माथिको तस्बिरमा देख्नसक्नुहुन्छ- सभासद् योगेन्द्र चौधरी, तेजुलाल चौधरीसँगै नेपाली कांग्रेसका समानुपातिक सभासद् डिल्ली चौधरी पनि मञ्चमा आसिन छन्। यो मञ्च बर्दियाको आमसभाको हो। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले स्वायत्त थरुहट प्रदेश र कैलाली-कञ्चपुरलगायत तराईका जिल्ला पहाडमा मिसाउन नहुने भन्दै आन्दोलन गरिरहेको छ। यही समितिले आज बर्दियामा बिशाल आमसभाको आयोजना गरेको हो। जसमा डिल्ली चौधरी पनि सहभागी छन्। Continue reading “बर्दियामा बिशाल प्रदर्शन, डिल्ली चौधरी पनि आन्दोलनमा होमिए”
Author: admin
चितनव, मकवानपुर र पर्सामा गाडी तोडफोड र आगजनी
थारु कल्याणकारिणी सभालगायत थारु संघसंस्थाले गरेको बन्दको मारमा परिरहेका चितवनवासी फेरि आज ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण थप मारमा परेका छन्। थरुहट प्रदेशको माग गर्दै शुक्रवारदेखि चितवन बन्द गर्दै आएको थारु कल्याणकारिणी सभाको बन्द सँगै ३३ दलीय मोर्चाले आह्वान गरेको बन्दको कारण चितवनको जनजीवन प्रभावित भएको छ। Continue reading “चितनव, मकवानपुर र पर्सामा गाडी तोडफोड र आगजनी”
संसदमा थारु सभासद्को प्रश्न- राज्यले दमनको नीति लिएको हो?
एमाओवादीका गौरीशङ्कर चौधरीले प्रदेश विभाजनप्रति असहमति जनाउँदै कैलाली कञ्चनपुरलगायत स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनबाट भएको दमनप्रति विरोध जनाएका छन्। व्यवस्थापिका-संसद्को आजको बैठकमा बोल्दै उनले राज्यले दमनको नीति लिएको आरोप लगाए। Continue reading “संसदमा थारु सभासद्को प्रश्न- राज्यले दमनको नीति लिएको हो?”
बन्दकर्ताले नवलपरासीमा तीनवटा गाडी जलाए, एकको मृत्यु
नवलपरासीको बासाबसहीमा बन्दकर्ताहरुले आज बिहान तीनवटा गाडी जलाएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा बन्दकर्ताले दुईवटा ट्रक र एक पिकअप भ्यान जलाएका हुन्।
बन्दकर्ताले ना३ख ६९२६ नं को ट्रक र बा१०च ३३१३ नंको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित तीनवटा गाडी जलाएका छन्।
त्यसैगरी बन्दकै क्रममा गाडी पल्टिँदा नम्बर नखुलेको ट्रकका चालक रविलाल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
नवलपरासीमा लगातार एक सातादेखि थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको छ।
थरुहटले खोलेका शिक्षण संस्थालाई मधेसी मोर्चाले बन्द गरायो
आन्दोलनरत थारुहरुको संयुक्त संघर्ष समितिले आइतबार खुलाएका शिक्षण संस्थालाई मधेसी मोर्चाले अवरुद्ध गराएको छ। विभिन्न माग राख्दै समिति र मधेसी मोर्चाले विगत पाँच दिनदेखि बाँकेमा संयुक्तरुपमा आमहड्ताल जारी राखेका छन्। Continue reading “थरुहटले खोलेका शिक्षण संस्थालाई मधेसी मोर्चाले बन्द गरायो”
संघीयता भ्रष्टिकरणको दुष्परिणाम
चिरन मानन्धर
यही २३ साउनको मध्यरातमा चार राजनीतिक दलले ६ प्रदेशको सीमांकनको खाकामा सहमति गरे । उक्त सीमांकनको विरुद्धमा नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । पहिचानको ५ र सामथ्र्यको ४ आधारमा संघीय प्रदेशहरुको सीमांकन गर्ने सहमति राजनीतिक दलहरुबीच भएको थियो । तर ४ पार्टीका शीर्षस्थ नेतृत्वले सत्तास्वार्थका जोडघटाउलाई ध्यानमा राख्दै हचुवाको भरमा प्रदेशको सीमांकन गरे । न सामथ्र्य सम्झिए, न पहिचान नै सम्झिए । आखिर जे हुनु थियो, त्यही भयो । नागरिकहरुमा असन्तुष्टि चुलिएको छ । Continue reading “संघीयता भ्रष्टिकरणको दुष्परिणाम”
वैजनाथ चौधरी थारुको नाममा कलंक हो : थाकस महामन्त्री
थारु कल्याणकारिणी सभाका महामन्त्री अमिरी चौधरीले वैजनाथ चौधरीलाई थारुको नाममा कलंक रहेको प्रतिक्रिया दिएका छन्। उनले समाजिक सञ्जालमा थारुलाई अपराधी देख्ने वैजनाथ कंलक भएको बताएका हुन्। Continue reading “वैजनाथ चौधरी थारुको नाममा कलंक हो : थाकस महामन्त्री”
वैजनाथले दिएका थिए गोली हान्ने आदेश ?
थरुहट प्रदेशको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेकपा एमालेका सभासद बैजानाथ चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले रबरको गोली चलाएको छ। तिलकपुरस्थित मगरमुढामा रहेको चौधरीको घरमा आक्रमण गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको हो। Continue reading “वैजनाथले दिएका थिए गोली हान्ने आदेश ?”
‘मधेसी दलसँग थारु आन्दोलनको सहकार्य छैन’
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद तथा थारु आन्दोलनका नेतृत्वकर्ता रामजनम चौधरीले मधेसी दलसँग सहकार्य नभएको बताएका छन्। मधेसका अधिकारकर्मीहरुसँग राय र सुझाव लिने कार्य गरिएको भए पनि असन्तुष्ट तराई–मधेसी दलसँग थारु आन्दोलनकर्मीले सहकार्य नगरेको उनले जनाएका हुन्। Continue reading “‘मधेसी दलसँग थारु आन्दोलनको सहकार्य छैन’”
इमान्दारिता नदेखाइए थरुहट प्रदेशको सीमांकन आफैँ गर्ने चेतावनी (भिडियो)
लखन चौधरी/धनगढी
साउन २२ गतेसे आन्दोलनरत थरुहट आन्दोलनकारीहुक्रे चार दलके शिर्ष नेताहुक्रे अभिन फेन ६ प्रदेशके सहमति सच्याके इमान्दारीता नैदेखैलेसे थरुहट प्रदेशके सिमांकन अप्नही कर्ना चेतावनी देले बाटै।
शनिच्चरके रोज धनगढीके क्याम्पस चौंकसे चौराहासम विरोध प्रर्दशन करके आयोजित कोणसभाहे सम्बोधन करटी आन्दोलनकारी नेताहुक्रे राज्यके शासकहुक्रे आदिवासी थारू समुदायहे सदियौंसे उत्पीडिनमे परटी आइल बटैटी थरुहट प्रदेशके अप्नही सीमा रेखा कोर्ना चेतावनी देहल हुइट। Continue reading “इमान्दारिता नदेखाइए थरुहट प्रदेशको सीमांकन आफैँ गर्ने चेतावनी (भिडियो)”






