रहेनन् पूर्वमन्त्री रामचरण चौधरी

Ramcharan Chaudhary

पूर्वमन्त्री तथा बर्दिया क्षेत्र नम्बर ४ का पूर्व सभासद रामचरण चौधरी आरसीको निधन भएको छ। लामो समय देखि आन्द्रमा घाउ भई आमासयमा क्यान्सर भएका चौधरीको ५८ वर्षको उमेरमा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा निधन भएको हो। Continue reading “रहेनन् पूर्वमन्त्री रामचरण चौधरी”

दिउँसो सद्‍भाव र्‍याली गर्ने, रात परेपछि थारु अगुवा समात्‍ने ?

Kailali Protest 02

रामदास चौधरी।
भाद्र ७ र ८ गतेको टीकापुर घटनाले कैलालीमा निकै असहज परिस्थितिको श्रृजना हुन गयो । आफ्ना मागका लागि थारुहरुले शान्तिपूर्ण आन्दोलन उठाउने क्रममा भाद्र ७ गते टीकापुरमा थरुहट प्रदेश राज्य सरकार लेख्ने घोषणा गरेका थिए । त्यही सिलसिलामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोड्ने क्रममा भड्केको हिंसाले ८ जना प्रहरीको ज्यान लियो । घटनाको डेढ घण्टापछि मकैबारीतिरबाट आएको गोलीले १ बालकको ज्यान गयो । त्यसकै प्रतिशोधमा भाद्र ८ गते कफ्र्यूबीचमा थारुहरुका घर, पसल र टहरा जलाइए । कसैको कसुर बेसी होला कसैको कम, तर ती दुवै घटना निन्दनीय र दण्डनीय छन् । Continue reading “दिउँसो सद्‍भाव र्‍याली गर्ने, रात परेपछि थारु अगुवा समात्‍ने ?”

तराई-मधेश, जहाँ जिन्दगी ठप्प छ

tharu protest

अजित तिवारी।

बच्चा बोकेर मोटरसाइकलमा स्कुल पुर्‍याउन हिँडेका विराटनगर–६ का अनिश खतिवडालाई पेट्रोलले तनाव दिइरहेको छ। बन्दले स्कुल बस नचल्दा बच्चालाई एकाबिहानै मोटरसाइकलमा पुर्‍याउनु उनको दैनिकी भएको छ। ट्यांकी रिजर्भमा थियो। घरीघरी उनका आँखा तेलको काँटामा गएर अड्किन्थे। रातो एरियाको इन्डमा काँटा सुतिरहेको हेरे उनले। खिन्न उनले मोटरसाइकलको एक्सिलरेटर अलि बढी बटारेर भने, ‘आज(मंगलवार) जेनतेन बच्चालाई स्कुल पुर्‍याइयो। पेट्रोल नै सिद्धिन लागिसक्यो। मोटरसाइकल केले कुदाउने?’ Continue reading “तराई-मधेश, जहाँ जिन्दगी ठप्प छ”

पहाडबादले निम्त्याएको संकट

सुर्खेत र कर्णाली तात्दा, बागलुङ्गले थोरै आवाज उठाउँदा सञ्चारकर्मीको लागित्यो ठूलो समाचार बन्छ, उनीहरुको माग पूरा हुन्छ। तर थारु र मधेशीले ५७ दिनसम्म आन्दोलन गर्दा सुनुवाई हुँदैन। मधेशीहरुमा केही ब्यक्ति सञ्चारकर्मी भएको कारणले रेडियो र टिभीमा कम्तिमा उनीहरुको समाचार बज्छ, थारुहरुको त्यो पनि छैन।

Tharu-Masal-Juluss-02दिलबहादुर चौधरी।

म राणाकाल देख्न पाएन। त्यसको बारेमा पढ्न मात्रपाएँ। कलिलै उमेर भएपनि पंचायतकाल देखें र भोगें। राणाकालमा थारुहरुलाई मासिन्या जातिको रुपमा राखेको थियो, शोषण दमन हुन्थ्यो भन्ने पढिएको छ। पंचायतकालमा कानुनी रुपमा मासिन्या जातिको सूचीबाट हटे पनि राज्यको थारुहरुसँगको ब्यबहार राम्रो थिएन। यही कालमा थारुहरुको भलमन्सा र पंचायतका वडा अध्यक्षहरुको बीचमा पहिलो चोटी टसल देखिएको थियो। Continue reading “पहाडबादले निम्त्याएको संकट”

माग सम्बोधन नभए प्रादेशिक संविधान ल्याउने थारु नेताको चेतावनी

Tharu protest in kailali 03

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले आफुहरुको माग सम्बोधन नभए प्रादेशिक संविधान बनाउने चेतावनी दिएका छन्। संघर्ष समिति चौमालाले शुक्रबार चौमाला बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थारुले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिए प्रादेशिक सिमांकन आफै गरी प्रादेशिक संविधान पनि जारी गर्ने चेतावनी दिएका हुन्। Continue reading “माग सम्बोधन नभए प्रादेशिक संविधान ल्याउने थारु नेताको चेतावनी”

दशगजामा धर्ना बसेका थरुहट नेता खड्ग चौधरीसहित तीन जना पक्राउ

02प्रहरीले कैलालीको नेपाल–भारत सीमानाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् । Continue reading “दशगजामा धर्ना बसेका थरुहट नेता खड्ग चौधरीसहित तीन जना पक्राउ”