कैलालीका विभिन्न थारु गाउँमा आइतबार मध्यरात प्रहरीले छापा मारेको छ। टीकापुर आसपासका गाउँमा छापा मारी बर्घरसहितका थारुहरुलाई पक्राउ गरेको थारु अगुवा लक्ष्मण थारुले जानकारी दिए। Continue reading “मध्यरातमा थारु गाउँमा प्रहरी छापा, बर्घरसहित दर्जनौ पक्राउ”
Author: admin
नेतालाई घुँडा टेकाउने सभासद्को चेतावनी
एनेकपा माओवादीका सभासद् मानपुर चौधरीले सम्पूर्ण शोषित उत्पीडित समुदायहरु एकतावद्ध सशक्त आन्दोलन गरेर राज्यपक्षलाई घुँडा टेकाउने चेतावनी दिएका छन् । थारु महिला कल्याणकारिणी सभा सप्तरीद्वारा राजविराज स्थित शहीद दशन चौकमा आइतवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । तराई–मधेशका थारु तथा मधेशीहरुलाई शासक वर्गले अझैं दास बनाउन खोजेको प्रष्ट्याउँदै उनले भने– थारु, मधेशी, मुस्लिम, दलित लगायतका समुदायहरु एकजुट भई सशक्त आन्दोलन गरेर शासकवर्गलाई घुँडा टेकाउनेछौं । Continue reading “नेतालाई घुँडा टेकाउने सभासद्को चेतावनी”
सर्वसाधारणको प्रश्न- कर्फ्यु कहिलेसम्म?
केन्द्रमा प्रादेशिक सीमांकनबारे छलफल थालनीसँगै कैलालीमा सुरु भएको बन्द हडताल टुंगिएको छैन। त्यसमाथि एक सातादेखि कर्फ्युको सास्ती थपिएको छ। सर्वसाधारण जोकोही प्रश्न गर्छन्, ‘कहिलेसम्म कर्फ्यु?’ यहाँका नेताहरू अखण्ड र थरुहट/थारुवानको आन्दोलन चलिरहे पनि कर्फ्यु आवश्यक नभएको जिकिर गरिहेका छन्। प्रशासन स्थिति सामान्यीकरण भएपछि कर्फ्यु हट्ने प्रस्टीकरण दिइरहेको छ। आम नागरिक भने राजनीतिक मामिलाभन्दा टाढा छन्। उनीहरू प्रशासनिक बन्देज चाहँदैनन्। Continue reading “सर्वसाधारणको प्रश्न- कर्फ्यु कहिलेसम्म?”
थारु कल्याणकारिणी सभालाई प्रधानमन्त्रीको अर्को पत्र
प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दल र थारु कल्याणकारिणी सभालाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै जवाफी पत्र लेखेका छन्। प्रमुख चार दलको बैठकपछि आइतबार कोइरालाले दोस्रो पत्र पठाएका हुन्। Continue reading “थारु कल्याणकारिणी सभालाई प्रधानमन्त्रीको अर्को पत्र”
‘बेवास्ता गरे सिंहदरबार कब्जा गर्ने चेतावनी’
जितनारायण थनैत/नवलपरासी
पहिचान पक्षधरका नेताहरुले चितवनदेखि कञ्चनपुर सम्मको जिल्लालार्ई थरुहट बनाउने उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) नवलपरासी तथा थरुहट थारुवान आन्दोलन संयुक्त संघर्ष समितिको आयोजनामा भदौ १२ गते डण्डामा भएको बृहत बिरोध सभामा नेताहरुले सो कुरा उठाएका हुन्। Continue reading “‘बेवास्ता गरे सिंहदरबार कब्जा गर्ने चेतावनी’”
विराटनगरमा सुतलीबम विष्फोट, तीनजना घाइते
विराटनगरको महेन्द्रचौकस्थित एसलाल पेट्रोलपम्पमा आज साँझ अज्ञात व्यक्तिले सुतलीबम विष्फोट गराउँदा तीन जना घाइते भएका छन्। घाइतेहुनेमा विराटनगर–१३ को पीपलचौक बस्ने ३६ वर्षीय अजय पाण्डे, विराटनगर–१३ को शान्तिचौक बस्ने २४ वर्षीय निरज साह र विराटनगर–१५ बस्ने ३० वर्षीय तापेस दासरहेको जिल्ला प्रहरी कार्यालय विराटनगरले जनाएको छ। Continue reading “विराटनगरमा सुतलीबम विष्फोट, तीनजना घाइते”
देउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैन
देउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैननेपाली कांग्रेसका सभासद् शेरबहादुर देउवाले थारुलगायतका अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भनेर आफूले कहिल्यै कहीँ कतै पनि नभनेको बताएका छन्। संविधानसभामा आफ्नो धारणा राख्दै उनले अल्पसङ्ख्यक समुदायलाई अधिकार सम्पन्न बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए। Continue reading “देउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैन”
थरुहट आन्दोलनमा सरकार मौन किन?
