आन्दोलनकारीसँग सशर्त वार्ता नगर्ने चार दलको निर्णय

1four party meeting

प्रमुख चार राजनीतिक दलले कुनै पनि वहानामा संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेका छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकले वार्ताका नाममा संविधान निर्माण प्रक्रिया नरोक्ने निर्णय गरेको हो। Continue reading “आन्दोलनकारीसँग सशर्त वार्ता नगर्ने चार दलको निर्णय”

टीकापुरका स्थानीय भन्छन्- कर्फ्यु लगाएर सद्‍भाव हुँदैन’

30082015085553Ram-bdr-chaudharyरामबहादुर चौधरी
सद्भाव कायम गराउन सबभन्दा पहिले थरुहट आन्दोलन जातीय आन्दोलन होइन भन्ने कुरा बुझ्नुपर्छ। यो अधिकारको आन्दोलन हो। अहिलेसम्म धेरैले थरुहट आन्दोलनलाई जातीय आन्दोलनका रूपमा बुझ्दै आएकाले समस्या आएको हो। Continue reading “टीकापुरका स्थानीय भन्छन्- कर्फ्यु लगाएर सद्‍भाव हुँदैन’”

चितवनमा थारु आन्दोलनकारी र स्थानीयबीच झडप

11940019_10206390487254353_1546893132_oचितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध स्थानीयले प्रतिकार गरेपछि झडप भएको छ । झडपमा प्रहरी निरीक्षण सत्यनारायण थापा घाइते भएका छन् । Continue reading “चितवनमा थारु आन्दोलनकारी र स्थानीयबीच झडप”

वार्ता बस्नुअघि संयुक्त सङ्घर्ष समितिको सातबुँदे माग

Tharu Lawmaker

सरकारसँग वार्ताको वातावरण बनाउन थरुहट /थारूवान् संयुक्त सङ्घर्ष समितिले सातबुँदे अवधारणा ल्याएको छ । सङ्घीय प्रदेश सीमाङ्कनको विषयमा असन्तुष्ट विभिन्न राजनीतिक दल तथा सङ्गठनलाई सरकारले तीन दिनअघि पत्रमार्फत वार्ताका लागि आह्वान गरेपछि आज समितिले वार्ताका लागि विभिन्न सर्त अघि सारेको हो । Continue reading “वार्ता बस्नुअघि संयुक्त सङ्घर्ष समितिको सातबुँदे माग”

संविधान जारी हुने बेला उपलब्धी नगुमाऔं : थारु सभासद्

bisram-prasad-tharuसभासद विश्राम प्रसाद चौधरी (थारु)ले हाल भइरहेको थारु आन्दोलन वार्ताकै माध्यमबाट टुंग्याइनु पर्नेमा जोड दिएका छन् । उनले दाङ देखी कञ्चनपुर सम्म रहेका साढे नौ लाख थारुहरुको मागलाई वार्ताको माध्यमबाट टुंग्याइनुपर्नेमा जोड दिएका हुन्। Continue reading “संविधान जारी हुने बेला उपलब्धी नगुमाऔं : थारु सभासद्”

यी हुन् लेखीको टार्गेटमा परेका ७ नेता र मानवअधिकारकर्मी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थरुहट/थारुवान आन्दोलनका अगुवा तथा आदिवासी जनजाती केन्द्रीय महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले गत सोमबार कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र डेढ बर्षीय बालकको ज्यान जाने गरी भएको विभत्स घटनाको जिम्मेवार नेपाली कांग्रेस, नेकपा–एमाले, र एमाओवादीले जिम्मा लिनुपर्ने बताएका छन्। Continue reading “यी हुन् लेखीको टार्गेटमा परेका ७ नेता र मानवअधिकारकर्मी”

बहस चलाउँदै चितवनका थारु

Tharu samudaya ko bahas

चितवनका थारु समुदायले संविधान मस्यौदामा आफ्ना असहमति राख्न बहस चलाएका छन्। थारु कल्याणकारीणी सभाले थारुहरुको अधिकार, आन्दोलन र संघीयतामा चितवनको स्थानबारे बिहीबार भरतपुरमा जिल्लाका राजनीतिक दलसँग छलफल गर्‍यो।

