दाङ पनि दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन गरियो

Tharuhat

थरुहट आन्दोलनका कारण सुरक्षा चुनौतीमा रहेको दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार बेलुका ८ बजेदेखि भदौ २२ गतेसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो। Continue reading “दाङ पनि दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन गरियो”

टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान

Tikapur Ghatna

थरुहट-थारुवान संयुक्त संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज टीकापुर नगरपालकिाको बोर्डमा ‘थरुहट-थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ सो कार्यक्रम गर्ने तय भएको थियो । प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपनि प्रदर्शनकारीहरुले नगरपालिकामा थरुहट स्वायत्त प्रदेश लेखिछाड्ने जनाएका थिए । Continue reading “टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान”

कैलाली र रौतहट दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन हुनसक्ने

सरकारले कैलाली र रौतहट जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ । Continue reading “कैलाली र रौतहट दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन हुनसक्ने”

टीकापुरको घटना दुःखद तर प्रहरी दमनको उपज हो : थारु नेताहरु

Dhaniram Chaudhary

टीकापुरमा भएको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना घटेको उनीहरुले बताएका छन् । Continue reading “टीकापुरको घटना दुःखद तर प्रहरी दमनको उपज हो : थारु नेताहरु”

एसएसपी सहित ८ सुरक्षाकर्मी मारिए, सेना परिचालन

tikapur

थारुवान\थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना मारिएका छन्। मारिनेमा ५ नेपाल प्रहरी, २ सशस्त्र प्रहरी र एक बालक छन्।

Continue reading “एसएसपी सहित ८ सुरक्षाकर्मी मारिए, सेना परिचालन”

थारुका मुद्दा सम्बोधन नभए प्रक्रियाबाटै बाहिरिन्छु : गच्छदार (अन्तर्वार्ता)

विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

सात प्रदेशको सीमांकनसँगै किन चारदलीय गठबन्धन छाड्ने घोषणा गर्नुभयो!
६ प्रदेशको सीमांकनमै मेरो सहमति थिएन। असहमतिबीच नै हस्ताक्षर गरेको थिएँ। त्यसप्रति देशव्यापी असन्तुष्टि देखियो। पछिल्लो सीमांकनमा त्यो असन्तुष्टि समेटिने विश्वास लिएको थिएँ तर त्यसो हुन सकेन। विशेष समितिले प्रदेश संख्या र सिमाना हेरफेर गर्दासमेत थारु समुदायको माग सम्बोधन गर्न नसकेपछि त्यहाँ बसिरहनुको औचित्य नदेखेर अलग्गिएको हुँ। तीन दलबीच भएको सहमतिले तराई मधेस र सिंगो देशमा उठिरहेको विद्रोह, विरोध र असन्तुष्टिलाई सम्बोधन गर्न सक्दैन। Continue reading “थारुका मुद्दा सम्बोधन नभए प्रक्रियाबाटै बाहिरिन्छु : गच्छदार (अन्तर्वार्ता)”

सम्बोधन पर्खंदै थरुहट आन्दोलन

Bardiya Tharuhat Protest

पहाड र तराईका दुई जनजातिको एउटै ‘क्लस्टर’ बनाएर प्रस्ताव गरिएको प्रदेश ५ मा थारू र मगरको जनसंख्या झन्डै १५/१५ प्रतिशतको हाराहारीमा छ। मगर समुदाय पहाडी जिल्ला थपेर मगरात बनाउन चाहन्छन् भने थारू समुदाय कैलाली र कञ्चनपुर गाभेर आफ्नो जातीय बाहुल्य रहने प्रदेश बनाउन चाहन्छन्। थरुहट आन्दोलनमा मधेसी मोर्चाको बन्द/हडताल थपिएको छ। लामो बन्दले जनजीवन अस्तव्यस्त छ भने जातीय सद्भाव खल्बलिने खतरा पनि बढेको छ। Continue reading “सम्बोधन पर्खंदै थरुहट आन्दोलन”

एमाओवादी सभासद् मानपुर चौधरीले भने- प्रचण्ड गद्दार हुन्

Manpur chaudhary

एमाओवादी नेता तथा सभासद मानपुर चौधरीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गद्दार’ भनेका छन्। आइतबार सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए। Continue reading “एमाओवादी सभासद् मानपुर चौधरीले भने- प्रचण्ड गद्दार हुन्”

प्रहरीले थारुका पर्चा खोसेपछि नेताहरुले भने- लोकतान्त्रिक निरंकुशताको हद

कारी महतो थारु
थरुहट आन्दोलनका क्रममा थारु कल्याणकारिणी सभा (थाकस) चितवनले प्रकाशन गरेको अपिल (पर्चा) प्रहरी प्रशासनले खोसेर लुकाएपछि थाकसका जिल्ला नेताहरुले यसलाई लोकतान्त्रिक निरंकुशताको संज्ञा दिएका छन्। साउन ३० गतेका दिन थाकस केन्द्रीय पार्सद कृष्ण महतो र क्षेत्रीय सल्लाहकार वकिलराज राउतलाई इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरीले पक्राउ गरी उनीहरुसँग रहेको अपिल (पर्चा) खोसेर लिएको थियो। Continue reading “प्रहरीले थारुका पर्चा खोसेपछि नेताहरुले भने- लोकतान्त्रिक निरंकुशताको हद”

देशवासीका नाममा प्रधानमन्त्रीको सन्देश- संविधानसमा सरिक हुन आह्वान

sushil_koirala20130701002

प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको जगमा आपसी वार्ता, सहमति, सहकार्यका माध्यमबाट हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिहरुलाई संस्थागत गर्दै सविधानसभामार्फत संविधान निर्माणको महाअभियानमा सरिक हुन संविधानसभा भित्र र बाहिर रहनु भएका समस्त राजनीतिक दल, नागरिक समाजसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आह्वान गरेका छन्। Continue reading “देशवासीका नाममा प्रधानमन्त्रीको सन्देश- संविधानसमा सरिक हुन आह्वान”