बर्दिया पाँचौं दिन पनि बन्द

Bardiya Protestथरुहट/थारुवान संयुक्त संर्घष मूल समिति बर्दियाले आह्वान गरेको अनिश्चिकालिन बन्दको पाँचौ दिन जनजिवन थप कष्टकर बन्दै गएको छ । बन्दले लामो तथा छोटो दुरीका यातायातका साधन ठप्प भएपछि जनजीवन कष्टकर बन्दै गएको छ । Continue reading “बर्दिया पाँचौं दिन पनि बन्द”

चितवनमा प्रहरी दमन : आन्दोलनकारीमाथि बुट र लाठी प्रहार

Chitwan Protest_ tharu 01

थारु कल्याणकारी सभाले गरेको बन्दमा प्रहरीले दमन गरेको छ। पूर्वी चितवनको पर्सामा राजमार्ग बन्द गर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले बुट र लाठी प्रहार गरेको छ। प्रहरीको लाठीबाट तीन जना घाइते भएका छन्। घाइतेहरुको नजिककै मेडिकलमा उपचारका लागि पठाइएको चितवनका क्षेत्रीय सभापति चन्द्रविक्रम महतोले जानकारी दिए। Continue reading “चितवनमा प्रहरी दमन : आन्दोलनकारीमाथि बुट र लाठी प्रहार”

एमाले नवलपरासी कार्यालयमा तोडफोड

CPN-UML-Flag

नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन्। थारु कल्याणकारिणी सभालगायतका विभिन्न समूहले लगाएको आह्वानमा बन्द भएको परासी बजारमा रहेको एमाले कार्यालयमा उनीहरुले ढुंगा प्रहार गरी झ्यालका सिसाहरु फुटाएका हुन्। Continue reading “एमाले नवलपरासी कार्यालयमा तोडफोड”

थारु समुदायको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भइरहेको छ : गच्छदार

Bijay Gachhadar

मधेसी जनाधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार विशेष समितिको बैठकपछि विवादित सबै विषयमा छलफल जारी रहेको र शनिबारसम्म समाधान निस्कने बताए। मध्यपश्चिम तथा कैलाली, कञ्चनपुरलगायत जिल्लामा भइरहेको आन्दोलन र सीमा निर्धारणपछि मधेसी, आदिवासी तथा थारु समुदायले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भएको उनको भनाइ छ। Continue reading “थारु समुदायको असन्तुष्टिलाई सम्बोधन गर्ने हिसाबले छलफल भइरहेको छ : गच्छदार”

गच्छदारले बोलेको कुरो कार्यान्वयन गरे पत्याउछौं : रामजनम (अन्तर्वार्ता)

Ramjanam Chaudhary
एक साताअघि आफ्ना अध्यक्ष विजयकुमार गच्छदारले सीमांकनको सहमतिपत्रमा हस्ताक्षर गर्दैगर्दाको मध्यरात मधेसी जनअधिकार फोरम महासचिव रामजनम चौधरीले त्यसलाई मृत्युपत्रको संज्ञा दिँदै आफूलगायत थारु सभासद् नेताहरु गच्छदारको निर्णयसँग ‘सती नजाने’ कडा प्रतिक्रिया दिँदै थिए । हिजो बिहीबार र आज शुक्रबार जारी दलको राजनीतिक समिति बैठकमा नेताहरुले गच्छदारविरुद्ध चर्को आक्रोश पोखे । दोस्रो दिनको बैठक सकिनेबित्तिकै महासचिव चौधरीसँगको कुराकानी :

तपाईको पार्टीको बैठकमा के-के कुरा भएको छ ?
अध्यक्षज्यूले हिजो बैठक सुरु हुनेबित्तिकै आफ्नो कुरा राख्नुभयो । थरुहटविनाको सीमांकनमा चित्त नबुझे पनि राष्ट्रको परिस्थिति हेरेर हस्ताक्षर गरेको बताउनुभयो । नेता साथीहरुले आफ्नो कुरा राखिसक्नुभएको छ । विजय दाइले उठेका प्रश्नमाथि भोलि जवाफ दिनुहुनेछ । निर्णय भोलिमात्रै हुन्छ ।

तपाईंहरुले अध्यक्षको चर्कै आलोचना गर्नुभएछ ।
आलोचनाभन्दा पनि सहमतिमा तपाईंको ‘नोट अफ् डिसेन्ट’ को अर्थ के हो भनी सोध्यौं । उहाँले  संवाद समितिमा फरक मत राख्दै संविधानको बाटो खोल्ने साहस गरेको बताउनुभयो । ‘मुद्दा छाडेको होइन, यो सीमांकनमा फेरबदल नभए स्वीकार गर्दिनँ’ भन्नुभएको छ ।

