संविधानसभाले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ लाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ। संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले मत विभाजन प्रक्रियाद्वारा पारित गरेको हो। Continue reading “‘नेपालको संविधान- २०७२’ संविधानसभाबाट पारित”
Author: admin
पारित संविधानका प्रमुख विशेषता

संविधानसभाको आजको बैठकले पारित गरेको नेपालको संविधान, २०७२ ले जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समृद्ध नेपालको परिकल्पना गरेको छ। नेपालमा झण्डै २४० वर्षदेखि कायम एकात्मक ढाँचामा सञ्चालित मुलुकको शासन व्यवस्थालाई सात प्रदेशसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकमा रुपान्तरण गर्नु नयाँ संविधानको मुख्य विशेषता हुनेछ। Continue reading “पारित संविधानका प्रमुख विशेषता”
संविधान घोषणाको अवसरमा असोज ३ र ४ गते सार्वजनिक विदाको प्रस्ताव
नेपालको संविधान २०७२ जारी हुने अवसरमा ३ दिन विदा दिने तयारी गरिएको छ। असोज ३ र ४ गते सार्वजनिक विदा दिने तयारी भएको हो। संविधान सभा सचिवालयले तीन दिने सार्वजनिक विदाको प्रस्ताव गरेको हो। संविधान सभा सचिवालय स्रोतका अनुसार तीन दिन विदा दिने निर्णय गरिएको छ यसलाई कार्यान्वयनका लागि मन्त्रिपरिषद बैठकले औपचारिकता दिनेछ। ‘मन्त्रिपरिषदले निर्णय गर्ने हो’, स्रोतले भन्यो, ‘त्यसमा थप घट पनि हुनसक्छ।’ Continue reading “संविधान घोषणाको अवसरमा असोज ३ र ४ गते सार्वजनिक विदाको प्रस्ताव”
नेपालको संविधान २०७२ का सबै धारा पारित
संविधानसभाले ‘नेपालको संविधान, २०७२ को परिमार्जित विधेयक’ मा समावेश ३०२ धारामाथि मतदान प्रक्रिया सम्पन्न गरेको छ। संविधानसभामा विगत चार दिनदेखि जारी मतदान प्रक्रियामा विधेयकमा उल्लिखित धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनी निर्णयार्थ पेस गर्ने क्रम अन्तिम चरणमा पुगेको छ। साँझ पाँच बजेदेखि सुरु भएको मतदान प्रक्रिया संशोधन प्रस्ताव कम मात्र परेका कारण तीव्र रुपमा अगाडि बढेको हो।
यसअघि धारा २८२ मा रहेको भाषा आयोगसम्बन्धी व्यवस्थामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। सो प्रावधानमा यो संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र नेपाल सरकारले प्रदेशहरूको प्रतिनिधित्व हुने गरी एक भाषा आयोगको गठन गर्नेछ भन्ने व्यवस्था गरिएको छ।
सो आयोगमा अध्यक्षका अतिरिक्त आवश्यक सङ्ख्यामा सदस्यहरू रहनेछन् भने आयोगका अध्यक्ष र सदस्यको पदावधि नियुक्तिको मितिले छ वर्षको हुने र नेपालका विभिन्न भाषाहरूको सम्बन्धमा अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषणको क्षेत्रमा कम्तीमा बीस वर्षको अनुभव रहेका व्यक्तिलाई नियुक्त गरिनेछ।
धारा २८३ मा समावेश गरिएको पदाधिकारीको नागरिकतासम्बन्धी विशेष व्यवस्थामा प्रस्तुत भएको संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै बहुमतले पारित गरेको थियो। सो धारामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभाभुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनीत वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनु पर्नेछ भन्ने व्यवस्था रहेको छ।
गुठीसम्बन्धी व्यवस्था रहेको धारा २८४ मा एक संशोधन प्रस्ताव परेकामा बैठकले त्यसलाई अस्वीकृत गरेको हो। सो धारामा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवम् गुठीको अधिकारका सम्बन्धमा सङ्घीय संसद्ले आवश्यक कानुन बनाउने र अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुनेछ उल्लेख छ।
डिभी पिआर लिएकाले सरकारी निकायमा नियुक्त हुन नपाउने
विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएका कुनै पनि व्यक्ति नेपालको कुनै पनि सरकारी निकायमा नियुक्त हुन नसक्ने प्रावधान समेटिएको ‘नियुक्तिका लागि योग्य नहुने’ व्यवस्था रहेको धारा २८५ लाई बहुमतले पारित गरेको थियो। सो धारामा दुई वटा संशोधन परेका थिए जुन अस्वीकृत भयो।
