सीमा नाकाबन्दी गर्ने मधेसी मोर्चाको निर्णय

Madhesi Morchaआन्दोलरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । राजविराजमा बुधबार सम्पन्न मोर्चा बैठकले काठमाडौंलाई दवाब पुग्ने गरी आन्दोलन केन्द्रित गर्ने निर्णय गरेको हो । Continue reading “सीमा नाकाबन्दी गर्ने मधेसी मोर्चाको निर्णय”

बर्दियाकाे राजापुरमा एक हजार थारू युवा दस्ता तयार

Tharu Dasta bardiya 01

बर्दियाकाे राजापुर क्षेत्रमा थारूहरूले एक हजारकाे संख्यामा थारू युवा दस्ता तयार गरेका छन्। सरकारले थारूकाे मागलाइ बेवास्ता गरेकाे भन्दै त्यहाँका थारूहरूले भागिराम चाैधरीकाे नेतृत्वमा एक हजार एक युवाहरूकाे दस्ता तयार गरेका हुन्। युवा दास्ताले अान्दाेलका कार्यक्रमलाइ सशक्त बनाउँदै लैजाने प्रतिबद्वता जनाएका छन्। Continue reading “बर्दियाकाे राजापुरमा एक हजार थारू युवा दस्ता तयार”

राजेन्द्र महतो भन्छन्- आन्दोलन वारपारको लडाइँ

Madhesi Morcha

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक मंगलबारबाट सप्तरी सदरमुकाम राजविराजस्थित एक निजी निवासमा जारी छ । नेताहरु पुग्न ढिला भएपछि मंगलबार अबेर राति साढे नौ बजे मात्र बैठक सुरु भएको थियो । हिजो रातिको सत्रमा ४० दिनदेखि जारि आन्दोलनको समिक्षा तथा सरकारी वर्ताको आह्वान र सरकारी प्रतिनीधिहरुसँगको अनौपचारिरक वर्ताहरुबारे समिक्षा भएको बैठकका एक सहभागीले बताए । Continue reading “राजेन्द्र महतो भन्छन्- आन्दोलन वारपारको लडाइँ”

थारु र मधेसी आन्दोलनको कार्यदिशा

aandolan

सीएन थारु

मधेसी र थारु आन्दोलनको माग जायज छन भनी अब नेताहरुको मनमा लागिरहेको बुझ्न सकिन्छ किनकि आन्दोलनकारीका मागलाई वार्ताबाट सम्बोधन गर्ने भनाई विभिन्न लेख र अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ। यहाँ बुझ्नैपर्ने कुरो के हो भने कसाईले बोकालाई जसरी मीठो मीठो खुवाएर अन्ततः त्यसको बध गर्ने गरेको हुन्छ आज आन्दोलनकारीका असन्तुष्टिप्रति त्यही व्यवहार हुन थाल्नु अस्वभाविक होइन। गेट ब्रेक गर्दै तीन शीर्ष नेता असन्तुष्टहरुको कार्यालय धाउने क्रम सुरु भयो। Continue reading “थारु र मधेसी आन्दोलनको कार्यदिशा”

गच्छदार नेतृत्वको लोकतान्त्रिक मोर्चाले भन्यो- आन्दोलनको मुख्य कारण सीमांकन

Bijay

विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले प्रदेशको सीमांकनमा मधेस थरुहटका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला विवादको केन्द्र रहेकाले यो विषयलाई अविलम्ब वार्ता र सहमतिबाट टुंग्याई आवश्यक संविधान संशोधनको माग गरेको छ । मोर्चाको मंगलबार बसेको बैठकले मधेस र थरुहटको आन्दोलन मुख्य रुपमा संघीयताको विषयमा केन्दि्रत रहेको ठहर गरेको छ । Continue reading “गच्छदार नेतृत्वको लोकतान्त्रिक मोर्चाले भन्यो- आन्दोलनको मुख्य कारण सीमांकन”

थाकस अध्यक्ष धनिराम चौधरीसहित ५८ विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

Dhaniram Chaudhary

टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेकोे अभियोगमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध मंगलबार जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। Continue reading “थाकस अध्यक्ष धनिराम चौधरीसहित ५८ विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता”

महोत्तरीका तीनवटा भारतीय नाका बन्द

border-sealभारतले आज बिहानदेखि महोत्तरी जिल्लाको तीनवटा सीमा नाकामा यातायात ठप्प गरेको छ । महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड, मटिहानी र सम्सीबाट भारत आवतजावत गर्ने सम्पूर्ण सवारी तथा मालबाहक गाडीलाई भारत बिहारको सीमा सुरक्षा बल (एसएसबी)ले आज बिहानदेखि रोक लगाएको छ । Continue reading “महोत्तरीका तीनवटा भारतीय नाका बन्द”

कैलालीमा जन प्रदर्शन, प्रधानमन्त्रीसहित ६ नेताको पुतला दहन (फोटो फिचर)

    Putala Dahan at Kailali 01

बालकृष्ण चौधरी/कैलाली

डेढ महिनादेखि आन्दोलनरत थरुहट/थारुवान पक्षधरहरु मंगलबार कैलालीको मसुरियामा प्रधानमन्त्रीसहित ६ शीर्ष नेताहरुको पुतला दहन गरेका छन्। आफूहरुको आन्दोलनलाई बेवास्ता गरी पहिचानविरोधी तथा जनघाति संविधान जारी गरेको भन्दै उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, कांग्रेस नेता शेरबहादुर देउवा, एनेकपा माओवावादी अध्यक्ष प्रचण्ड, नेता लेखराज भट्ट, एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको पुतला दहन गरेका हुन्। Continue reading “कैलालीमा जन प्रदर्शन, प्रधानमन्त्रीसहित ६ नेताको पुतला दहन (फोटो फिचर)”

भारतद्वारा नेपालको बोर्डर सिल, सीमानाकामा कडा सुरक्षा

border-seal

तराई-मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा पनि रोक लगाइएको छ । Continue reading “भारतद्वारा नेपालको बोर्डर सिल, सीमानाकामा कडा सुरक्षा”

प्रचण्डले थारु नेताहरुलाई भने- मध्यान्हपछि केही सन्देश दिन्छौं

pushpa_kamal_dahal--621x414

एमाओवादी थारु नेताहरुले वार्ताका लागि पहल गर्न पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका छन् । मंगलबार विहानै थारु सभासद तथा नेताहरु प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । उनीहरुले थारु समुदायको आन्दोलन सम्बोधनका लागि तत्काल वार्ताको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

आन्दोलनका क्रममा पक्राउ परेका नेताहरुलाई मुद्धा लगाउने क्रम रोकिएको छ भने सरकारले मृतकका परिवारलाई १० लाख दिने औपचारिक निर्णय नै गरिसकेको छ । सीमांकनसहितका विषयमा तीन दलले संविधान संशोधनको प्रतिवद्धता जनाएपछि पश्चिम तराईमा आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समिति वार्तामा बस्न सकारात्मक छन् ।

जवाफमा प्रचण्डले मध्यान्ह १२ बजेसम्म केही सन्देश दिने बताएका छन् । प्रचण्डले पहिले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्ने र ११ बजे तीन दलको बैठक बस्ने भन्दै त्यसपछि केही सन्देश दिने आश्वासन दिएका छन् ।

भेटमा सहभागी पूर्व सभासद सन्तोष थारुले भने-सम्भव भए आजै साँझसम्म र नभए भोलिसम्ममा वार्तामा बस्ने वातावरण बनाउँछु भन्नुभएको छ ।