प्रधानमन्त्रीज्यू, थारु नेपालका जनता होइनन्?

Mahabir Chaudhary

महावीर चौधरी

प्रधानमन्त्रीज्यू, थारुहरु को हुन्? के थारुहरु नेपालका जनता होइनन्? यदि थारुहरु नेपालका जनता हुन् भने थारुलाई राज्यबाटै दमन् शोषन, अन्याय र अत्यचार किन? के सम्पूर्ण नेपाली जनताको सुरक्षाको जिम्मेवारी नेपाल सरकारको होइन? Continue reading “प्रधानमन्त्रीज्यू, थारु नेपालका जनता होइनन्?”

कर्फ्यू लगाएर, सेना परिचालन गरेर वार्ता हुँदैन : लेखी

Tha Ka Sa_Rajkumar Lekhi

सेना परिचालन र कर्फ्यू लगाएर गरिएको वार्ता आह्वानको औचित्य नरहेको थारु कल्याणकारणी सभाका पूर्व महासचिव राजकुमार लेखीले बताएका छन्। वार्ताको माहोल बनाउन पहिला सेना र कर्फ्यू हटाउनुपर्ने लेखीको सर्त छ। Continue reading “कर्फ्यू लगाएर, सेना परिचालन गरेर वार्ता हुँदैन : लेखी”

आन्दोलनका लागि विजय गच्छदारको छुट्टै मोर्चा

Bijay Gachhadarसीमांकनप्रति असन्तुष्ट बन्दै उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव सम्मलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनरत रहिरहेको बेला मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पनि मोर्चा गठन गर्ने भएका छन् । Continue reading “आन्दोलनका लागि विजय गच्छदारको छुट्टै मोर्चा”

सीके राउतदेखि उपेन्द्र, राजेन्द्र पसेपछि हामी आन्दोलनमा गएनौं : वैजनाथ चौधरी

baijnath-chaudhary

एमाले नेता तथा सभासद् बैजनाथ चौधरीले थारु आन्दोलनमा मोहन वैद्यदेखि सीके राउतसम्मको संलग्नता रहेकाले आफूहरु सहभागी नभएको बताएका छन्। थारु आन्दोलनमा एमालेका सभासद्हरु सहभागी छैनन्। चौधरीका अनुसार, यो आन्दोलनमा सिके राउत, वैद्य र विप्लब र राजेन्द्र महतो सबैको गठबन्धन भएकाले एमालेका थारु बाहिर बसेका हुन्। त्यसो भए थारुको माग सम्बोधन गर्ने माध्यमार्गी बाटो के हो त? चौधरी भन्छन्- ‘दाङदेखि कन्चनपूरसम्मको भूभागलाई एकै प्रदेशमा राखेर समाधान खोज्न सकिन्छ।’ Continue reading “सीके राउतदेखि उपेन्द्र, राजेन्द्र पसेपछि हामी आन्दोलनमा गएनौं : वैजनाथ चौधरी”

लक्ष्मण थारुले भने- टीकापुरमा छु, सक्छौं भने हामीलाई मार

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हतियार उठाउने चेतावनी दिएका छन्। उनले सोझासाझा सर्वसाधारण र थारुको घरमा आगजनी गरेकोमा आपत्ति जनाउँदै सक्छ भने आफूलाई मार्न चेतावनी दिए। ‘टीकापुरमा छु। सक्छौं भने हामीलाई मार। किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्। Continue reading “लक्ष्मण थारुले भने- टीकापुरमा छु, सक्छौं भने हामीलाई मार”

टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार

कैलालीको दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस-१, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका छन्। Continue reading “टीकापुरमा कर्फ्यू अवज्ञा गर्नेमाथि गोली प्रहार”

गृहमन्त्रीका कारण देशमा अशान्ति : सुरेन्द्र चौधरी (भिडियो)

Surendra-Chaudhary

नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरीले गृहमन्त्री बामदेव गौतमका कारण देशमा अशान्ति मच्चिएको बताएका छन्। उनले गृहमन्त्रीकै सुरक्षा प्रमुखसँग सम्बन्ध बिग्रेको बेला देशमा कस्तो सुरक्षा हुन्छ भनी प्रश्न गरेका थिए। उनले दुई सुरक्षा बलको पनि सम्बन्ध चिसिएकाले टीकापुर घटना घटेको बताए। उनले राज्यले श्वेत आंतक मच्चाएको आरोपसमेत लगाए। Continue reading “गृहमन्त्रीका कारण देशमा अशान्ति : सुरेन्द्र चौधरी (भिडियो)”

छबिलाल कोपिला अभिनित ‘द सेम’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट

Chhabilal Kopila

बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपालबाट दुई फिल्म छनोट भएका छन्। मीनबहादुर भामद्वारा निर्देशित ‘कालो पोथी’ र सुशान्त प्रजापतिको ‘द सेम’ बुसान अन्तराष्ट्रिय फिल्म महोत्सवमा छनोट भएका हुन्। द सेममा थारु अभिनेता छबिलाल कोपिलाले पनि अभिनय गरेका छन्। Continue reading “छबिलाल कोपिला अभिनित ‘द सेम’ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छनोट”

टीकापुरका थारु भन्छन्- ‘समुदायलाई नै अपराधीजस्तो देख्नु भएन’

Tikapurटीकापुरका सर्वसाधारणले टीकापुर घटनाप्रति दु:ख व्यक्त गर्दै सिंगो समुदायलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । सोमबारको घटनापछि थारु समुदायप्रति सरकार पक्षबाट हेर्ने दृष्टिकोणमा फरक आएकोले असुरक्षा महसुस भइरहेको उनीहरुको गुनासो छ । Continue reading “टीकापुरका थारु भन्छन्- ‘समुदायलाई नै अपराधीजस्तो देख्नु भएन’”

थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु

Tharuhat Federal State 02

दुई हप्तादेखि आमहडताल गर्दै आएको थारुहरुको जातिय संगठनले सडकमा उत्रिन खतरा भएपछि सरकारी निकायमा थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु गरेको छ । थारुहरुको बाहुल क्षेत्रमा लगातार बन्द गर्दै आएको थारुहरुको जातिय संगठनहरुले स्थानीय निकायमा थरुहट राज्य लेख्न थालेका हुन् । Continue reading “थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु”