टीकापुर घटनाबारे शान्ताले बीबीसीसँग भनिन्- थारुले नैतिक जिम्मेवारी लिनुपर्छ

shanta

पूर्वकमलरी तथा पूर्व सभासद् शान्ता चौधरीले आन्दोलनको नैतिक जिम्मेवारी थारुहरुले लिनुपर्ने बताएकी छन्। थारुहरु बौद्धका सन्तान भएको र त्यस्तो हर्कत थारुले गर्न नसक्ने भन्दै उनले भनिन्- ‘हामी पहिल्यै यस्तो घटनाबाट सजग हुनुपर्थ्यो। त्यो हुन सकेन। घटना घटिसकेपछि नैतिक जिम्मेवारी लिनुपर्छ।’

अडियो सुन्नुस्:

सरकासँग वार्ता बस्नुअघि थारू नेताले अघि सारे चार पूर्वसर्त

Tharu Lawmaker 01

थारू नेताहरूले मुख्य तीन दलसँग वार्ता निम्ति पूर्वसर्त राखेका छन् । बुधबार बिहान थारू र मधेसीसँग वार्ता गर्ने कांग्रेस, एमाले र एमाओवादीको निर्णयपछि सिंहदरबारमा बसेको संयुक्त थारू संघर्ष समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । Continue reading “सरकासँग वार्ता बस्नुअघि थारू नेताले अघि सारे चार पूर्वसर्त”

सेना परिचालनविरुद्ध सर्वोच्चमा रिट

Sena-1

संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ। Continue reading “सेना परिचालनविरुद्ध सर्वोच्चमा रिट”

थाकस र आम मूल निवासी मुक्तिमोर्चाबीच कार्यगत एकता

Thakasaथारु कल्याणकारिणीसभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच आज कार्यगत एकता भएको छ। सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो। Continue reading “थाकस र आम मूल निवासी मुक्तिमोर्चाबीच कार्यगत एकता”

निषेधित क्षेत्र तोड्न खोज्दा नवलपरासीमा गोली चल्यो, दुई घाइते

फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासीमा निषेधित क्षेत्र तोडेर सदरमुकाम परासी बजार छिर्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। ५० बर्षीय विहडी धोबी र ४० बर्षीया महिला मुन्नी कलवार गोली लागेर घाइते छन्।अान्दोलनकारीले निषेधित क्षेत्र तोडेर सदरमुकाम अाउन खोजेपछि रोकिएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले नागरिकन्युजलाई जानकारी दिए। Continue reading “निषेधित क्षेत्र तोड्न खोज्दा नवलपरासीमा गोली चल्यो, दुई घाइते”

थारु कसैका सत्रु होइनन् : शान्ता चौधरी

shanta chaudhari uml

शान्ता चौधरी

टिकापुरमा जे भयो गाउँका अबोध थारुहरुलाई अगाडि सारेर भयो। थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयो। थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिँसा गर्ने र प्रतिकार भन्दै थारुको घर जलाउने दुवै काम सभ्य मानिसले गर्न सक्दैन। यो अपराध हो। यो सबैको छानविन होस्। Continue reading “थारु कसैका सत्रु होइनन् : शान्ता चौधरी”

गृहमन्त्रीको बामदेव गौतमको दाहसंस्कार !

bamdevko putla dahanसुनसरीको दुहबीमा थारु आन्दोलकारीले गृहमन्त्री बामदेव गौतमको पुतला बनाई दाहसंसकार गरेका छन्। थारु आन्दोलनकारीमाथिको बर्बर दमनविरुद्ध गौतमको पुतला दाहसंस्कार गरेका हुन्।  Continue reading “गृहमन्त्रीको बामदेव गौतमको दाहसंस्कार !”

थारु अगुवा भन्छन्- ‘धैर्यको बाँध टुटिसकेको छैन, अविलम्ब वार्ता गरिनुपर्छ’

वर्षौंदेखि मिलेर बसेका समाजमा जातीय र सामाजिक सद्‍भाव बिग्रन नदिन संयम र धैर्यधारण हुनुपर्नेमा सबै पक्षले जोड दिएका छन्। सोमबारको घटनापछि स्थिति बिग्रँदै गएर जातीय द्वन्द्व बढ्दै जाने खतरा औंल्याउँदै यस्तो चिन्ता व्यक्त गरिएको हो। जातीय द्वन्द्व बढेकाले नै सम्भावित घटना हुन नदिन सुरक्षा समितिले धनगढीमा पनि कर्फ्यु लगाएको थियो। Continue reading “थारु अगुवा भन्छन्- ‘धैर्यको बाँध टुटिसकेको छैन, अविलम्ब वार्ता गरिनुपर्छ’”

टीकापुर घटनामा फोरम लोकतान्त्रिकका नेतासहित दस जना पक्राउ

tikapur suspect 01

कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् । प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो । Continue reading “टीकापुर घटनामा फोरम लोकतान्त्रिकका नेतासहित दस जना पक्राउ”

टिकापुरमा नेपाली सेनाद्वारा थारुहरुको घरमा छापा

tikapur suspect 02

कैलालीको घटनापछि परिचालन भएको नेपाली सेनाले टिकाप’रमा गस्ती गरिरहेको छ । पहिचानसहितको स्वायत्त थरुहट प्रदेशको माग राखी गरिएको आन्दोलन हिंसामा परिणत भएपछि नेपाली सेना परिचालन भएको थियो । सोमवारको घटनापछि दङ्गाग्रस्त क्षेत्र घोषाणा गरी परिचालन भएको नेपाली सेनाले थारुहरुको बाक्लो बस्ती भएका क्षेत्रहरुमा छापा मारिरहेको बताइएको छ । Continue reading “टिकापुरमा नेपाली सेनाद्वारा थारुहरुको घरमा छापा”