विचरा ! ऊ सोझालाई किन दोष लाउँछौं?

Journo Kamala Chaudharyकमला चौधरी

के खाइदिएको थियो र उसलाई दोष लाउँदै छौं? न तिम्रो घरमा खाना गयो, न तिम्रो घाटा हुने काम गरिदियो, न तिम्रो जमिनमा सुत्न गयो, न तिम्रो जमिनलाई हडप्यो। बस् बस्यो त आफ्नो सानो झुपडीमा। आफ्नो खेतमा, जमिनमा। Continue reading “विचरा ! ऊ सोझालाई किन दोष लाउँछौं?”

थारु र मधेसी मोर्चालाई संविधानसभा नछाड्न प्रचण्डको अपील

pushpa_kamal_dahalएकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत थारु र मधेसी मोर्चालाई संविधानसभाबाट अलग नहुन अपील गरेका छन् । संविधानसभामा संविधानको विधेयकमाथि बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै प्रचण्डले जायज माग सम्बोधन गर्ने ठाउँ बाँकी रहेको बताए । उनले यो प्रक्रियामा थारु समुदायले अपमानित महसुस गरेको र मधेसमा पनि आवाज उठेको बताए । Continue reading “थारु र मधेसी मोर्चालाई संविधानसभा नछाड्न प्रचण्डको अपील”

थारुलाई सम्बोधन नगरे संविधानसभा छाड्ने गच्छदारको चेतावनी

विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले थारु, मधेसी र जनजाति समुदायलाई सम्बोधन नगरे संविधानसभा छाड्ने चेतावनी दिएका छन् । संविधानको विधेयकमाथि संविधानसभामा बुधबारदेखि सुरु भएको छलफलमा भाग लिँदै गच्छदारले सात प्रदेशले समाधान नदिने बताए । यो निश्चित सिद्धान्त र मान्यताबाट नआएको भन्दै उनले भने-‘तीन दलका नेताले दुरदर्शी सोच बनाउन सक्नु भएन ।’ Continue reading “थारुलाई सम्बोधन नगरे संविधानसभा छाड्ने गच्छदारको चेतावनी”

दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट : साभसद् चौधरी

IMG_9201

फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीले दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट भएको बताएका छन्। रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनीसँग यसरेबारे प्रश्न सोध्दा उनले प्रहरीको गोलीबँट मृत्यु भएको खबर स्थानीयले दिएको बताए। उनी टीकापुर क्षेत्रबाट निर्वाचित सभासद् पनि हुन्। सोमबारको हिंसात्मक झडपमा एसएसपीसहित सात प्रहरी र एक बालकको ज्यान गएको थियो। Continue reading “दुई वर्षीय बालकको ज्यान प्रहरीको गोलीबाट : साभसद् चौधरी”

पक्राउ परेकाहरुलाई चरम यातना

tikapur suspect 03

टीकापुरमा भएको हिंसात्मक घटना घटाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाइएको छ। मंगलबार धनगढीमा सुदूर पश्चिम क्षत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जनालाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भैरहेको जनाएका हुन्। तर उनले नाम भने खुलाउन चाहेनन्। Continue reading “पक्राउ परेकाहरुलाई चरम यातना”

थारु सभासदले प्रधानमन्त्रीलाई सोधे ‘कर्फ्यु थारुहरुलाई मात्रै हो कि अरुलाई पनि हो?’

Tharu Lawmaker

बिभिन्न दलका थारु सभासदले कैलालीको टीकापुरमा थारु सभासद र नेताहरुको घरमा छानीछानी आगजनी भएको भन्दै प्रधानमन्त्री र शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन्। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले टीकापुरमा कर्फ्युको समयमा थारु समुदायको घरमा आगलागी हुँदा पनि प्रशासनले रोक्न पहल नगरेको आरोप लगाए। Continue reading “थारु सभासदले प्रधानमन्त्रीलाई सोधे ‘कर्फ्यु थारुहरुलाई मात्रै हो कि अरुलाई पनि हो?’”

राज्यले नै आतंक मच्चाउन खोज्दैछ : थारु सभासद्

Rukmini Chaudhary

थरुहट\थारुवान संयूक्त संघर्ष समितिले आफूहरु वार्ताविरोधी नभएको स्पष्ट पार्दै सरकारले लिखित रुपमा आग्रह गरे आफूहरुले त्यस विषयलाई गम्भीरतापूर्वक सोच्ने बताएको छ। समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक धनिराम चौधरीले बार्ता गर्ने हो भने त्यसका लागि वातावरण निर्माण गर्नुपर्ने भन्दै झुटा मुद्दा खारेजी, क्षतिको पूर्ति, मृतकलाई सहिद घोषण गर्ने प्रतिबद्धता ब्यक्त गरे बार्ता हुनसक्ने बताए। उनले आफूहरु छिटो बार्ता होस र सहिसमयमा संविधान जारी होस भन्ने पक्षमा रहेको स्पष्ट पारे । Continue reading “राज्यले नै आतंक मच्चाउन खोज्दैछ : थारु सभासद्”

थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

Sher

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू थारु विरोधी नभएको बताएका छन् । थारु समुदायको आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनमा एसएसपीसहित सात सुरक्षकर्मी मारिएको भोलिपल्ट देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेका हुन् । Continue reading “थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?”

एकपटक थारु भएर सोचौं

Geeta Chaudhary

गिता दृष्टि
सदियौंदेखि यही भूमिमा जन्मियौं, यही माटोमा हुर्क्यौं। आफ्ना नग्रा यही भूमिलाई उर्वर बनाउनका निम्ति खियायौं। हाम्रा पुर्खाहरुले औँलोको प्रवाह नगरी बाघ भालुको चङ्गुलबाट घना जंगललाई बस्ती बस्न लायक बनाए। त्यही उर्वर भूमिबाट उत्पादन गरी देशको आर्थिक उन्नतीसँगै देश विकासमा टेवा पुर्यांएको कुरा नेपालमा बस्ने सम्पूर्ण जातजातिले प्रशंसा गरेर थाक्दैनन्। यो कुरा सबैलाई थाहा छ।   Continue reading “एकपटक थारु भएर सोचौं”

महोत्तरीका दुई कार्यालयमा तोडफोड, लाखौँको क्षति

11928726_565887420235352_1269530250864041138_nसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित दुईवटा कार्यालयमा तोडफोड गरी लाखौँको क्षति पुर्याएका छन्। बन्दका बेला कार्यालय सञ्चालन गरेको भन्दै मोर्चाका कार्यकर्ताले जलेश्वरमा रहेको जनताको तटबन्ध फिल्ड कार्यालय २ मा गएर कम्प्युटर एक थान, प्रिन्टर तीन थान, फोटोकपी मेसिन एक थान, फ्याक्स एक थान, टेबुल एक थान र कुर्सी एक थान गरी रु तीन लाखभन्दा बढीका सरसामान तोडफोड गरी क्षति पुर्याएको निमित्त कार्यालय प्रमुख इन्जिनियर गणेश ठाकुरले बताए। Continue reading “महोत्तरीका दुई कार्यालयमा तोडफोड, लाखौँको क्षति”