जनाएको छ । राजमार्गहरु सुचारु गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नयाँ एकीकृत सुरक्षा योजना लागू गरिएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए । उनले भने, नेपाली सेना होइन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटाइनेछ ।’ Continue reading “तराईका १८ जिल्लामा विशेष सुरक्षा योजना लागू, राजमार्ग अवरुद्ध गरे बल प्रयोग”

भारतीय दूतावासले भन्यो- नेपालीमाथि गोली चलाइएको छैन

ranjit-ray.Indian-ambassdor

भारतीय दुतावासले सिमा सुरक्षा बलले गोली चलाएको बारे समाचारमा आएको विवरण गलत भएको दाबी गरेको छ । नेपाली भूमीमा आएर गोली नचलाईको र नेपाली घाइते समेत नभएको उसले जनाएको हो ।  दुतावासद्वारा प्रकाशित बिज्ञप्तीका अनुसार, सुनसरी पारीको भारतीय क्षेत्रमा गस्तीमा सिमा सुरक्षा वलमाथि तस्करहरुले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाएइको हो । Continue reading “भारतीय दूतावासले भन्यो- नेपालीमाथि गोली चलाइएको छैन”

झापामा यसरी मनाइयो सामाचकेवा

Jhapa Sama Chakewa

सामाचकेवा पर्व झापामा धुमधाम साथ बुधबार सम्पन्न गरिएको छ। दिदीबहिनीले आफ्ना दाजुभाइप्रति प्रेम र समर्पण दर्साउँदै मनाइने सामाचकेवा पर्व थारु कल्याणकारिणी सभा र थारु संस्कृति युवा क्लव शान्तिनगरले उल्लासपूर्वक मनाएको इन्द्रकुमार चौधरीले बताए। थारु कल्याणकारिणी सभा शान्तिनगरले आयोजना गरेको सामाचकेवा सांस्कृतिक कार्यक्रममा अधिकांश थारु वक्ताहरुले थारुको सांस्कृतिक पर्वको संरक्षण गर्नुपर्ने बताएका छन्। Continue reading “झापामा यसरी मनाइयो सामाचकेवा”

थारु मधेसीले देश होइन, प्रदेश मागेका हुन्

के सय बर्ष अगाडिको तराई मधेश, सय बर्ष पछि पनि त्यस्तै रहने हो? सय बर्ष अगाडिका मधेशी, थारु सय बर्ष पछि पनि त्यस्तै रहने हुन्? अनि मूर्खहरुले थारु र मधेशीहरुलाई भारतले उचालेको भन्न मिल्छ? थारुहरुलाई मधेशीहरुको बहकाउमा लागेर आन्दोलन थालेको भन्न मिल्छ?

थारु र मधेशीहरु त्यही धर्तीमा देश होइन, २ प्रदेश मागेका मात्र हुन्। जातिय स्वशासन होइन, सबैको शासनको, समानुपातिक समावेशीको, समानुपातिक निर्वाचन प्रणालीको माग, जनसंख्याको आधारमा निर्बाचन क्षेत्रको माग मात्र गरेका हुन्। Continue reading “थारु मधेसीले देश होइन, प्रदेश मागेका हुन्”

सामा चकेवा : दिदीबहिनी र दाजुभाइको प्रेमको प्रतीक

sama-chakewa-in-ktm-3

तराईका पूर्वी तराईका थारु र मधेसी महिलाले दाजुभाइको सौर्य वृद्घिको कामनासहित मनाउने सामाचकेवा पर्व समापनको सङ्घारमा छ। कात्तिक शुक्ल पञ्चमी (छठ पर्वको खरना) का दिन सुरु गरेर ११ दिन मिथिला क्षेत्रमा मिथिलानीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाएर मनाउने यो पर्व पूर्णिमा तिथि पारेर बुधबार समापन हुँदैछ। Continue reading “सामा चकेवा : दिदीबहिनी र दाजुभाइको प्रेमको प्रतीक”

लहानमा बस र कारमा आगजनी

bus firing

लहान मेनरोड पूर्व बसपार्क नजिक गए राति एक रात्रिबस र एक कारमा अज्ञात समूहले आगो लगाएको छ। ना५ख ९४४९ नंको बस र ग१च ५६३७ नंको मारुती कारलाई आगो लगाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
बस र कार बसपार्कमा रोकिएको थियो । अहिले घटनाको जिम्मा कसैले लिएका छैनन् । रासस

भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते

indian army

भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली भूमिमा पसेर गोली चलाउँदा चार जना घाइते भएका छन् । एसएसबीले सुनसरीस्थित नेपाली भूमिमा छिरेर गोली चलाएको प्रहरीले जनाएको छ । १० जना एसएसबीको समूहले गोली चलाएको स्थानीयबासीले आरोप लगाएका छन् । Continue reading “भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा चार नेपाली घाइते”

भारदह, रुपनी र राजविराज फेरि निषेधित क्षेत्र घोषणा

rajbiraj-polliceजिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। Continue reading “भारदह, रुपनी र राजविराज फेरि निषेधित क्षेत्र घोषणा”

सप्तरीमा लगाइएको निषेधाज्ञा हट्यो, अवस्था सामान्य

rajbiraj-polliceदुई दिनदेखि तनावग्रस्त सप्तरी जिल्ला आज बिहानदेखि सामान्य बनेपछि सप्तरी प्रशासनले लगाएको निषेधाज्ञा आज दिउँसो ३ बजेदेखि हटाइएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। Continue reading “सप्तरीमा लगाइएको निषेधाज्ञा हट्यो, अवस्था सामान्य”