थारु-मधेसीको प्रश्न- हामी यो देशको नागरिक होइनौं? हौ भने अधिकार माग्दा गोली किन?’

Nepalgunj-madhesh-protest

नेपालगञ्ज- संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री मोहम्मद इश्तियाक राईले शान्तिपूर्ण आन्दोलन गरिरहेका मधेशी जनताको टाउको र छातीमा गोली हन्ने कार्य अपराध भएको बताएका छन्। Continue reading “थारु-मधेसीको प्रश्न- हामी यो देशको नागरिक होइनौं? हौ भने अधिकार माग्दा गोली किन?’”

३ गते सबै जिल्लामा संविधान जलाउने घोषणा

Madheshi-morchaसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले असोज तीन गते सबै जिल्लामा संविधान जलाउने घोषणा गरेका छन् । उनले मोर्चाका कार्यकर्ता तथा सर्वसाधारणलाई संविधान जलाउन अपीलसमेत गरेका छन् । Continue reading “३ गते सबै जिल्लामा संविधान जलाउने घोषणा”

तुलानारायण साहले देखेको त्यो र यो मधेस आन्दोलन

Tulanarayan shahतुलानारायण साह
प्रजातन्त्र पुनस्र्थापनापछि ०४७ सालमा नयाँ संविधान आयो । ०४६ अघि ३० वर्षीय पञ्चायतविरुद्धको आन्दोलनमा मधेसी नेता कांग्रेस र विभिन्न वाम दलसँग आबद्ध भएर आन्दोलनमा होमिएका थिए । प्रजातन्त्र पुनस्र्थापनापछि सबैमा ठूलै परिवर्तन हुने आशा थियो । ०४७ मा नयाँ संविधान आएपछि तीनवटा निर्वाचन भए । ६–७ पटक सरकार परिवर्तन भए । राजनीतिको प्रतिनिधित्वमा खासै परिवर्तन देखिएन । Continue reading “तुलानारायण साहले देखेको त्यो र यो मधेस आन्दोलन”

मानपुर चौधरी र प्रभु साह संविधानसभामा आएनन्

Manpur chaudharyनेपालको संविधान–२०७२ को परिमार्जित विधेयकमाथिको मतदानमा नेपाली कांग्रेस र एकीकृत माओवादीका गरी चार ससभासद अनुपस्थित छन्। संविधानको संविधानसभाको बैठकले परिमार्जित बिधेयकका धारा पारित गर्ने महत्वपूर्ण समयमा चार सभासद अनुपस्थित भएका हुन्। Continue reading “मानपुर चौधरी र प्रभु साह संविधानसभामा आएनन्”

संविधानसभा फर्किन गच्छदारको चार शर्त यस्ता छन्

Bijay Gachhadar

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट फोरम लोकतान्त्रिकले संविधानसभा फर्कन चार पूर्वशर्त अघि सारेको छ । सीमांकनमा फेरबदल गरी थारु बहुल क्षेत्रलाई राज्यका रुपमा स्वीकार गर्नुपर्ने, अन्तरिम संविाधनका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो संविधान विधेयकले पनि सुनिश्चित गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र प्रस्तावित संघीय प्रदेशमा बोलिने मातृभाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिलाइनुपर्ने गरी चार पूर्वशर्त अघि सारिएको फोरम लोकतान्त्रिक महासचिव रामजनम चौधरीले बताए । Continue reading “संविधानसभा फर्किन गच्छदारको चार शर्त यस्ता छन्”

असोज ३ लार्इ कालाे दिन बनाउँछाैं : थरुहट नेताहरू

tharu photo

उन्नती चौधरी/धनगढी
तिन दलको पहलमा बन्दुकको गोलीबाट असोज ३ गते जारी गरिने संविधानको कुनै औचित्य नरहेको थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले बताएका छन् ।  थरुहट थारुवान संघर्ष समिति फूलबारीले मंगलबार आयोजना गरेको विशाल विरोध सभामा उनले सो कुरा बताएका हुन् । Continue reading “असोज ३ लार्इ कालाे दिन बनाउँछाैं : थरुहट नेताहरू”

१ सय ७६ धारा पारित, कुन धारामा के छ?

CA Nepal 02

संविधानसभाको आजको बैठकमा ‘नेपालको संविधानको परिमार्जन विधेयक, २०७२’ का १७६ सम्मका धारा पारित भएका छन्। बैठकमा न्यायापालिकासम्बन्धी धारा १२८ देखि १५६ सम्मका धारा पारित भए । धारा १२९ मा प्रमुख तीन दलका तर्फबाट प्रस्तुत भएको सर्वोच्च अदालतमा बढीमा २० जनासम्म स्थायी न्यायाधीश रहने संशोधन प्रस्ताव पारित भयो । Continue reading “१ सय ७६ धारा पारित, कुन धारामा के छ?”