संसदीय सुनुवाइसम्बन्धी व्यवस्था समेटिएको धारा २८६ मा प्रमुख तीन दलको तर्फबाट प्रस्तुत संशोधन प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो। सो धारामा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अदालतका सदस्य, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि सङ्घीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ भन्ने उल्लेख छ।
त्यसैगरी २८७ धारामा उल्लेख भएको संवैधानिक निकायको कामकारबाहीको अनुगमनसम्बन्धी व्यवस्थामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट पेस भएको संशोधन प्रस्तावलाई स्वीकार गरी अन्य प्रस्ताव अस्वीकार गरिएको थियो। सो धारामा संवैधानिक निकायका प्रमुख र पदाधिकारी सङ्घीय संसदप्रति उत्तरदायी र जवाफदेही रहनुपर्ने र प्रतिनिधिसभाका समितिले राष्ट्रिय मानव अधिकार आयोगबाहेकका अन्य संवैधानिक निकायको काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन सक्नेछ भन्ने व्यवस्था गरिएको छ।
संवैधानिक निकायको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने प्रावधान समेटिएको धारा २८८ मा कुनै पनि संशोधन प्रस्ताव दर्ता नभएकाले उक्त धारा सर्वसम्मतिबाट पारित भयो।
सो धारामा संविधानबमोजिमका संवैधानिक निकायले आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नेछ र राष्ट्रपतिले प्रधानमन्त्रीमार्फत त्यस्तो प्रतिवेदन सङ्घीय संसद् समक्ष पेस गर्न लगाउनेछ भन्ने उल्लेख छ।
सङ्क्रमणकालीन व्यवस्थासहितको व्यवस्था रहेको भाग ३५ र धारा २८९ मा उल्लेख गरिएको सङ्घीय आयोगको गठनसम्बन्धी व्यवस्थामा परेको संशोधन प्रस्ताव बहुमतबाट अस्वीकृत गरिएको थियो। सो धारामा प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन सरकारले एक सङ्घीय आयोग गठन गर्न सक्ने प्रावधान छ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण गर्न नेपाल सरकारले एक आयोग गठन गर्नेछ। त्यस्तो आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमानाको निर्धारण नेपाल सरकारले निर्धारण गरेको मापदण्डबमोजिम गर्नु पर्नेछ र प्रदेशको नामकरण सम्बन्धित प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुनेछ।
संविधानसभा व्यवस्थापिका-संसद्मा रूपान्तरण हुने प्रावधान रहेको धारा २९० मा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका-संसद्मा स्वतः रूपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका–संसदको कार्यकाल विसं २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ भन्ने व्यवस्थालाई पारित गरिएको छ। यस्तै, धारा २९१, २९२, २९३ मा कुनै पनि संशोधन प्रस्ताव परेन।
धारा २९४ मा रहेको न्यायपालिकासम्बन्धी व्यवस्थालाई पनि बहुमतबाट पारित गरिएको थियो। सो धारामा प्रमुख तीन दलका तर्फबाट परेको संशोधन प्रस्तावलाई बहुमतले स्वीकार गर्दै अन्य संशोधन प्रस्ताव भने अस्वीकार गरिएको थियो। सो धारामा संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका सर्वोच्च अदालत, संविधानसभा अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतहरू यस संविधानबमोजिमको न्यायपालिकाको संरचना तयार नभएसम्म कायम रहनेछन्। यो संविधान प्रारम्भ हुनु अघि त्यस्ता अदालतमा दायर भएका मुद्दाहरू र यो संविधान प्रारम्भ भएपछि दायर हुने मुद्दाहरू ती अदालतबाट निरूपण गर्न यस संविधानले बाधा पुर्याएको मानिने छैन भन्ने व्यवस्था गरिएको छ।
संविधान प्रारम्भ हुँदाका बखत सर्वोच्च अदालत, पुनरावेदन अदालत र जिल्ला अदालतमा बहाल रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा न्यायाधीश, पुनरावेदन अदालतका मुख्य न्यायाधीश, न्यायाधीश र जिल्ला अदालतका न्यायाधीश यसै संविधानबमोजिम नियुक्त भएको मानिनेछ भन्ने व्यवस्थासमेत सोही धारामा उल्लेख छ।
