परिमार्जित विधेयक संविधानसभामा पेस, फोरम लोकतान्त्रिकसहितका दलद्वारा बैठक बहिष्कार

Rss_Images_1440344607826_RS-KTM-Sitaula-11

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले नेपालको संविधान, २०७२ परिमार्जित विधेयक संविधानसभामा पेस गरेका छन्। सभापति सिटौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नाराबाजीकाबीच विधेयकको मस्यौदा प्रतिवेदन पेस गरेका हुन्। प्रमुख चार राजनीतिक दलबीच भएको १६बुँदे सहमतिको जगमा रहेर तयार गरिएको उक्त मस्यौदामाथि जनताले दिएका राय सुझावका आधारमा सुधार र परिमार्जन गरिएको हो। Continue reading “परिमार्जित विधेयक संविधानसभामा पेस, फोरम लोकतान्त्रिकसहितका दलद्वारा बैठक बहिष्कार”

नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

Tharuhat Federal State 01

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज राति ८ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ। Continue reading “नेपालगन्जमा अनिश्चितकालीन निषेधाज्ञा”

थारु नेताले सात प्रदेशको खाका जलाए, आमहड्ताल १६ गतेसम्मलाई थप

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शीर्ष तीन दलले ल्याएको सात प्रदेशको खाका जलाएको छ। राजधानीको अनामनगरस्थित थारु सभासद्लगायतका नेताहरुको उपस्थितिमा सात प्रदेशको खाका जलाएका हुन्। थारुको मागलाई सम्बोधन नगरेको भन्दै सहभागीहरुले आन्दोलन चर्काउने चेतावनीसमेत दिए। कैलाली-कञ्चपुरलगायतका थरुहट तराईका जिल्लामा आफूखुसी सीमांकन गरेको भन्दै विगत डेढ सातादेखि समितिले तराईका जिल्लामा आन्दोलन आमहड्ताल गर्दै आएको छ। Continue reading “थारु नेताले सात प्रदेशको खाका जलाए, आमहड्ताल १६ गतेसम्मलाई थप”

थरुहट तराई पार्टीले संविधानसभा बैठक बहिष्कार गर्ने

Gopal Dahit

थरुहट तराई पार्टी नेपालले संविधानसभा बैठक बहिष्कार गर्ने भएको छ। थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै संविधान बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए। उनका अनुसार ६ बजे बस्ने संविधानसभा बैठकमा आफ्नो भनाइ राख्दै बहिष्कार गर्नेछन्। थरुहट तराईका पार्टीका तर्फबाट दुई जना सभासद् संविधानसभामा प्रतिनिधित्व गर्छन्। अर्का सभासद् गंगा थारु विधायन समितिका सभापतिसमेत हुन्। Continue reading “थरुहट तराई पार्टीले संविधानसभा बैठक बहिष्कार गर्ने”

थरुहट आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुत्ला

Putla-Dah

संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले बाँकेको जमुनाह नाकाको दशगजा मै प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला जलाएका छन् । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन् । बाँके प्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्ला पनि हो । Continue reading “थरुहट आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुत्ला”

बर्दियामा तनाव, तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते

bardia

थरुहट राज्य माग गर्दे प्रर्दशन उत्रेका प्रर्दशनकारी र प्रहरीबीच आइतवार दिउँसो भएको झडपमा तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते भएका छन्। गुलरिया नगरपालिका परिक्रममा गरेर जिल्ला प्रशासनमा कोणसभामा गर्दा प्रहरी र प्रर्दशनकारीको झडप भएको थियो। कन्चनपुरदेखि चितवनसम्म थरुहट प्रदेश लेखेको व्यानर जिल्ला प्रशासन कार्यालयमा टाँसेर प्रर्दशनकारीले कोणसभा गरिरहेको अवस्थामा झडप भएको हो। Continue reading “बर्दियामा तनाव, तीन प्रहरीसहित १५ आन्दोलनकारी घाइते”

गच्छदारसहित शीर्ष नेता बसेको बैठकले आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गर्‍यो

Bijay Gachhadar

नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको आजको बैठकले असन्तुष्ट पक्षसँग वार्ता गरी मस्यौदालाई परिमार्जन गर्ने समझदारी गरेको छ। Continue reading “गच्छदारसहित शीर्ष नेता बसेको बैठकले आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गर्‍यो”

कैलाली-कञ्चनपुरमा सामाजिक सद्‍भाव खलबल्याउने प्रयास भयो : गंगा थारु

Tha Ka Sa_Tharu Sahid Smaran-6, Ganga Tharu

थरुहट तराई पार्टी नेपालका गङ्गा चौधरी (सत्गौवा)ले शान्तिपूर्ण आन्दोलनमा उत्रेका थारु जातिलाई उपेक्षा गरिएको बताएकी छन्। ब्यवस्थापिका संसदमा बोल्दै उनले कैलाली र कञ्चनपुरमा सामाजिक सद्‍भाव खलबल्याउने प्रयास भएकामा आक्रोश व्यक्त गरिन्। Continue reading “कैलाली-कञ्चनपुरमा सामाजिक सद्‍भाव खलबल्याउने प्रयास भयो : गंगा थारु”

अखण्ड पक्षधर खुसी, थरुहट थप आन्दोलित

Tharu protest in kailai 01

कैलाली र कञ्चनपुरसमेत सुदूरका ९ जिल्ला भएको अखण्ड सुदूरपश्चिम एक प्रदेश कायमै रहने गर राजनीतिक दलले ७ प्रदेश खाका ल्याएकोमा आन्दोलनरत अखण्ड पक्षधरले खुसी जनाएका छन् । आन्दोलनरत अर्को पहिचानसहितको थरुहट/थारुवान राज्यको सीमांकन गरी कैलाली र कञ्चनपुर गाभिनु पर्ने माग गर्दै आएका थारू समुदाय भने असन्तुष्टि व्यक्त गर्दै आक्रोशित भएका छन् । अखण्ड पक्षकाले आफ्ना सबैखाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । थरुहट पक्षधरले भने आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन सशक्त पार्ने बताएका छन् । Continue reading “अखण्ड पक्षधर खुसी, थरुहट थप आन्दोलित”

थारु समुदायलाई प्रधानमन्त्रीले अपील गर्ने

sushil-koiralaप्रधानमन्त्री सुशील कोइरालाले प्रदेशहरुको सीमांकनप्रति असन्तुष्ट थारू, मधेसी लगायतलाई संविधान निर्माणमा सहभागी हुन अपिल गर्ने भएका छन् । प्रमुख चार दलका शीर्ष नेताहरुको शनिबार बालुवाटारमा बसेको बैठकमा सीमांकनको विरोधमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । बैठकमा प्रधानन्त्रीले मधेसी, थारु र जनजाति लगायतलाई संविधान निर्माणमा लाग्न अपील गर्ने सहमति भएको छ । Continue reading “थारु समुदायलाई प्रधानमन्त्रीले अपील गर्ने”