थारुहरु विहारमा शरण लिन जाँदैनन् : लेखी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थारु आन्दोलनकारीले संविधानसभाबाट जारी हुन लागेको संविधानलाई आंशिकरुपमा स्वागत गर्ने भएका छन् । मधेसवादी आन्दोलनकारीले संविधान अस्वीकार गर्ने चेतावनी दिइरहेका बेला थारुहरुले भने संविधानलाई स्वीकार गर्दै थप अधिकारका लागि संघर्ष गर्ने भएका छन् ।

थारुवान थरुहट संयुक्त आन्दोलनका एक कमाण्डर तथा वार्ता टोली सदस्य समेत रहेका थारु नेता राजकुमार लेखीले संविधानका धारा पारित भइरहँदा थारु आन्दोलनका अधिकांश माग सम्बोधन भएको बताए ।  लेखीले भने- ‘हाम्रो आन्दोलन उत्ष्कर्षमा पुगेपछि तीनदलका नेताहरु बाध्य भएर धर्म निरपेक्षता कायम गर्ने, संवैधानिक थारु आयोग र समावेशी समानुपातिक व्यवस्था राख्न सहमत हुनु सकारात्मक कुरा हो ।’

लेखीले अब थारु समुदायको असन्तुष्टि प्रदेशहरुको सीमांकनमा मात्र बाँकी रहेको प्रष्ट पारे । थारुको मागबमोजिम प्रदेशको सीमांकन मिलाउन पनि प्रधानमन्त्रीलगायत प्रमुख दलका शीर्षनेताहरु अनौपचारिक रुपमा सकारात्मक रहेको उनले बताए ।  लेखीले भने- प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, अरु नेता पनि सकारात्मक छन्, तर एकाध नेताले सीमांकनको मुद्दा सम्बोधन गर्न अवरोध हालेका छन् । हामीलाई आशा छ, संविधान जारी हुँदै गर्दा वा भइसकेपछि पनि हाम्रो माग र मुद्दा सम्बोधन हुनेछ ।’

नवलपरासीदेखि बर्दियासम्मको तराईका जिल्लालाई पहाडबाट अलग गरेर प्रदेश मिलाउने र कैलाली कन्चनपुरलाई थारु विशेष संरक्षित क्षेत्र राख्ने कुरामा थारु आन्दोलनकारी सहमत हुन सक्ने उनले संकेत गरे । ‘वार्तामा बसेपछि शत प्रतिशत माग कसैका पूरा हुँदैनन्, त्यसमा लेनदेन हुन्छ’ उनले भने ।

बिहारमा शिविर बनाउनु आपत्तिजनक

मधेस आन्दोलनकारी तथा थारु आन्दोलनकारीहरु सीमापारि भारतका गाउँमा शरणार्थी हुन लागेको र विहारमा शरणार्थी शिविरसमेत बनाउन लागिएको कुरा आपत्तिजनक रहेको उनले बताए ।  लेखीले भने- शरणार्थी शिविर कसका लागि बनाउन लागिएको हो, हामीलाई थाहा छैन, तर यो देशका थारु समुदाय यो भूमि छाडेर कहीँ पनि शरणार्थी हुन जाँदैनन्, हामी हाम्रो अधिकार हाम्रै भूमिमा स्थापित गर्छौं ।’

onlinekhabar

थारु नेतालाई प्रधानमन्त्रीको तेस्रो चिठी, रामजनम भन्छन्- ‘वार्ता प्रस्ताव नौटंकीमात्रै’

Tharu Lawmaker 04

संविधानसभा प्रक्रिया अघि बढै गर्दा प्रधानमन्त्री सुशील कोइरालाले थारु आन्दोलनकारीलाई सम्बोधन गर्दै वार्तामा आउन तेस्रो चिठी पठाएका छन् । थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको नाममा मंगलबार पुनः चिठी लेख्दै प्रधानमन्त्रीले आन्दोलनकारीका मागप्रति सरकार गम्भीर रहेको जनाउ दिएका हुन् । यसअघि यही व्यहोराका दुई चिठी आन्दोलनकारीलाई प्रधानमन्त्रीका तर्फबाट पठाइसकिएको छ । Continue reading “थारु नेतालाई प्रधानमन्त्रीको तेस्रो चिठी, रामजनम भन्छन्- ‘वार्ता प्रस्ताव नौटंकीमात्रै’”

रुपन्देहीमा ४ वर्षीय बालकसहित प्रहरी गोलीबाट चार जना मारिएको स्थानीयको दाबी

Rupandehi-Protest-1

रुपन्देहीको बेथरीमा प्रहरीको गोलीबाट बालक र किशोरीसहित चार जना मारिएको स्थानीयवासीहरुले बताएका छन् । तर प्रहरीले गोली नै नचलेको दाबी गरेका छन् । भैरहवा–लुम्विनी सडक खण्डमा पर्ने बेथरी पुल नजदिक प्रहरीले चलाएको गोली लागि दुई जना र घरमा खेली रहेका ४ वर्षीय बालक र घरमा रहेकी एक जना किशोरीको मृत्यु भएको जनाइएको छ । Continue reading “रुपन्देहीमा ४ वर्षीय बालकसहित प्रहरी गोलीबाट चार जना मारिएको स्थानीयको दाबी”