लेखी र महतोको भेटवार्ता, लेखी भन्छन्- आन्दोलनमा सहकार्य हुन्छ : लेखी

Rajkumarथरुहट/थारुवान संयुक्त संघर्ष समितिका नेता राजकुमार लेखीले मधेसी मोर्चा र थारुहरुको आन्दोलन सहकार्यमा अघि बढ्ने बताएका छन् । विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने-अवको आन्दोलन अधिकार प्राप्तीको आन्दोलन हुनेछ र यसका लागि आजैवाट मधेसी मोर्चा र थारुहरुको आन्दोलन एकसाथ शुभारम्भ हुँदैछ।’ Continue reading “लेखी र महतोको भेटवार्ता, लेखी भन्छन्- आन्दोलनमा सहकार्य हुन्छ : लेखी”

हिरासतमा रहेकालाई चरम यातना, रामप्रसादको हात चल्दैन

tharu

टीकापुर घटनामा पक्राउ परेकाहरुलाई निर्मम यातना दिइएको छ। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एक टोलीसँग पक्राउ परेकाहरुले आफूहरुलाई निर्मम यातना दिएको बताएका छन्। जिल्ला प्रहरी कर्यालय कैलालीको थुनामा रहेका संयुक्त संघर्ष समिति कैलालीका संयोजक रामप्रसाद चौधरी र फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले आफूहरुलाई निर्मम यातना दिएको उनीहरुलाई उद्धृत गर्दै थारु एराउन्ड दी वर्ल्डका अध्यक्ष महावीर चौधरीले बताए छन्। उनका अनुसार रामप्रसाद चौधरीको दाँया हातसमेत चलेको छैन। Continue reading “हिरासतमा रहेकालाई चरम यातना, रामप्रसादको हात चल्दैन”

संविधानमा हस्ताक्षर गर्ने थारु सभासद्लाई समाजिक बहिष्कार गरिने, मानपुर चौधरीलाई कलोमोसो दल्ने प्रयास

  tharu meeting

चन्दन रौनियार/दुहबी

थरुहट/थारुवान संयुक्त संघर्ष समिति सुनसरीको दुहबीमा गरेको क्षेत्रीय समिक्षा कार्यक्रममा अतिथिको रुपमा उपस्थित एमाओवादीका सभासद मानपुर चौधरीलाई मुर्दाबादको नारा लगाई बहिष्कार गरेको छ। थारु समुदायले हक अधिकारकोलागी रोडमा बलिदान दिइरहेको अवस्थामा घोषणा गरेको विभेदकारी संबिधानमा हस्ताक्षर गरेको भन्दै सप्तरीबाट निर्वाचित माओबदीका सभासद मानपुर चौधरीलाई बैठकमा बहिष्कार गरेको हो। Continue reading “संविधानमा हस्ताक्षर गर्ने थारु सभासद्लाई समाजिक बहिष्कार गरिने, मानपुर चौधरीलाई कलोमोसो दल्ने प्रयास”

थरुहट आन्दोलनको सेफ ल्यान्डिङ जरुरी

नागरिकताको सबाल र संवैधानिक कार्यकारी पदमा बंसजबाहेकलाई अवसर दिनु हुँदैन। यसमा साथ दिनु भनेको आफ्नो खुट्टामा आफैँ वञ्चरो हान्नु बराबर हो। यो बंसजबाहेक अंगिकृत नागरिकतावालालाई यदि कार्यकारी पद दिने व्यवस्था भए सबभन्दा बढी घाटा थारुलाई हुने निश्चित छ।

Hem Chaudharyहेम चौधरी

साँच्चिकै हाम्रो आन्दोन पपुलारिस्ट भयो। जे जस्तो भए पनि आन्दोलनको सेफ ल्यानडिङ हुनु जरूरी छ। आन्दोलनको विकल्प नरहेपनि, आन्दोन केका लागि र किन? वर्तमानको नयाँ संविधानले हामीलाई के दियो, के दिएन? यसको इम्प्लिमेन्ट हुन्छ कि हुँदन? समिक्षा हुनु जरूरी छ। Continue reading “थरुहट आन्दोलनको सेफ ल्यान्डिङ जरुरी”