‘हामीले बहस र छलफललाई प्राथमिकतामा राखेका छौं,’ सभाका चितवन सभापति विश्राम महतोले भने। चितवनका मैदानी क्षेत्रमा थारुहरुको घना बसोबास छ। चितवन र नवलपरासीको दाउन्नेपूर्वको खण्ड नवलपुर क्षेत्रमा पनि थारु समुदायको बाक्लो बसोबास छ। नवलपरासीलाई दुई खण्ड बनाएर दाउन्ने पूर्व र पश्चिमलाई अलग–अलग प्रदेशमा राखिएको छ। चितवनलाई चाहिँ अर्कै (तीन नम्बर) प्रदेशमा राखिएको छ। चितवन र नवलपुर खण्डलाई अलग–अलग प्रदेशमा राखेकोमा आफूहरुको असहमति रहेको थारु बुद्धिजीवी ललित चौधरीले बताए।

संविधानमा अल्पसंख्याक तथा सीमान्तकृत समुदायको परिभाषा समेट्न उनले माग गरे। त्यस्तै अल्पसंख्यकलाई प्रदेशको कार्यकारी प्रमुख पदमा दुई कार्यकाल अग्राधिकार दिनुपर्ने उनको जोड थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले संविधानका विषयमा भएका असहमतिबारे शान्तिपूर्ण तरिकाले बहस चलाउनु राम्रो भएको बताए। ‘अशान्ति मच्चाएर संविधान बन्न नदिने खेल चलेको छ। यस्तो बेला आफ्ना असहमतिलाई शान्तिपूर्ण तरिकाले बहसमा ल्याउनु पर्छ,’ उनले भने।

पूर्व–पश्चिम तराईलाई एउटै थरुहट प्रदेश बनाउने कुरा सम्भव नहुने र त्यसो भएमा थारु समुदायकै लागि घातक हुने धारणा नेकपा (एमाले) चितवनका अध्यक्ष जगन्नाथ थपलियाले राखे। चितवनको सन्दर्भमा थारुहरुलाई विशेष स्वायत्तता दिन नेकपा (एमाले) ले साथ दिने उनको प्रतिबद्धता थियो।

‘पहिला संविधान घोषणा हुन दिनुपर्छ, त्यसपछि विषेश प्राविधिक आयोग बनाएर स्वायत्तताका लागि एमालेले हर कोसिस गर्नेछ,’ उनले भने।

एकीकृत नेकपा (माओवादी) चितवनका इन्चार्ज इश्वरी भट्टराईले थारु बहुल क्षेत्रलाई स्वायत्तता दिन तयार रहेको बताए। ‘दाङदेखि कञ्चनपुरसम्म थारु प्रदेश र अन्यत्र थारुलाई स्वायत्तता दिन हामी तयार छौं,’ उनले भने।

कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरीले मस्यौदामा केही सकारात्मक कुरा भए पनि धेरै अधिकार कुण्ठित भएकाले आफूहरु जाग्नुपर्ने अवस्था आएको बताए। ‘हामी संयमित छौं, राज्य पनि जिम्मेवार भएर आउनुपर्‍यो,’ उनले भने।

रमेशकुमार पौडेल/नागरिक दैनिकबाट

पूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन्

Shanta-Chaudharyक्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको  रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि सरकारबाट पाँच लाख रुपैयाँ लिएकी थिइन् । Continue reading “पूर्वसभासद चौधरीले उपचारपछि बचेको रकम सरकारलाई फिर्ता गरिन्”

टीकापुर घटना नियोजित कि सुनियोजित? (अडियोसहित)

Tikapur

टीकापुरमा सोमवार दिउँसो हिंसात्मक झडप हुँदा प्रहरीका वरिष्ठ अधिकृतसहित सात सुरक्षाकर्मी र एक जना अबोध बालकको ज्यान गयो।  घटनामा २० प्रहरी र २१ सशस्त्र बल घाइते भएका छन्। केही प्रहरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। थप उपचारका लागि केही प्रहरीलाई काठमाडौँ ल्याइएको छ। वरिष्ठ अधिकृतसहित यतिको संख्यामा प्रहरीको ज्यान गएपछि सिंगो देश तरंगित भएको छ। Continue reading “टीकापुर घटना नियोजित कि सुनियोजित? (अडियोसहित)”