Author: admin
बाघको आक्रमणबाट जानकी चौधरीको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी आज दिउँसो एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं १७ बद्रेनीकी २५ वर्षीया जानकी चौधरी रहेकी छन्। हात्ती प्रजनन् केन्द्र खोरसोरभन्दा करिब डेढ सय मिटरभित्र जङ्गलमा घाँस काट्न गएका बेला उनलाई बाघले आक्रमण गरेको हो। Continue reading “बाघको आक्रमणबाट जानकी चौधरीको मृत्यु”
तराईमा दनभरि तनाव : प्रहरीको गोलीबाट एकको मृत्यु, चौकी र एमाले पार्टी कार्यालयमा आगजनी
आन्दोलनकारीले वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। जिल्ला प्रशासन कार्यालयले अपराह्न ४ बजेदेखि वीरगन्ज उपमहानगरपालिका निषेधाज्ञा घोषणा गरेपछि आक्रोशित भएका आन्दोलनकारीको समूहले प्रहरी चौकीमा कार्यरत रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरी लखेटेपछि चौकीमा राखिएको फर्निचर, कागजपत्रलगायत सामानमा आगजनी गरेका हुन्। Continue reading “तराईमा दनभरि तनाव : प्रहरीको गोलीबाट एकको मृत्यु, चौकी र एमाले पार्टी कार्यालयमा आगजनी”
थारु सभासद्ले प्रधानमन्त्रीलाई भने- पहिले सात बुँदे मागको सुनुवाई गर्नुस्

प्रधानमन्त्री सुशील कोइरालाले सडक आन्दोलन छाडेर संविधान निर्माण प्रक्रियामा सहभागी हुन थारू कल्याणकारी सभा र थरुहट/थारूवान् संयुक्त सङ्घर्ष समितिलाई आग्रह गरेका छन्। Continue reading “थारु सभासद्ले प्रधानमन्त्रीलाई भने- पहिले सात बुँदे मागको सुनुवाई गर्नुस्”
पत्रकार लक्की चौधरी भन्छन्- मध्यस्थकर्ता खोज्दै त्रसित टीकापुर
डेढ वर्षे बालक र नेपाल प्रहरीका एसएसपीसहित नौ जनाको हत्या हुने गरी टीकापुर घटना भएको सोमबार आठ दिन पुगेको छ । गत सोमबारको घटनापछि टीकापुर अहिलेसम्म मौन छ, तर भित्रभित्रै निस्सासिएको छ । मूर्दाशान्ति मात्र छ टीकारपुरमा । टीकापुर भ्रमणमा गएको नेपाल पत्रकार महासंघको टोलीका सदस्य लक्की चौधरी भन्छन्- ‘टीकापुरको सडकमा हिडिरहँदा मुर्दाघरको आँगनमा हिँडेको अनुभूति भयो । सुनसान सडक, छेउछाउका घरको झ्याल र ढोकाबाट मानिसहरु चियाएर हेर्ने गर्छन् ।’ Continue reading “पत्रकार लक्की चौधरी भन्छन्- मध्यस्थकर्ता खोज्दै त्रसित टीकापुर”
टीकापुरका थारुलाई धमाधम पक्राउ गर्न थालेपछि महिलाद्वारा वेशक्याम्प घेराउ
भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए त्यस पछि मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई उनिहरुको घरमा गएर गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्न सक्ने सम्भावना देखिएको हो । Continue reading “टीकापुरका थारुलाई धमाधम पक्राउ गर्न थालेपछि महिलाद्वारा वेशक्याम्प घेराउ”
देव गुरुङ भन्छन्- सरकारकै गोली लागेर बालकको मृत्यु भएको हो
सरकारले अखण्ड सदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण गरेर थारुहरुलाई दमन गरेको नेकपा-माओवादीका सचिव देव गुरुङले आरोप लगाएका छन् । सरकारले विवेक पुर्याउन नसक्दा टीकापुरमा अप्रिय घटना भएको भन्दै उनले आन्दोलनमा यस्तो हुनु स्वाभाविक भएको बताए । Continue reading “देव गुरुङ भन्छन्- सरकारकै गोली लागेर बालकको मृत्यु भएको हो”
थारु विद्यार्थीलाई छात्रवृत्तिको अवसर
गरिब तथा जेहेन्दार थारु विद्यार्थीहरुका लागि खुसीको खबर। अमेरिका बस्ने थारुहरुले थारु समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको अवसरमा प्रदान गरेका हुन्। थारुज एन्ड फ्रेन्ड एसोसियसनले २०१५-०१६ का लागि आवेदन आह्वान गरेको छ। थारु समुदायका जुनसुकै ब्यक्तिले प्लस टु, ब्याचलर र मास्टर्सका लागि छात्रवृत्तिमा आवेदन दिन सक्ने संस्थाका हेम चौधरीले जानकारी दिए। Continue reading “थारु विद्यार्थीलाई छात्रवृत्तिको अवसर”
शान्ता चौधरीको प्रश्न- दुई वर्षे बालक मार्ने यो कस्तो आन्दोलन ?
पूर्वसभासद शान्ता चौधरीले थारु समुदायलाई अगाडि सारेर हत्या हिंसा गर्नेहरु अपराधी भएको बताएकी छन् । उनले आन्दोलनका नाममा साम्प्रदायिकता र हिंसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नु पर्ने समेत बताएकी छन् । एमाले पूर्व सभासद चौधरीले टीकापुर घटनाको दोष सिंगो थारु समुदायलाई दिन खोसिजएको भन्दै त्यो कुनै हालतमा स्वीकार नगरिने बताएकी छन् । Continue reading “शान्ता चौधरीको प्रश्न- दुई वर्षे बालक मार्ने यो कस्तो आन्दोलन ?”
हामी कसरी बिखण्डनकारी, कसरी आतंककारी?
महेश चौधरी।
विविधतामा भावनात्मक एकता नेपालीहरुको राष्ट्रिय एकताको पहिचान हो। जातिय, भाषिक, धार्मिक र सांस्कृतिक सहष्णुता हाम्रो युगौंदेखिको शान हो। हिमाल, पहाड, तराई राष्ट्रिय सुन्दरता र समृद्धि हो। तर, संघियताले हाम्रो भावनात्मक एकता, सहिष्णुता र संमृद्धिलाई खलबल्यायो। कैलाली टीकापुरमा घटेको हिंसात्मक घटनायसको ज्वलन्त उदाहरण हो। Continue reading “हामी कसरी बिखण्डनकारी, कसरी आतंककारी?”