आन्दोलन सफल पार्न गच्छदारले आन्दोलनरत पक्षसँग वार्ता गर्ने

Bijay

विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले तीन सदस्यसीय वार्ता टोली गठन गरेको छ। मधेस-थरुहटमा आन्दोलनरत विभिन्न पक्षसँग वार्ता गर्न फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको हो।  Continue reading “आन्दोलन सफल पार्न गच्छदारले आन्दोलनरत पक्षसँग वार्ता गर्ने”

थारु नेताहरु तराईमा, विशेष प्रशिक्षण र मधेसी नेतासँग छलफल हुने

Tharu Leaderकाठमाडौं- केन्द्रीय थारु नेताहरु शुक्रबार बिहानै तराई झरेका छन्। शनिबार तराईमा गरिने क्षेत्रीय प्रशिक्षण तथा समीक्षा कार्यक्रमका लागि उनीहरु तराई झरेका हुन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिको निर्णयअनुसार शनिबार बिहान ८ बजेदेखि बर्दियाको गुलरिया, नवलपरासी डन्डा, रौतहट र सुनसरीको दुहबीमा विशेष प्रशिक्षण र समीक्षा कार्यक्रम हुँदैछ। कार्यक्रममा आसपास जिल्लाका नेताहरु सहभागी हुने जनाइएको छ। Continue reading “थारु नेताहरु तराईमा, विशेष प्रशिक्षण र मधेसी नेतासँग छलफल हुने”

दुईु छिमेकीको जुहारी र थारु आन्दोलनको वास्तविकता

Fakala Tharuफकला थारु

विगत ४६ दिनदेखि नेपालमा निरन्तर चलिरहेको थरुहट-मधेसी आन्दोलनमा सुरक्षाकर्मीसहित ५० बढीले प्राणको आहुती दिइसकेका छन्। थरुहट-मधेसी आन्दोलनकारीको रगतसँग होली खेल्दै उनीहरुको भावनामाथि बुटले कुल्चने यो देशका ठूला भनिने दलहरुले नेपालको संविधान २०७२ जारी गरी विजय उत्सव मनाइरहेका छन्। Continue reading “दुईु छिमेकीको जुहारी र थारु आन्दोलनको वास्तविकता”

रञ्जित रे र जयशंकरसँग मेरो भेटवार्ता भएको छैन : लेखी

थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री एवं थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले भारतीय विदेश सचिव जयशंकरसँग आफ्नो कुनै भेटवार्ता नभएको बताएका छन्। उनले विज्ञप्ती जारी गर्दै भारतीय राजदूत रञ्जित रे र जयशंकरसँगको भेटवार्ता नभएको बताउँदै उनले सञ्चारमाध्यममा आएको समाचारलाई खन्डन गरेका छन्। Continue reading “रञ्जित रे र जयशंकरसँग मेरो भेटवार्ता भएको छैन : लेखी”

जिउँदा भूतहरूको भविष्य

सीमान्तीकृत एवं बहिष्कृत समुदायबाट प्रतीकात्मक व्यक्तिलाई प्रतिनिधिका रूपमा प्रस्तुत गरेर समावेशितालाई नकार्ने विधि पनि महेन्द्र पथकै अवयव हो। कुनै बेला डम्बरनारायण यादव, फत्तेसिंह थारु, हिरालाल विश्वकर्मा वा पद्मसुन्दर लावतीजस्ता राजनीतिक हस्तीहरूले त्यस्तै भूमिका निर्वाह गर्ने गर्थे। त्यही रणनीति पछ्याएर एक्काइसौं शताब्दीमा पनि राजनीति गर्न सकिन्छ भन्ने निर्क्योल तथ्य र तर्कभन्दा पनि पूर्वाग्रह एवं अहङ्कारमा अडिएको हो। Continue reading “जिउँदा भूतहरूको भविष्य”

भारतविरुद्ध टिप्पणी गर्नु मूर्खतापूर्ण : उपेन्द्र यादव

Upendra Yadav

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतविरुद्ध टिप्पणी गर्ने कार्यलाई मूर्खतापूर्ण भन्दै त्यसो नगर्न सुझाव दिएका छन् । बीहीबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष यादवले भनेका छन्- ‘भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।’ Continue reading “भारतविरुद्ध टिप्पणी गर्नु मूर्खतापूर्ण : उपेन्द्र यादव”