यस्तै, संवैधानिक निकाय र पदाधिकारीसम्बन्धी व्यवस्था रहेको धारा २९५ मा परेको संशोधन प्रस्ताव फिर्ता लिइएकाले उक्त सर्वसम्मतिबाट पारित भयो। सो धारामा संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका र यस संविधानमा व्यवस्था भएका संवैधानिक निकाय यसै संविधानबमोजिम गठन भएको मानिनेछ र त्यस्ता निकायमा विचाराधीन रहेका विषयलाई यो संविधानको अधिनमा रही टुङ्गो लगाउन कुनै बाधा पुर्याएको मानिने छैन भन्ने व्यवस्था छ।
प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालनसम्बन्धी व्यवस्था उल्लेख रहेको संविधानको धारा २९६ लाई संशोधनसहित पारित गरिएको थियो। सो धारामा कुनै पनि संशोधन प्रस्ताव परेन । सो धारामा प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन नभएसम्मका लागि प्रदेश र स्थानीय तहमा नागरिकलाई सेवा प्रवाह गर्न सरकारले आवश्यक व्यवस्था गर्नेछ भन्ने उल्लेख छ। यस्तै स्थानीयसो धारामा प्रदेश र स्थानीय तहमा सरकारी सेवाहरूको गठन र सञ्चालन नभएसम्मका लागि प्रदेश र स्थानीय तहमा नागरिकलाई सेवा प्रवाह गर्न सरकारले आवश्यक व्यवस्था गर्नेछ भन्ने उल्लेख छ। रासस
ठाकुर निवासमा मधेसी दलका नेताहरुको बैठक
तराईमा आन्दोलनरत मधेसी दलका नेताहरुबीच आज भक्तपुरको सानोठिमीस्थित तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा गोप्य बैठक बसेको छ। संविधानसभाले आगामी असोज ३ गते संविधान जारी गर्ने भएपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच तीन घण्टा लामो छलफल भएको हो। Continue reading “ठाकुर निवासमा मधेसी दलका नेताहरुको बैठक”
सिरहामा सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजारमा आज बेलुका नेपाली सेनाको गाडी पल्टिँदा दुई सैनिक जवानको मृत्यु भएको छ । यस घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन् । लहानबाट चामल (राशन) बोकेर चोहर्वा जाँदै गरेको नयाँ गोरख गणको बा.१ ग १९१३ नम्बरको नेपाली सेना सवार ट्रक बेलुका ५ः०० बजेतिर अचानक सडक छेउमा पल्टिँदा सैनिक जवान सालिकराम सिलवाल र कुलबहादुर घर्तीको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी निरीक्षक अर्जुन पोखरेलले जानकारी दिए। Continue reading “सिरहामा सेनाको ट्रक पल्टिँदा दुई जवानको मृत्यु”
शान्ता चौधरीज्यू, तपाईँ कहिलेसम्म एमालेमा कमलरी बस्नुहुन्छ ?
पूर्व मानीनय शान्ता चौधरीज्यू,
तपाईंलगायत केही एमालेवादी थारु अगुवा, नेता, पत्रकारको अगुवाइमा दाङमा सदभाव र्याली निकालेको खबर पाउँदा ज्यादै दुःखी लाग्यो। यो पत्र सबैको लागि भए पनि तपाईँको लागि विशेष भनेर कोर्दैछु। किनभने तपाईं अरुभन्दा थारुको पीडा बढी बुझेको र भोगेका मेरो बुझाइ छ। त्यो सदभाव र्याली केका लागि थियो? थारुले समाजमा सदभाव बिगारेको हो? थरुहट आन्दोलनले कतै कुनै समुदायमाथि आक्रमण गरेको छ? Continue reading “शान्ता चौधरीज्यू, तपाईँ कहिलेसम्म एमालेमा कमलरी बस्नुहुन्छ ?”
मधेसी र थारुलाई नसमेटिए भविष्य स्थायित्व हुँदैन : भारतीय राजदूत
नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेसी, थारु लगायतका सबै समुदायको भावनालाई नसमेटी जारी हुने संविधानले भविश्यमा स्थायित्व नदिने बताएका छन् । मधेसी र थारुहरु बहुमतमा नरहे पनि वार्ता र सम्वादको माध्यमबाट उनीहरुलाई समेट्नुपर्छ भन्ने भारतको धारणा रहेको राजदूत रायले स्पष्ट पारे । Continue reading “मधेसी र थारुलाई नसमेटिए भविष्य स्थायित्व हुँदैन : भारतीय राजदूत”
तीन दलका प्रमुख सहभागी भए वर्तामा बस्ने संघर्ष समितिको निर्णय
थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तीन दलका प्रमुखसँग मात्रै वर्ता गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएमात्रै वार्तामा बस्ने निर्णय गरेको हो। Continue reading “तीन दलका प्रमुख सहभागी भए वर्तामा बस्ने संघर्ष समितिको निर्णय”
ओइ पागल
आशिष चौधरी।
हिजो राति म एकाएक महान भएको अनुभुत गरें,
खै के भयो
म एउटा बालक दुर्घटनामा मर्दा
सारा समुदायलाई श्राप दिने
देशकै आदिवासीलाई अर्को देश लखेट्न खोज्ने
र अर्को बालक मारिँदा, म ठीक पर्यो
आतङ्ककारीलाई मार्नैपर्छ Continue reading “ओइ पागल”




