सामा चकेवा मनाउँदै थारु चलचित्रकर्मी

Sama Chakewa_tharu festive

थारु चलचित्र तथा सांस्कृतिक संघले यस वर्ष पनि थारु समुदायको मौलिक पर्व ‘सामा चकेवा’ राजधानीमा मनाउँदैछ। थारुको पहिचान तथा कला संस्कृतिको जगेर्ना र दाजुबहिनीबीचको पबित्र नाता तथा अमर प्रेमको प्रतीकको रुपमा मनाइने यो पर्व उपत्यकामा बसोबास गर्ने थारु समुदायको घर-आँगनमा आयोजना गरिरहेको संघले जनाएको छ। Continue reading “सामा चकेवा मनाउँदै थारु चलचित्रकर्मी”

पराई छैन तराई (विचार)

सुविधा र विकासका हिसाबले तराई न हिजो पराई थियो न आज छ न भोलि हुनेछ । पराई भएका छन् त त्यहाँ बस्ने केही समुदाय । जस्तैः थारू, मधेसी, दलित, मुस्लिम, धिमाल, किसान, ताजपुरिया, महिला आदि । राज्यको संयन्त्रमा, राजनीतिक नेतृत्वमा, संवैधानिक निकायका प्रमुखमा यी वर्गको बढी सहभागिता नभएको सत्य हो । यसको दोषी केवल ब्राह्मण र क्षेत्री मात्र होइनन् । पछाडि परेका वर्गको आफ्नै कार्यशैली, सोच र प्रवृत्ति पनि कारण हुन् ।

Lucky Chaudharyलक्की चौधरी

गत साउन २८ मा कैलालीको टीकापुरमा मधेसी नेताहरु राजेन्द्र महतो, अमरेशकुमार सिंह र उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा थरुहटको आमसभा सम्पन्न भयो । प्रदेश सिमाङ्कनका विषयमा अनेक छलफल र कार्यशाला गोष्ठी सम्पन्न भएका थिए तर मधेसी नेतालाई नै मुख्य अतिथि बनाएर थरुहट क्षेत्रमा गरिएको सम्भवतः पहिलो सार्वजनिक थारू आमसभा थियो त्यो । Continue reading “पराई छैन तराई (विचार)”

पाँच जिल्लाको जनमत संग्रह गरेर हुँदैन : उपेन्द्र यादव

Upendra Yadav

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको लगानीमा पहाडी-मधेसीबीच युद्ध गराउने षड्यन्त भइरहेको आरोप लगाएका छन् । ‘मधेसको समस्या राजनीतिक भएकोले यसको समाधान राजनीतिक ढंगले नै हुनुपर्छ’, उनले भने, ‘सैनिक पहलले समाधान हुन सक्दैन । राज्यको लगानीमा मधेस आन्दोलनलाई साम्प्रदायिक बनाएर मधेसी–पहाडी युद्ध गराउने षडयन्त्र भइरहेको छ ।’ रिर्पोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्करमा बोल्दै उनले विवादित पाँच जिल्लाको सन्दर्भमा जनमत संग्रह गर्दा मुलुक झनै अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी दिए। Continue reading “पाँच जिल्लाको जनमत संग्रह गरेर हुँदैन : उपेन्द्र यादव”

सरकारले थारु मधेसीको आन्दोलनलाई आन्दोलनको रुपमा हेरेन : लेखी

Lekhi Lahan Press meet

तीन दलका तीन प्रमुख नेताले मधेस तराईमा जारी आन्दोलनलाई आन्दोलनको रुपमा ग्रहण गर्न नसक्दा समाधान लम्बिएको थारु नेता राजकुमार लेखीले बताएका छन्। मंगलबार लहानमा सञ्चारकर्मीसँग लेखीले भने, ‘सरकार निरर्थक वार्ता गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको छ।’ मधेस तराईको आन्दोलनमा यस क्षेत्रका जनता सहभागी भएकाले माग पूरा नभएसम्म कुनै पनि हालतमा आन्दोलन नरोकिने उनको भनाइ छ। Continue reading “सरकारले थारु मधेसीको आन्दोलनलाई आन्दोलनको रुपमा हेरेन : लेखी”

