सीमांकन नसच्चिए आन्दोलन अझ चर्काउने चेतावनी

  Dhanagadhi Protest 01

धनगढी- थरुहट/थारुवान संयुक्त संघर्ष समितिले कैलाली, कञ्चनपुरलाई तराईका जिल्लामा गाभेर थरुहट स्वायत्त प्रदेश बनाउन माग गर्दै आइतबार पनि धनगढीमा विरोध प्रदर्शन गरेको छ। क्याम्पस चौकबाट सुरु भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो। Continue reading “सीमांकन नसच्चिए आन्दोलन अझ चर्काउने चेतावनी”

कवितामा थरुहट पहिचानको सवाल

Tharu-Sahitya

ठुम्रार साहित्यिक बखेरीले हरेक महिनाको अन्तिम शनिबार त्रिवि कीर्तिपुरमा आयोजना गर्ने गरेको थारू कविता श्रृंखलाको ३१ औ भाग साउन ३० गते सम्पन्न भएको छ । प्रायः थरुहट आन्दोलनको भाव बोकेको रचना डेढ दर्जन थारु कविहरुले आआफ्नो बाचन गरे । Continue reading “कवितामा थरुहट पहिचानको सवाल”

देउवाले थारुलाई रौं पनि दिन्न भनेपछि भट्टराईले भने- ‘कैलाली तपाईको ठेक्का हो?’

Sher Vs Baburam

सीमांकनमा थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा भएको छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका कारण भाँडिएको छ। थारु र मधेसीका मागलाई समेट्ने बताइरहेका प्रमुख दलहरु सहमतिको नजिक पुग्नुको साटो थप विवाद र भनाभनमा उत्रिएका छन्। सम्वाद समितिअन्तर्गतको उच्चस्तरीय समितिमा आइतबार ६ प्रदेशको सीमांकनमा देखिएको असन्तुष्टिबारे छलफल भएको थियो। तर, कांग्रेस नेता देउवाले कैलाली कञ्चनपुरको रौं पनि छोडि्दँन भनेपछि सहमति हुन सकेन। Continue reading “देउवाले थारुलाई रौं पनि दिन्न भनेपछि भट्टराईले भने- ‘कैलाली तपाईको ठेक्का हो?’”

मध्य र सुदूर पश्चिम एउटै प्रदेशमा राख्‍ने नयाँ प्रस्ताव

Tharuhat, Bardiya Protest 06मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सभासदहरुले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्र मिलाएर एउटै प्रदेश बनाउन नयाँ प्रस्ताव ल्याएका छन्। प्रमुख दलहरुले सहमति गरेको ६ प्रदेशको सीमांकनमा असहमति राख्दै मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न जिल्ला, कर्णाली र थरुहटमा आन्दोलन चर्किरहेका बेला ती क्षेत्रका सभासदले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका २४ जिल्ला मिलाएर एउटै प्रदेश बनाउने नयाँ प्रस्ताव ल्याएका हुन्। Continue reading “मध्य र सुदूर पश्चिम एउटै प्रदेशमा राख्‍ने नयाँ प्रस्ताव”

बन्दले सिरहा, सप्तरीको जनजीवन प्रभावित

Lahan Protest_Tharu

६ प्रदेश र प्रस्तावित सीमांकनप्रति विरोध जनाउँदै मधेसी मोर्चा, नेकपा–माओवादी र थारु कल्याणकारी सभाले आह्वान गरेको बन्दले सिरहा, सप्तरीको जनजीवन पूर्णरुपमा ठप्प छ । बजार, विद्यालय, कार्यालय, यातायात पूर्ण रुपमा बन्द छ। Continue reading “बन्दले सिरहा, सप्तरीको जनजीवन प्रभावित”