आन्दोलनमा मारिनेका परिवारलाई सरकारले १० लाख दिने

Rupandehi-Protest-1

देशका विभिन्न स्थानमा जारी आन्दोलनमा ज्यान गुमाएकाहरुका परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो । Continue reading “आन्दोलनमा मारिनेका परिवारलाई सरकारले १० लाख दिने”

पत्रको जवाफ- काठमाडौंमा फेसबुक चलाएर आन्दोलन हुँदैन मित्र

santosh dahitप्रिय संजयजी
जय थरुहट, अभिावादन पनि।
थारुवान डटकममा शान्ता चौधरीलाई कहिलेसम्म एमालेको कम्लरी बस्नुहुन्छ? शीर्षकको पत्र पढ्न पाएँ। उक्त खुला पत्र पढ्न पाउँदा धेरै खुसी लाग्यो। उक्त पत्रमा मेरोपनि ध्यानाकर्षण भएकाले म यसको जवाफ दिन चाहन्छु। हुन त तपाईँले शान्ता चौधरीसँग जवाफ माग्नुभएको छ। उहाँलाई यसको जवाफ लेख्ने फुर्सद छ या छैन मलाई थाहाँ छैन। त्यो पत्रमा मलगायत अन्य दाङका थारुलाई पनि जोडेर लेखेको हुनाले केही जवाफ लेख्नैपर्छजस्तो लागेर जवाफ पठाएको छु। Continue reading “पत्रको जवाफ- काठमाडौंमा फेसबुक चलाएर आन्दोलन हुँदैन मित्र”

गच्छदार र तीन दलबीच मध्यरात चार बुँदे सहमति पत्र तयार

1four party meeting

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार र तीन दलका शीर्ष नेताबीच बिहीबार राति भएको छलफलले सम्झौता पत्र तयार गरेपनि हस्ताक्षर हुन सकेन। राति २ बजेसम्म चलेको छलफलमा चार बुँदे सहमति पत्र तयार भएको बताइएको छ। Continue reading “गच्छदार र तीन दलबीच मध्यरात चार बुँदे सहमति पत्र तयार”

ओली नआएपछि लेखी आक्रोशित, पक्राउ परेकाहरुलाई रिहाइ गर्न प्रधानमन्त्री सहमत

Shirsa neta-barta

आन्दोलनरत थरुहट/थारुवान संघर्ष समिति र तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ। वार्तामा थारु नेताहरुले तराईमा जारी धरपकडबारे ध्यानाकर्षण गराएका छन्। उनीहरुले यसअघि पेस गरेका सात सर्तहरु पूरा नगरुन्जेल वार्ताको वातावरण नबन्ने प्रधानमन्त्रीलाई जनकारी गराए। Continue reading “ओली नआएपछि लेखी आक्रोशित, पक्राउ परेकाहरुलाई रिहाइ गर्न प्रधानमन्त्री सहमत”

संविधानका धारा जलाउनेदेखि ब्लाकआउटसम्मका कार्यक्रम सार्वजनिक

Tharu neta 02

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ। समितिले संविधानसभाले पारित गरेको नेपालको संविधान २०७२ मा थारु समुदायका माग नसमेटेिएका धारा-उपधाराहरु जलाउने, संविधन पारित हुने दिन असोज ३ गते ब्लाक आउट गर्ने र जारी आमहड्ताललाई निरन्तरता दिने निर्णय गरेको छ। Continue reading “संविधानका धारा जलाउनेदेखि ब्लाकआउटसम्मका कार्यक्रम सार्वजनिक”

तीन दलसँग वार्ता गर्न थारु नेताहरु प्रधानमन्त्री निवासमा

Tharu Neta

तीन दलसँग वार्ता गर्न फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र थारु नेताहरु बालुवाटार पुगेका छन्। वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाको तेस्रो चिठी पाएको भोलिपल्ट थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको टोली बालुवाटार पुगेको हो। Continue reading “तीन दलसँग वार्ता गर्न थारु नेताहरु प्रधानमन्त्री निवासमा”

मधेसी मोर्चाले संविधान जलाउनेदेखि मौन जुलुससम्मका आन्दोलन गर्ने

नयाँ संविधान जारी हुने असोज ३ गतेलाई कालो दिनको संज्ञा दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । Continue reading “मधेसी मोर्चाले संविधान जलाउनेदेखि मौन जुलुससम्मका आन्दोलन गर्ने”

शीर्ष नेतालाई मधेसी जनताको यस्तो सजाय

Kp oli Fasi

सप्तरीको राजविराजमा प्रधानमन्त्री सुशील कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र बामदेव गौतमलाई फाँसी दिइएको छ । चार नेताको प्रतिक बनाई स्थानीय जनताले उनीहरुलाई फाँसीमा झुण्ड्याएका हुन् । मधेशसँग धोकाधडी गरेको र ५० जनाभन्दा बढी सर्वसाधारणको हत्या गरेको विरोधमा नेताहरुलाई जनताले फाँसी दिएका हुन् । Continue reading “शीर्ष नेतालाई मधेसी जनताको यस्तो सजाय”

आन्दोलनकारी निरास नहोऊ

Itahari Tharu Protest 05

सीएन थारु

आन्दोलनको निरन्तरता दिन सक्नु नै जनताको तागतको मापदण्ड बुझनु हो। आन्दोलनकारी अझै मैदानमा डटेकै छन र सरकारको तर्फबाट दमन हुदै आएको देखिन्छ। यसलाई सरकारले आफ्नो दायित्व निर्वाह गरेको भनाई पुष्टी गर्न खोजेको हो भने जनताहरु पनि अधिकारका लागि संघर्ष गर्न आफ्नो दायित्व बोध गरिसेकेको छ। यी संघर्षमा तत्काल सरकार षडयन्त्र र जालझेल गरि जित्ने देखिए पनि अन्ततः जनताको जीत सुनिश्चित छ भन्नेमा शंका छैन। Continue reading “आन्दोलनकारी निरास नहोऊ”

दिपावली गर्ने वातावरण बनाऊ

Sushilसुशील चौधरी

संविधानसभाद्धारा संविधान निर्माण गर्ने नेपाली जनताको चाहना भर्खरै पूरा भएको छ। सार्वभैम जनताको लागि यो क्षण गौरबको कुरा हो। आधा दर्जन बढी संविधानको असफलतापछि आएको नेपालको संविधान, २०७२ का धेरै विशेषताहरु छन्। युग चेतनालाई सम्बोधन गर्न यो संविधानले प्रयास गरेको छ। यो संविधान कठोर नभई गतिशील विशेषता बोकेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत हुनु, महिलालाई अंशीय र वंशीय हक दिनु, धर्मनिरपेक्ष राज्य बन्नु नेपाली जनताको ऐतिहासिक उपलव्धी हो। Continue reading “दिपावली गर्ने वातावरण बनाऊ”