ब्यवस्थापिका सांसद्‍मा थारु मधेसीको नाराबाजी

CTRl6NLUYAE-6DX

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आठ दलले व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन्। सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोककुमार राईले आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सरकारले क्षतिपूर्ति नदिएको, घाइतेको उपचारमा ध्यान नपुर्‍याएको तथा सयौं व्यक्तिलाई हिरासतमा राखेको भनी आपत्ति जनाउँदै मधेसका जनताको स्वाभिमानमा चोट पुर्‍याउने काम सरकारका जिम्मेवार व्यक्तिबाट भएको भन्दै रोष प्रकट गरेका छन्। Continue reading “ब्यवस्थापिका सांसद्‍मा थारु मधेसीको नाराबाजी”

मिस इन्टरनेशनलमा मेधा कोइराला सजिइन् थारु पहिरनमा

Medha Koirala 01

मिस इनटरनेशनल २०१५ की प्रतिस्पर्धी मेधा कोइरालाले थारु पहिरनमा र्‍याम्पमा उत्रिएकी छन्। जापानको ट्रेडिसनल इम्पेरियर होटलको १ सय २५औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा नेपालकी प्रतिनिधित्व गर्दै जापान पुगेकी कोइरालाले थारु भेषभुषामा सजिएकी थिइन्। Continue reading “मिस इन्टरनेशनलमा मेधा कोइराला सजिइन् थारु पहिरनमा”

केपी ओली नेतृत्वको सरकारमा सात मन्त्री थपिए

Mantri saphat

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।  Continue reading “केपी ओली नेतृत्वको सरकारमा सात मन्त्री थपिए”

रामजनम चौधरीको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Ramjanam Chaudhary

प्रधानमन्त्री केपी शर्मा ओलीले बिनाविभागीयमन्त्री तथा राज्यमन्त्रीको कार्यविभाजन गरेका छन्। मन्त्रिपरिषद्को विस्तारसँगै गरिएको नयाँ कार्यविभाजनअनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा रामजनम चौधरी, युवा तथा खेलकुदमन्त्रीमा सत्यनारायण मण्डल र विज्ञान तथा वातावरणमन्त्रीमा विश्वेन्द्र पासवान रहेका छन्। यस्तै रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ। Continue reading “रामजनम चौधरीको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय”

थरुहट आन्दोलनके बाधक के ?

लखन चौधरी/धनगढी
पौने तीन महिनासे जारी थरुहट/थारुवान आन्दोलन दशैंपाछे एकदमे सुस्त गतिमे निरन्तरता पैले बा। कैलाली–कञ्चनपुरसहितके तराई भूगोलहे थरुहट प्रदेश बनाइक पर्ना प्रमुख मागसहित सुरुवात हुइल उ आन्दोलन दशैंपाछे भर एकाएक मथ्थर हुइटी रहल देखगिल हो। जौनकारण थरुहट आन्दोलन विसर्जनके संघारमे ते नाई जाईठो? कना प्रश्न चिन्ह फेन उठल बा। Continue reading “थरुहट आन्दोलनके बाधक के ?”

झापाका थारुले जलाए सात प्रदेशको खाका, आन्दोलन सशक्त बनाउने

Jhapa_tharu 01

थारु कल्याणकारिणी सभा (थाकस)ले मेची-महाकाली अभियानअन्तर्गत झापामा सात प्रदेशको विरोध गरेका छन्। थारु कल्याणकारिणी सभा झापाले थारुको मागलाई सरकारले सम्बोधन गर्न गरेको ढिलाई र जारी गरेको सात प्रदेशको विरोधस्वरुप सात प्रदेश लेखेको कागज जलाएको हो। Continue reading “झापाका थारुले जलाए सात प्रदेशको खाका, आन्दोलन सशक्त बनाउने”

सीमामा नाकाबन्दी गर्दै थारु आन्दोलनकारी

tharu-madhesi protest 05

थारु कल्याणकारिणी सभाको नेतृत्वमा आजदेखि भारत-नेपालका साना ठूला सबै नाकामा थारुहरुले धर्नासहित नाकाबन्दी गर्ने भएका छन्। नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले नाकाबन्दी र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेसँगै थारुहरुले सीमाकेन्द्रीत आन्दोलन सुरु गरेका हुन्। Continue reading “सीमामा नाकाबन्दी गर्दै थारु आन्दोलनकारी”

एक प्रतिनिधिको प्रश्‍न- थासक लेखीको पेवा हो?

tha ka sa, Nawalparasi 02नवलपरासीमा आयोजित थारु कल्याणकारिणी सभा (थाकस)को दुई दिने राष्ट्रिय भेलमा राजकुमार लेखीको विरोध भएको छ। नवलपरासीका प्रतिनिधि आरके महतोले थारु कल्याणकारिणी सभाको लेखीको पेवा हो भन्दै विरोध गरेका थिए। भेलाको बन्द सत्रमा बोल्ने क्रममा महतोले विगत दस वर्षदेखि लेखीले एक्लौटीरुपमा सभा चलाएको आरोप लगाए। ‘विगत दस वर्षदेखि लेखी एक्लैले थारु कल्याणकारिणी सभाले चलाइरहेको छ। के यो संस्था लेखीको पेवा हो?’ बन्दसत्रमा महतोले भने। उनी फोरम लोकतान्त्रिकका जिल्ला नेता एवं थाकस नवलपरासी अध्यक्षका भाइ हुन्। Continue reading “एक प्रतिनिधिको प्रश्‍न- थासक लेखीको पेवा हो?”

नयाँ राष्ट्रपति र प्रधानमन्त्री पनि कानै चिरेको नहोस्

Dosharan Chaudhary

दोषहरण चौधरी

मेरो घर दाङ, देउखुरी हो। म दशैं मनाउन घर जाँदै थिएँ। बसको दोस्रो अन्तिम सिटमा मेरो नम्बर थियो। मेरो पछाडि, अन्तिम सिटमा मजस्तै एकजना युवा साथी बसिरहेका थिए। नौलो भेष, झोली झम्टा हेरेर सजिलै अनुमान लगाउन सकिन्थ्यो उनी विदेशबाट आउँदैछन्। Continue reading “नयाँ राष्ट्रपति र प्रधानमन्त्री पनि कानै चिरेको नहोस्”

को हुन् विद्यादेवी भण्डारी? भण्डारीको राजनीतिक यात्राबारे जान्नुस्

1446035941316_Pro_Ktm_ President Bidhya davi bhandari (1)

पहिलो महिला राष्ट्रपति भण्डारीको राजनीतिक यात्रानेपालको लोकतान्त्रिक र वामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री विद्यादेवी भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । Continue reading “को हुन् विद्यादेवी भण्डारी? भण्डारीको राजनीतिक यात्राबारे जान्नुस्”