सशस्त्र प्रहरीको लुम्बिनी बेसक्याम्पमा आक्रमण प्रयास

Putlaआन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बल लुम्बिनी बेसक्याम्पमा आक्रमणको प्रयास गर्दा आज साँझ केही समय तनाव सिर्जना भयो। बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब सात किलोमिटर टाढा नेपाल-भारत सीमा क्षेत्रमा रहेको कालिदहस्थित सशस्त्रको क्याम्पमा आक्रमण गर्न थालेको सूचना पाएर थप सुरक्षा बलका लागि पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आन्दोलनकारीले बाटोमा अवरोध सिर्जना गरेका थिए। Continue reading “सशस्त्र प्रहरीको लुम्बिनी बेसक्याम्पमा आक्रमण प्रयास”

सप्तरीमा प्रशासन र आन्दोलनकारीबीच छ बुँदे सहमति

11952880_494758764038172_8476515592090282716_oसंयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मङ्गलबार प्रहरीको गोली लागी सप्तरीको भारदह-१ का राजीव राउतको मृत्यु भएको विषयमा मोर्चा र स्थानीय प्रशासनबीच छ बुँदे सहमति भएको छ। Continue reading “सप्तरीमा प्रशासन र आन्दोलनकारीबीच छ बुँदे सहमति”

टीकापुर र दुर्गौलीमा निषेधाज्ञा, भैरहवाका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा

11928726_565887420235352_1269530250864041138_nजिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगर क्षेत्र र दुर्गौली गाविस क्षेत्रमा साँझ ८ बजे देखि भोलि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर र थारुहट पक्षधरका कार्यकर्ताबीच शुक्रबार टीकापुर नगरपालिका नजिकैको दुर्गौली क्षेत्रमा भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा स्थानीय प्रशासनले यसअघि हिजो साँझ ९ बजेदेखि आज बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। Continue reading “टीकापुर र दुर्गौलीमा निषेधाज्ञा, भैरहवाका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा”

आठ प्रदेशमा सहमति भएमात्र हामी फर्कन्छौं : रामजनम चौधरी

पहिलोपोस्टबाट साभार नक्सा
पहिलोपोस्टबाट साभार नक्सा

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सङ्घीय प्रदेशको सङ्ख्या आठ बनाइए पुनः सहमतिमा आउन सक्ने सङ्केत गरेको छ। पार्टी कार्यालय सानेपामा आज बसेको फोरम (लोकतान्त्रिक)को राजनीतिक समितिको बैठकले तीन दलले ल्याएको सात प्रदेशको खाका भने अमान्य हुने निष्कर्ष निकालेको छ। Continue reading “आठ प्रदेशमा सहमति भएमात्र हामी फर्कन्छौं : रामजनम चौधरी”

‘वनको चरीसँगै बास्न मिल्छ कि मिल्दैन !’

गृहमन्त्री वामदेव गौतमले सामाजिक सद्भावमा खलल पार्ने तथा जातीय विद्वेष फैलाउन भइरहेको प्रयासलाई निस्तेज तुल्याउन र मेलमिलापको वातावरण बनाउन प्रमुख राजनीतिक दल र सांसदलाई आह्वान गरेका छन्।
व्यवस्थापिका-संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा उनले सबैको हक अधिकार सुनिश्चित गरेर अघि बढ्नुपर्ने बेलामा केही व्यक्ति र समूहले सामाजिक सद्भावलाई बिथोलेर देशलाई अप्ठ्यारो र सकस पार्ने काम भइरहेको तर्फ समितिको गम्भीर ध्यानाकर्षण गराए। Continue reading “‘वनको चरीसँगै बास्न मिल्छ कि मिल्दैन !’”

सरकारी कार्यालयमा लेखियो ‘थरुहट स्वायत्त प्रदेश’

Tharuhat Federal State 01सरकारले थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै बाँके जिल्लाको कोहलपुरमा रहेका सरकारी कार्यालयहरु थरुहटका कार्यकर्ताले कब्जा गरेर ‘थरुहट स्वायत्त प्रदेश’ लेखेका छन् ।
संयुक्त थरुहट संघर्ष समितिका संयोजक चन्द्रबहादुर चौधरीले थारुहरुको पहिचान नै मेटिने गरी प्रदेशको सीमाङ्कन गरिएकाले त्यसको विरोध जनाउनका लागि सरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरिएको बताए ।
संयोजक चौधरीले कोहलपुरका सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा थरुहट स्वात्त प्रदेश नामाकरण गरेको जानकारी दिए ।
आन्दोलनकारीले कोहलपुर नगरपालिका, विद्युत प्राधिकरण, टेलिकम, गोलपार्क तथा कोहलपुर चौराहमा थरुहट स्वायत्त प्रदेशको नामाकरण गरका छन् ।

