ज्योति दनुवार
पहिला ‘मधेस’ शब्दसँग एलर्जी थियो। हामी थारु र तराई आदिवासीका अधिकारका लागि लेख्ने बोल्ने अभियन्ताहरु नेपाल सरहदभित्र ‘मधेस’ भन्ने भुभाग नरहेको भन्ने तर्क र तथ्य सयकडौं कार्यक्रमहरुमा पेस गर्यौं। अन्तरिम संविधानमा लिपिबद्ध ‘मधेस’ शब्दलाई सच्याउन थारुका ठूल्ठूला आन्दोलनहरु भए। तर शासक समुदायका रौंसम्म हल्लिएन। हेर्दै जाँदा के थाहा पाइयो भने यो शब्द शासक समुदायमैत्री शब्द नै हो रहेछ। उनीहरुको औपनिवेशिक र विर्तावाल मनोविज्ञानलाई तुष्ट गर्ने यो भन्दा स्वादिलो शब्द अर्को कुनै नहुँदो रहेछ। सीमान्त क्षेत्रमाथि कब्जा गरेको वा त्यसलाई आर्जन गरेको भन्ने भाव दिने भएकोले ‘मधेस’ शब्द स्वंय मधेशीलाई भन्दा पनि पहाडी शासक समुदायलाई प्यारो भयो। Continue reading “मधेस थरुहट अर्को क्राइमिया बन्न सक्छ”







