रौतहटको चन्द्रपुर नगरपालिकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा थारु अान्दाेलनका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक प्रहरी र १२ प्रदर्शनकारी घाइते भएका छन्।
Continue reading “चन्द्रपुरमा झडप, एक प्रहरी र १२ प्रदर्शनकारी घाइते”
Author: admin
संविधान संशोधनको जिम्मेवारी कानुन मन्त्रालयलाई
सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मेवारी दिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख तीन दलका तर्फबाट यसअघि संविधानसभामा व्यक्त प्रतिबद्धताअनुसार संविधान संशोधनका लागि व्यवस्थापिका–संसद्मा प्रस्ताव पठाउने निर्णय गरेको छ। Continue reading “संविधान संशोधनको जिम्मेवारी कानुन मन्त्रालयलाई”
थारु कल्याणकारिणी सभा र मधेसी मोर्चाबीच छलफल हुँदै
थारु कल्याणकारिणी सभा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यलयमा छलफल भइरहेको छ। तीन दलको वार्ता टोलीले मधेसी मोर्चा र थारुहरुसँग छुट्टाछुट्टै अनौपचारिक छलफल गरिरहेका बेला यी दुई पक्षबीच छलफल भइरहेको हो। बैठकमा थारु मधेसीको माग र मुद्दाबारे वार्तामा कसरी प्रस्तुत हुनेबारे छलफल भइरहेको बताइएको छ। Continue reading “थारु कल्याणकारिणी सभा र मधेसी मोर्चाबीच छलफल हुँदै”
थारुसँगको छलफल निष्कर्षविहीन, माग सम्बोधन गर्न आलटाल गरेको नेताको आरोप

तीन दलको वार्ता टोली र थरुहट/थारुवान संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदवारमा आज बिहान बसेको अनौपचारिक छलफल राजनीतिक मुद्दामा प्रवेशै नगरी सकिएको हो। ‘मन्त्रिपरिषद्ले बिहीबार साँझ गरेका निर्णय तत्काल कार्यन्वयन गरेमात्र वार्तामा बस्छौं भनेका छौं,’ समितिका प्रवक्ता अमनलाल मोदीले भने, ‘त्यो नहुन्जेलसम्म वार्ताको औचित्य छैन।’ Continue reading “थारुसँगको छलफल निष्कर्षविहीन, माग सम्बोधन गर्न आलटाल गरेको नेताको आरोप”
हतियारसहित एमाओवादी कार्यकर्ता रामप्रकाश डगौरा पक्राउ
प्रहरीले कैलालीको गदरियाबाट तीन थान हतियारसहित एकीकृत माओवादीका एरिया कमिटी सदस्य रामप्रकाश डगौरा थारूलाई पक्राउ गरेको छ। गदरिया–८, वनकन्द्री बस्ने ४५ वर्षीय थारूलाई प्रहरीले बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा सार्वजनिक गरेको छ। उनको घरबाट तीन थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ। Continue reading “हतियारसहित एमाओवादी कार्यकर्ता रामप्रकाश डगौरा पक्राउ”
गम्भीर अपराधबाहेक आन्दोलनकारीको मुद्दा फिर्ता, मारिएकालाई १० लाख दिइने
सरकारले मधेसकेन्द्रित राजनीतिक दललाई वार्ताको वातावरण बनाउन उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।
Continue reading “गम्भीर अपराधबाहेक आन्दोलनकारीको मुद्दा फिर्ता, मारिएकालाई १० लाख दिइने”
अमेरिकी डिभी चिट्ठा आवेदन बिहीबारदेखि खुला
अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि भोलि बिहीबारदेखि फारम खुल्ने भएको छ। डिभी निःशुल्क रहेको उल्लेख गर्दै काठमाडौं स्थित अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्सीको सहयोग नलिन आग्रह गरेको छ। २०७२ असोज १४ गते बिहान ९ः३० बजेदेखि आवेदन खुला हुने डिभी कार्यक्रममा एक महिनासम्म आवेदन गर्न पाइनेछ। कात्तिक १७ गतेसम्म डिभी आवेदन भर्न सकिने अमेरिकी दूतावासले जनाएको छ। ‘हामी डिभी आवेदकलाई चाँडै आवेदन भर्न प्रोत्साहन गर्दर्छौं’, दूतावासले भनेको छ। Continue reading “अमेरिकी डिभी चिट्ठा आवेदन बिहीबारदेखि खुला”
बर्दियाको मैनापोखरीमा महिला आन्दोलनकारीमाथि प्रहरीको लाठी (फोटो फिचर)
नेपालगन्ज-गुलरिया सडक खण्डको मैनापोखरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा १५ आन्दोलनकारी र ३ जना प्रहरी घाइते छन्। Continue reading “बर्दियाको मैनापोखरीमा महिला आन्दोलनकारीमाथि प्रहरीको लाठी (फोटो फिचर)”
निजी सवारीलाई तेल नदिने सरकारको निर्णय
गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ । Continue reading “निजी सवारीलाई तेल नदिने सरकारको निर्णय”
मधेसी मोर्चाले असहयोग आन्दोलन थाल्ने
नयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ । रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको बैठकले राज्यलाई कर नतिर्न जनतासँग आह्वान गर्दै असहयोग आन्दोलन थाल्ने निर्णय गरेको हो । Continue reading “मधेसी मोर्चाले असहयोग आन्दोलन थाल्ने”



