नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान निर्माणमा दुईवटा गल्ती भएको बताएका छन् । साथै उनले अब संविधान संशोधन गरेर त्यसलाई सच्याउन आफूले पहल गर्ने समेत बताएका छन् । बिहीबार राति साढे ९ बजे न्यूज २४ मा प्रशारित हुने सौजन्य मिडियाको प्रस्तुती ‘इन्फोटक’लाई दिएको अन्तरवार्तामा देउवाले समानुपातिक समावेशी र निर्वाचन क्षेत्रबारे मधेसको चित्त दुखाइ रहेको बताए । Continue reading “तराईमा दुइटा मधेस छ, अब के खोज्या मैले बुझेको छैन : देउवा”
Author: admin
थारु-मधेसीको मागमा मेरो समर्थन छ : बाबुराम भट्टराई
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तराई मधेसका आन्दोलनकारीहरुको मागप्रति आफ्नो समर्थन रहेको बताएका छन् । Continue reading “थारु-मधेसीको मागमा मेरो समर्थन छ : बाबुराम भट्टराई”
पूर्व प्रमुखहरुले नागेन्द्र र पेम्बाको राजीनामा मागे
नेपाल आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरुले अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग गरेका छन् । पूर्व अध्यक्ष तथा महासचिवहरुले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरेर कुमाल र भेटेले जनजातिलाई धोका दिएको आरोप लगाएका छन् । Continue reading “पूर्व प्रमुखहरुले नागेन्द्र र पेम्बाको राजीनामा मागे”
सेना फिर्ता गर्न तीन दलको सैद्धान्तिक सहमति, वार्ता टोली गठन गरिने
प्रमुख तीन दलले मधेसी मोर्चा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिलगायत आन्दोलनरत पक्षसँग छलफल गर्न वार्ता टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले आन्दोलनरत पक्षसँग वार्ता गर्न टोली गठन गर्ने सैद्धान्तिक सहमति गरेको छ। Continue reading “सेना फिर्ता गर्न तीन दलको सैद्धान्तिक सहमति, वार्ता टोली गठन गरिने”
संविधानको सकस र मधेश
के थरुहटको मुद्दा सम्बोधन समयमै गरेको भए मधेशमा आगो सल्किन्थ्यो? धेरै सम्भावना छ, त्यो समयको महत्व बुझेको भए मधेशले सम्झौता गर्ने ठाउँ पाउने थियो। तर, त्यसो गरिएन। आन्दोलन चर्किंदै गयो, मारिने मान्छेको संख्या थपिँदै गयो। तर, राज्य र तीन दल संवेदनशील भएनन्। यो रवैयाले थारु, मधेशी समुदायमा यो राज्य आफ्नो होइन भन्ने भावना झन् प्रबल बन्दै गयो। Continue reading “संविधानको सकस र मधेश”
‘१५-२० हजार मान्छे मारेर जनयुद्ध गरेको यही अवस्थाका लागि हो ?’
संविधान जारी भइसकेको अवस्थामा समेत तराई मधेसमा आन्दोलन जारी छ । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको भन्दै थारु समुदाय र मधेसवादी केही दल आन्दोलनमै केन्द्रीत भइरहेका छन् । प्रमुख राजनीतिक दलहरुले संविधानमा सबैका अधिकार समेटिएको दाबी गरिरहँदा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष राजकुमार लेखी त्यसको कडा प्रतिवाद गर्दैछन् । उनी आफ्ना अधिकार सुनिश्चित नभएसम्म थारु समुदाय आन्दोलनबाट पछि हट्न नसक्ने बताउँछन् । उनी आफूहरुको आन्दोलन कतैबाट प्रायोजित नभएको दाबी गर्दै माग पुरा भए १० मिनेटभित्र आन्दोलनकारी थारु समुदाय आ–आफ्नो घर फर्किने बताउँछन् । Continue reading “‘१५-२० हजार मान्छे मारेर जनयुद्ध गरेको यही अवस्थाका लागि हो ?’”
मधेसी मोर्चाका नेताद्वारा बीरगन्ज नाकामा धर्ना
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको निर्णयसँगै आन्दोलनकारीले बिहीबार बिहानदेखि वीरगन्जस्थित भारतीय नाकामा धर्ना दिएका छन्। वीरगन्ज र रक्सौलको बीचमा पर्ने मितेरी पुलमा आन्दोलनकारीहरुले धर्ना दिएर नाकाबन्दी गरेका हुन्। Continue reading “मधेसी मोर्चाका नेताद्वारा बीरगन्ज नाकामा धर्ना”
नेतृत्व सम्हाल्न नसकेको भन्दै संयोजक धनिरामको आलोचना
कृष्णराज सर्वहारी
असोज ३ मा जारी गरिएको संविधानमा आफ्ना माग सम्बोधन नभएपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिले आन्दोलन थप चर्काउने भएको छ। आन्दोलन उठेको ४२ दिनपछि सिंहदरबारमा असोज ५ गते गरिएको समिक्षामा संघर्ष समितिका अधिकांश सदस्यले थरुहट आन्दोलन भगवान भरोसामा भएको जनाउँदै नेतृत्व पंक्तिको कडा आलोचना गरेका थिए। संविधान जारी भइसकेको अवस्थामा अवको आन्दोलन कसरी लैजाने भन्ने बारे मुद्धा तय गर्न बैठक बसेको थियो। Continue reading “नेतृत्व सम्हाल्न नसकेको भन्दै संयोजक धनिरामको आलोचना”
थारु संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक, तराईका चार जिल्लामा अन्तर्क्रिया गर्ने
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आमहड्ताललाई निरन्तरता दिँदै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। समितिले तराईको चार स्थानमा क्षेत्रिय स्तरको समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ। जसअनुसार समितिले बर्दिया, डन्डा, रौतहट र इटहरीमा कार्यक्रम आयोजना गरेको छ। मितिबारे भने खुलाइएको छैन। हेर्नुस् समितिले जारी गरेको प्रेस विज्ञप्ती। Continue reading “थारु संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक, तराईका चार जिल्लामा अन्तर्क्रिया गर्ने”
सीमा नाकाबन्दीसहित काठमाडाैं जाेड्ने राजमार्ग ठप्प पार्ने थारू माेर्चाकाे निर्णय

थरूहट/थारूवान संयुक्त संघर्ष समितिले अान्दाेलनलाइ सशक्तरूपमा अगाडि बढाउने भएकाे छ। माेर्चाले मधेसी माेर्चासँग सहकार्ग गर्न तराइमै गएर माेर्चाका नेताहरूसँग छलफलसमेत गर्ने भएकाे छ। सिंहदरवारमा जारी गाेप्य बैठकले यस्ताे निर्णय गरेकाे सहभागी एक नेताले थारूवानलाइ बताए। Continue reading “सीमा नाकाबन्दीसहित काठमाडाैं जाेड्ने राजमार्ग ठप्प पार्ने थारू माेर्चाकाे निर्णय”