उनले राज्यले धर्तीपुत्रका रुपमा रहेको थारु समुदायलाई अत्यन्तै कमजोर बनाउने उद्देश्य राख्दै थारुको पहिचान नै मेटिने गरी प्रदेशको सिमाङ्कन गरेकोले वर्षातको झरी पनि नभनि आन्दोलनमा होमिनु परेको बताए । उनले भने-‘ पहिचान नै मेटिने गरी सीमाङ्कन गरियो अबको लडाइँ पहिचान स्थापित नभएसम्मको लागि सडक मै बस्ने र सडकलाई नै आन्दोलन भरी आफ्नो घर बनाउने भन्दै सबै सरदाम लिएर आएका छौ ।’

Tharuhat Federal State 02
उनले आन्दोलन अवधि भरि सडकमै बस्ने र खाना पनि नजिकै आसपासमै पकाउने योजनामा रहेको बताए । कोहलपुरमा आन्दोलनको अर्को मोर्चा सम्हाल्दै आएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता समेत रहेका फुलाराम चौधरीले आन्दोलन आफुहरुको पहिचान कायम गर्नको लागि बाध्य भएको बताउदै पहिचानको लडाईमा सबैले सहयोग गर्नु आग्रह गरे ।
उनले भने-‘ यो कुनै पार्टी तथा ब्यक्ति विषेशको लडाई होईन तर्सथ सबैको सहयोग र समर्थन आवश्यक चाहिएकोले सबैलाई सहयोगको लागि आन्दोलनमा आउन आग्रह गर्छु ।’ उनले आन्दोलन शान्तिपूर्ण हुने बताए ।
थारुहरुले कोहलपुरमा सञ्चालन गरेको आन्दोलनको ११ औ दिनपनि पूर्व-पश्चिम राजमार्ग ठप्प छ । उनहरुले शनिबारदेखि मोटरसाईकल र रिक्सालाई समेत आन्दोलनमा निषेध गर्दै ठप्प पारेका छन् ।

अनलाइनखबरबाट साभार

सर्वहारीको लघुकथा संग्रह विमोचन

Ksarbahari-Book-launchaकृष्णराज सर्वहारीको कमैया बस्तीमा भगवान नामक् लघुकथा संग्रह भदौ ५ गते सर्वनाम थियटरमा विमोचन भएको छ । पूर्वमंत्री तथा साहित्यकार एसपी कोइराला, नारी स्रष्टात्रय माया ठकुरी, पद्मावती सिंह तथा भागीरथी श्रेष्ठले संयुक्त रुपमा कृतिको विमोचन गरे । सातौ लघुकथा दिवसको अवसरमा लघुकथा समाजद्वारा गरिएको कार्यक्रममा चारै स्रष्टाले लघुकथा पनि बाचन गरे । Continue reading “सर्वहारीको लघुकथा संग्रह विमोचन”

टीकापुर निषेधित क्षेत्र घोषणा, प्रशासनले डाक्यो सर्वपक्षीय भेला

protest

अखण्ड सुदूरपश्चिम पक्षधर र थरुहट पक्षधरबीच शुक्रबार भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा गएराति ९ बजेदेखि लगाइएको कर्फ्यू आज बिहान ६ बजेबाट हटाइएको छ। Continue reading “टीकापुर निषेधित क्षेत्र घोषणा, प्रशासनले डाक्यो सर्वपक्षीय भेला”

बन्द अवज्ञा गर्ने दुइटा ट्रकमा आगजनी, बसमा तोडफोड

truckसप्तरीको भारदह-पोर्ताहा सडक खण्डमा शनिबार बिहान बन्दकर्ताले दुई वटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। उनीहरुले यात्रुबाहक बसमासमेत तोडफोड गरेका छन्। Continue reading “बन्द अवज्ञा गर्ने दुइटा ट्रकमा आगजनी, बसमा तोडफोड”

गच्छदारले प्रस्ताव गरेका थिए ८ प्रदेशको खाका

पहिलोपोस्टबाट साभार नक्सा
पहिलोपोस्टबाट साभार नक्सा

शीर्ष नेताहरुले सात प्रदेशमा सहमति जुटाएपछि शीर्ष चार दलको एक घटक विजय कुमार गच्छदारले चार दलीय मोर्चाबाट अलग्गिएका छन्। उनले विशेष समितिको बैठकमा ८ प्रदेश नै सबै समस्याको समाधान भएको अडान दोहोर्‍याएका थिए। तर आफ्नो प्रस्तावमा नेताहरु गम्भीर नरहेको उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। Continue reading “गच्छदारले प्रस्ताव गरेका थिए ८ प्रदेशको खाका”