नाकाबन्दीको कारण विभेदकारी नेपालको संविधान रहेको भन्दै अमेरिकामा प्रदर्शन भएको छ । मधेशी–थारुको हत्या बन्द गर, माग पुरा गर जस्ता नारासहित वाईट हाउस अगाडि प्रदर्शन भएको हो । Continue reading “ह्वाइटहाउस अगाडि मधेसी थारुको विरोध प्रदर्शन”
Author: admin
राजमार्ग र सीमामा सेना खटाउने तयारी
काठमाडौंलाई झुकाउने नाममा सीमा नाका र राजमार्ग अवरोध गर्दै भइरहेको आन्दोलन थप अराजक भएपछि सरकारले सोही योजनाअनुरूप आइतबारबाट नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ। यसअघि दुईपटक बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सेना परिचालनको मोडालिटीसम्बन्धी विस्तृत छलफलमा एकै पटक सेना खटाउँदा अनावश्यक विवाद हुन सक्ने निष्कर्ष निकाल्दै एकीकृत रणनीति कार्यान्वयनमा ल्याई छोटो अवधिका लागि गृहमातहतका सुरक्षा संगठनलाई परिचालन गर्ने र दोस्रो चरणमा सेना खटाउने गरी सरकारले रणनीति कार्यान्वयनमा ल्याएको हो। Continue reading “राजमार्ग र सीमामा सेना खटाउने तयारी”
सिरहाको लहान फेरि निषेधित क्षेत्र घोषणा
सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ। संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पुर्याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पुर्याएको हो। Continue reading “सिरहाको लहान फेरि निषेधित क्षेत्र घोषणा”
प्रहरी दमनविरुद्ध लहानमा मसाल जुलुस
प्रहरीको गोली लागेर मृत्यु
राजमार्गमा धर्ना दिँदै थारुहरु
थारु पत्रकार संघ, बर्दिया पुनर्गठन
थरुहट कार्यकर्ताद्वारा जीपमा आगजनी
कैलालीको भजनी-त्रिशक्ति नगरपालिका-९ बसन्ता जैविक मार्गमा थरुहटका कार्यकर्ताले आइतबार एक जीपमा आगजनी गरेका छन्। वातावरणको क्षेत्रमा काम गर्ने इसीमोड नामक संस्थाले भाडामा लिएको से१च १०४६ नम्बरको स्कारपियो जीपमा आइतबार विहान १० बजेतिर थरुहटका कार्यकर्ताले आगो लगाएका हुन्। आगजनीबाट गाडीको बडी र सिटहरु जलेका छन। प्रहरीले गाडीको ४५ प्रतिशत भाग जलेको जनाएको छ।
तीन दिन अघि इसीमोडले कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ का रविन्द्र बोगटीकी श्रीमती समुन्द्रा देउवा बोगटीको नाममा रहेको उक्त जीप भाडामा लिएका थिए।
वनरक्षकको सुरक्षासहित आइतबार विहान पहलमानपुर सेक्टर वन कार्यालयबाट विहान बसन्ता जैविक मार्गतर्फ हिँडेका उनीहरु सडक छेउमा गाडी रोकेर जंगल छिरेको अवस्थामा मोटरसाईलमा आएका पाँचजना थरुहटका कार्यकर्ताले आगो लगाएका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए।
आगो लगाएको आरोपमा प्रहरीले स्थानीय फुलराम थारुसहितका पाँच जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ। प्रहरीले आजगनीको मुख्य योजनाकारको पनि पहिचान भइसकेर खोजी कार्य भइरहेको जनाएको छ।
शनिबारबाट थरुहट-थारुवान संयुक्त संघर्ष समितिले शिक्षा र स्वास्थ्य बाहेको क्षेत्रमा अनिश्चितकालिन आम हड्तालको घोषणा गरेको थियो। यद्यपि बन्दको असर कैलाली कञ्चनपुरका खासै परेको छैन। आइतबार पनि कैलालीमा बजारहरु खुला रहे भने सरकारी कार्यालयहरु पनि खुलेका थिए।
सप्तरीमा तनाव कायमै, राजविराजमा प्रहरीको गोली चल्दा एकको मृत्यु

राजविराजमा अान्दोलनकारी मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपमा थप एकको ज्यान गएको छ। प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि अाइतबार बेलुका दिलिप साहको मृत्यु भएको बताइएको छ। उनको टाउकोमा गोली लागेको थियो। उपचारको लागि धरान लैंजादै गर्दा बाटोमा साहको निधन भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साहले नागरिकन्युजलाइ जानकारी दिए।
शनिबार राति पनि प्रहरीको गोलीबाट दुई जनाको ज्यान गएको थियो। दुई जनाको ज्यान गएपछि स्थानीयहरु झनै आक्रोशित बनेका थिए। प्रशासनले लगाएको कर्फ्यू अवज्ञा गर्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन्। आज पनि स्कर्टिङ गरिएका सवारीसाधन चल्न नदिने मोर्चाका नेताहरुले बताएका छन्।
कञ्चनपुरका थारुलाई उपप्रधानमन्त्री रावलले भने- माग सम्बोधन हुन्छ
उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले आयोगमार्फत कैलाली-कञ्चनपुरका थारू समुदायको समस्या सम्बोधन गरिने बताएका छन्। एमाले उपाध्यक्षसमेत रहेका मन्त्री रावलले आज नयाँ संविधानबारे कञ्चनपुरमा एमाले कार्यकर्तालाई प्रशिक्षण दिँदै नयाँ संविधानमा सबैका हक अधिकार सुनिश्चित भएका जानकारी दिए।
नयाँ संविधानका उपलब्धिबारे आयोजित प्रशिक्षण कार्यक्रममा आदिवासी, थारू समुदायका एमालेका अगुवा कार्यकर्ताको सहभागीता थियो। मन्त्री रावलले थारू समुदायका माग आयोगमार्फत हल हुने जानकारी दिँदै आन्दोलन फिर्ता लिनसमेत आह्वान गरे। कैलाली कञ्चनपुरका थारू समुदायलाई आयोगमार्फत विशेष अधिकार दिलाइनेसमेत उनले बताए।
नयाँ संविधानले मधेसी, आदिवासी, थारू, दलित सबै समुदायलाई समेटेको भन्दै संविधानको सबैले पालना गर्नमा समेत मन्त्री रावलले जोड दिए। मन्त्री रावलले भने, ‘जनताको चुलो बन्द गरेर आन्दोलन गर्नु अनैतिक हो।’ रासस