मिनराज चौधरी। आत्मसम्मान, पहिचान, न्याय र अधिकारका लागि थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा भइरहेको शान्तिपूर्ण एवम् अहिंसात्मक संघर्षको कार्यक्रम तेस्रो सातामा प्रवेश गरिसकेको छ। अनिश्चितकालिन आमहडतालले थरुहट तराईको जनजीवन निकै कष्टकर बनाउदै गएको छ। Continue reading “थरुहट आन्दोलनमा सरकार मौन किन?”
भौतिक कारबाही गर्ने लेखीको अभिव्यक्तिप्रति थारु आन्दोलनकारी नेताकै आपत्ति
शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने राजकुमार लेखीको अभिव्यक्तिप्रति आन्दोलनकारी नेताहरुले आपत्ति जनाएका छन् । पूर्वी थारुवान कोचिला संघर्ष समितिले लेखीको धारणा व्यक्तिगत भएको बताएको छ ।
समितिका कोचिला संयोजक एवं पूर्व सभासद सन्तोष थारुले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘सुनसरीको खनारमा भएको जनसभामा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले ‘शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्छु’ भनी दिएको अभिव्यक्ति नितान्त व्यक्तिगत हो र यो खेदपूर्ण छ ।’
लेखीको अभिव्यक्तिसँग थरुहट/थारुवान संघर्ष समितिको कुनै सम्बन्ध नभएको समेत थारुले बताएका छन् ।
आन्दोलन छाडेर वार्तालाई प्रथामिकतामा दिऔँ : उमाकान्त चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सङ्घीय प्रदेश सीमाङ्कनका विषयमा देखिएको विावाद वार्ता र छलफलका माध्यमबाट टुङ्गो लगाउन सकिने बताउँदै आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।
नेता चौधरीले विज्ञप्ति जारी गरी नेपाली नेपालीबीचको सदियौँदेखि भाइचाराको सम्बन्ध कायम राख्दै सम्पूर्ण समस्याको समाधानको विकल्प वार्ता र संवाद नै भएको बताए।
उनले सदियौँदेखि पहाडी समुदायसँग भाइचाराको सम्बन्ध राख्दै बसोबास गर्दै आएका थारू र मधेसी समुदायका नागरिकबीच अहिले पछिल्ला दिनमा भएका गतिविधिले साम्प्रदायिक विद्वेष फैलाउने र सामाजिक सद्भाव बिथोल्ने किसिमका घटनाले संविधान निर्माणमा नै बाधाव्यवधान उत्पन्न हुने खतरा औंल्याए।
विज्ञप्तिमा भनिएको छ- ‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेका बेला आफ्ना माग सुनुवाइ नहुँदा आन्दोलन हुनु स्वाभाविक भएको तथ्यलाई पार्टी नेतृत्वले सहजतापूर्वक लिँदै खासगरी थारू, मधेसी, महिला, दलित मुसलमान समुदायसँग विगतमा भएका सहमति र सम्झौता तथा जायज मागलाई राजनीतिक रुपमा सम्बोधन गरियोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’





