थारु सभासद् प्रधानमन्त्री निवासमा, आन्दोलनको राजनीतिक निकास खोज्न चार दल सहमत

Senior leaders during a meeting between four political parties Nepali Congress, CPM (UML), UCPN (Maoist) and Madhesi Janadhikar Forum (Loktantrik) chair by the Prime Minister Sushil Koirala held at PM’s Official Residence, Baluwatar, Kathmandu on Sunday. Photo: Kumar Sheathe/RSS

टीकापुरमा भइरहेको दमनबारे जानकारी गराउन संविधानसभामा प्रतिनिधित्व जनाउने थारु सभासद्हरु प्रधानमन्त्री निवास बालुवटार पुगेका छन्। प्रदर्शनकारीमाथिको दमन र थारु सभासद्लगायतका घरमा आगजनीको खबर पाएपछि उनीहरु प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराउन बालुवाटार पुगेको फोरम लोकतान्त्रिकका सभासद् रामजनम चौधरीले जानकारी दिए। Continue reading “थारु सभासद् प्रधानमन्त्री निवासमा, आन्दोलनको राजनीतिक निकास खोज्न चार दल सहमत”

कैलाली घटनाका चार अरोपी पक्राउ

Tikapur

सात सुरक्षाकर्मी र एक जना बालकको ज्यान जाने गरी भएको कैलाली घटनाका चार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका डिआइजी रामकुमार खनालले ४ जना पक्राउको पुष्टि गर्दै उनीहरुमाथि छानवीन भइरहेको बताए। Continue reading “कैलाली घटनाका चार अरोपी पक्राउ”

गुलरियामा निषेधाज्ञा जारी

Tharuhat, Bardiya Protest 07

दोस्रो चरणमा मधेशी मोर्चासहित थरुहट संर्घष समितले बन्द आह्वान गरेको १५औं दिनमा प्रशासनले सदरमुकाम गुलरियामा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले उत्तरमा मिलनचोक,कृषि विका स बैंक,सन्तोषी मन्दिर चोक दक्षिणमा भन्सार रोड र कृषि विकास कार्यालय चोक, पुर्वमाः निलो आयल पेट्रोल पम्प र पश्चिममाः बसपार्क देखि मतंगा चौक लाई निषेधाज्ञा जारी गरेको छ । बिहान ११ बजे देखि जारी गरेको निषेधाज्ञा अर्को आदेश जारी नभएसम्म लागि भएको प्रशासनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ। Continue reading “गुलरियामा निषेधाज्ञा जारी”

कर्फ्यूका बीच सभासद् जनकराज चौधरीको घरमा आगजनी

जनकराज चौधरी, सभासद– फोरम (लोकतान्त्रिक)
जनकराज चौधरी, सभासद– फोरम (लोकतान्त्रिक)

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीको घरमा आगजनी गरिएको छ। कर्फ्यूका बीच अखण्ड पक्षधरले टीकापुर ब्लक नम्बर ६ स्थित घरमा आगजनी गरेको सभासद् चौधरीले नागरिकन्युजलाई जानकारी दिए। घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको उनले बताए। Continue reading “कर्फ्यूका बीच सभासद् जनकराज चौधरीको घरमा आगजनी”

सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ । Continue reading “सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी”

कमान्डरलाई बचाएर ज्यान गुमाउने रामबिहारी चौधरी

Photo

सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी एसपी लक्ष्मण सिंहको बडीगार्ड भएको करिब सात महिना भयो। बर्दिया घर भएका चौधरीले आफ्नै समुदायबाट सञ्चालित आन्दोलनका क्रममा ज्यान गुमाउनुपर्ला भन्ने सायदै सोचेका थिए। तर भइदियो त्यस्तै। Continue reading “कमान्डरलाई बचाएर ज्यान गुमाउने रामबिहारी चौधरी”

टीकापुरको घटना सुनुयोजित हो, आन्दोलनमा घुसपैठ भएको छ : संयोजक धनिराम चौधरी

Dhaniram Chaudhary
थरुहट/थारुवान संयुक्त संघर्ष समितिका मूल संयोजक धनिराम चौधरीले टीकापुरको आन्दोलन सुनियोजित र आन्दोलन मत्थर गराउनका निम्ति घटाइएको बताएका छन्। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै थारु कल्याणकारिणी सभाका अध्यक्षसमेत रहेका चौधरीले आन्दोलनमा घुसपैठ भएको बताए। ‘निहत्था जनतामाथि गोली वर्षाइएपछि घटना घटेको हो। आन्दोलनमा घुसपैठ पनि भएको छ। यसको जिम्मेवारी राज्यले लिनुपर्छ,’ उनले भने।

Continue reading “टीकापुरको घटना सुनुयोजित हो, आन्दोलनमा घुसपैठ भएको छ : संयोजक धनिराम चौधरी”

देउवाले भन्यो- थारु-पहाडीबीच फुट ल्याउने सुनियोजित षड्यन्त्र भयो

sher_Bahadur_Deuba-copy_20130120082432

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भर्त्सना गरेका छन्। Continue reading “देउवाले भन्यो- थारु-पहाडीबीच फुट ल्याउने सुनियोजित षड्यन्त्र भयो”

प्रमुख तीन पार्टीले भन्यो- ‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’

tikapur

प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन्। टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको बैठकले जनताको बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने गरी सुरक्षाको प्रत्याभूति गराउन सरकारलाई सुझाव दिएको छ। उनीहरुले परिस्थितिलाई उत्तेजित तुल्याउने बोली र व्यवहार पनि कसैबाट पनि नगर्न आग्रहसमेत गरेका छन्। Continue reading “प्रमुख तीन पार्टीले भन्यो- ‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’”

टीकापुरको जनतालाई बुझेकोमात्र होइन, त्यहाँ हुर्केखेलेको मान्छे हुँ : गौरीशंकर चौधरी

Tharu Masal Juluss 18तपाईको जिल्लामा यस्तो घटना भएको छ तपाईले केही थाह पाउनु भएको छ ?

–म काठमाडौंमा छु । सञ्चारमाध्यम र साथीभाइलाई फोन गरेर बुझेको छु ।

के बुझ्नु भयो ?

–त्यहाँ जुन जे जस्तो घटना भयो त्यो एकदमै नराम्रो हो । खेदजनक र दुखदायी हो । Continue reading “टीकापुरको जनतालाई बुझेकोमात्र होइन, त्यहाँ हुर्केखेलेको मान्छे हुँ : गौरीशंकर चौधरी”