थरुहट कार्यकर्ताद्वारा चीतवनमा बस तोडफोड

busचितवनदेखि कञ्चनपुरसम्म थारु प्रदेशको माग गर्दै शनिबारदेखि आन्दोलनमा उत्रिएका थरुहट थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले सोमबार राति एउटा बस तोडफोड गरेका छन् । Continue reading “थरुहट कार्यकर्ताद्वारा चीतवनमा बस तोडफोड”

सप्तरीमा जनआक्रोश बढ्यो, नापी कार्यालयको गाडीमा आगजनी, कांग्रेस कार्यालयमा पनि प्रयास

rajbiraj-polliceसोमबार दिनभर आक्रोशित रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले निषेधाज्ञा तोड्दै साँझ सप्तरीको राजविराजस्थित नापी शाखा कार्यालयको गाडीमा आगजनी गरेका छन्। कार्यालयभित्रै पार्किङ गरी राखेको बा१झ ३४०९ नंको गाडीमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ। यस्तै, आन्दोलनकारीले राजविराजमै रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा समेत आगजनीको प्रयास भएको सो कार्यालयले जनाएको छ। Continue reading “सप्तरीमा जनआक्रोश बढ्यो, नापी कार्यालयको गाडीमा आगजनी, कांग्रेस कार्यालयमा पनि प्रयास”

टीकापुरमा थारुको घर जलाउने २९ जनाविरुद्ध किटानी जाहेरी, रावल, भण्डारी र विष्ट प्रमुख योजनाकार

Tikapur_tharu house

थरुहट आनदोलनको क्रममा कैलालीको टीकापुरमा ०७२ भदौ ७ र ८ गते भएको आगजनीका पीडितहरुले आगजनी गर्नेहरुको नाममा किटानी जाहेरी गरेका छन् । जाहेरीले प्रहरीलाई चुनौती थपिएको छ भने पीडकहरुमा भित्रभित्रै खैलाबैला मच्चिएको छ । Continue reading “टीकापुरमा थारुको घर जलाउने २९ जनाविरुद्ध किटानी जाहेरी, रावल, भण्डारी र विष्ट प्रमुख योजनाकार”

रुपन्देहीको दुई स्थानमा खुल्दैछ थारु ‘होम स्टे’

 tharu-home-stay-rupandehiरुपन्देहीमा थप पर्यटक भित्राउने उद्देश्यले दुई स्थानमा थारु होम स्टे सञ्चालन गर्ने तयारी भएको छ। थारु संस्कृतिको जर्गेना तथा पर्यटक भित्र्याउने उद्देश्यले जिल्लामा राजमार्गसँग जोडिएका देवदह र सैनामैना नगरपालिकाले थारु होम स्टे सञ्चालनको प्रक्रिया आगाडि बढाएका छन्। ‘दुई महिनाभित्र होम स्टे सञ्चालनमा ल्याउने योजना रहेको छ,’ देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरेले जानकारी दिए। Continue reading “रुपन्देहीको दुई स्थानमा खुल्दैछ थारु ‘होम स्टे’”

सप्तरीमा विरोध प्रदर्शन जारी, कोलाडीस्थित प्रहरी चौकीमा आगजनी

dfgads

सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन्। जिल्लाको कोलाडी बसाइन-१ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए। Continue reading “सप्तरीमा विरोध प्रदर्शन जारी, कोलाडीस्थित प्रहरी चौकीमा आगजनी”

सप्तरीमा थारु आन्दोलनकारीमाथि प्रहरीले लाठी बर्सायो, चार जनाको हात-खुट्टा भाँच्चियो

saptari protest 02

सप्तरीको कदमाहामा स्कर्टिङ रोक्न भेला भएका थारु आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीको लाठीबाट चार जना थारु आन्दोलनकारी घाइते भएका छन्। घाइते हुनेमा शम्भुनाथ-४ का विनोद चौधरी, हरिपुर-८ का प्रतापचन्द्र चौधरी, हरिपुर-९ का रेशमलाल चौधरी र हर्दिया-३ का किर्तिनन्द चौधरी छन्। Continue reading “सप्तरीमा थारु आन्दोलनकारीमाथि प्रहरीले लाठी बर्सायो, चार जनाको हात-खुट्टा भाँच्चियो”