अध्यक्षको जवाफमा तपाईंहरुले चित्त बुझाउनुभयो त ?
बैठकमा हामीसँग बोलेका कुरा कार्यान्वयन गरेर देखाउनुहोस्, अनि पत्याउछौं भनेका छौं ।

तपाईंहरुको पार्टी फुट्ने हल्ला छ नि ?
कुनै पनि साथीले औपचारिक रुपमा यस्तो कुरा गरेका छैनन् । हाम्रो पार्टीले जनताको अधिकार र राष्ट्रिय निकासका लागि मध्यमार्गी बाटोबाट जाऔं भनेको छ । यस भावनाबाट कोही विचलित भइहाल्ला भन्ने लाग्दैन ।

थरुहट आन्दोलन चर्किरहेछ, तर तपाईंहरुले औपचारिक रुपमा केही रेस्पोन्स गर्नुभएको छैन नि ?
हाम्रो पार्टीले निर्णय नगरे पनि हाम्रो अनौपचारिक समर्थन छ । पार्टीका सबै साथीहरु सडकमा निस्किसकेका छन् । पार्टीले सहयोग पनि गर्छ । तपाईंको कान्तिपुरमा हाम्रो पार्टीको झन्डा बोकेका मानिसहरु सडकमा ओर्लेको फोटो छापिएको छ ।

तपाईहरुलाई संविधानसभाबाट राजीनामा दिएर सडकमा आउन दबाब परेको हो ?
त्यस्तो त कसैले भनेजस्तो लाग्दैन । जनताले हामीलाई निर्वाचित गरेर पठाएका हुन् । हामीलाई संविधान बनाउने, अधिकार रक्षा नहुने भए सदनभित्रै लड्ने जनादेश छ । त्यसैअनुसार हामी रातदिन सडक र सदनमा लडेका छौं । लोकतन्त्रमा सदनको लडाइ कमजोर हुनुहुन्न ।

मधेसी मोर्चासँग तपाईंहरुको तिक्त सम्बन्ध सुधार्नुहुन्न ?
उनीहरु आफ्नो काम गर्छन् । हामी आफ्नो काम गर्छौं । उनीहरुको पार्टी–पार्टीबीच मोर्चा छ । हामी झन्डाहरुको तल बसेर काम गर्छौं । मधेसी सभासद्, कार्यकर्तासँग हाम्रो सहकार्य सुरु भएको छ ।

मधेसी मोर्चाले संघर्षका कार्यक्रम घोषणा गरेको छ, यसमा तपाईंहरुको भूमिका के हुन्छ ?
हामी त पहिल्यैदेखि संघर्षमै छौं । थरुहट संघर्ष समिति, थारु कल्याणकारी सभा र थारु सभासद् संघर्ष समिति तीन संस्था मिलेर संघर्ष गरिरहेका छौं । हामीलाई पो उहाँहरुले सघाइरहनुभएको छ ।

सरकार र ठूला दलले के गरे भने आन्दोलन छाड्नुहुन्छ ?
थारु बहुल कैलाली कञ्चनपुर र पूर्वका मोरङ, सुनसरी, झापाको भूगोललाई उचित ढंगले सम्बोधन गर्नुपर्‍यो । यी दुवै भूगोललाई कुनै पनि हालतमा पहाडमा मिसाउनु हुँदैन । बरु सप्तरी सिरहासँगै मधेस प्रदेशमा मिलाए पनि हुन्छ । तर, पहाडमा चाहिँ मिसाउनुभएन।

बसन्त बस्नेत/कान्तिपुर

थारुको आन्दोलनलाई समर्थन गर्दै जनजाति महासंघद्वारा आन्दोलन घोषणा

janjati mahasanghसंविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन नगरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। ६ प्रदेशको सीमांकनप्रति असहमति जनाउँदै जनजाति महासंघले भदौ १० गतेसम्मको आन्दालनका कार्यक्रम सार्वजनिक गरेको हो। Continue reading “थारुको आन्दोलनलाई समर्थन गर्दै जनजाति महासंघद्वारा आन्दोलन घोषणा”

थारु समुदायमाथि सरकारले दमन गर्‍यो : अमनलाल मोदी

AmanLal Modiव्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै नेपाली काँग्रेसका तप्तबहादुर विष्टले चार दलबीच प्रदेशको सीमा निर्धारणबारे भएको सहमतिपछि चर्किएको आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचारको माग गरे। Continue reading “थारु समुदायमाथि सरकारले दमन गर्‍यो : अमनलाल मोदी”

थरुहट बन्दमा जनजाति महासंघको ऐक्यवद्धता

Chitwan Tharut Protest

चितवन- थारु कल्याणकारिणी सभा चितवनले आह्वान गरेको आमहड्तालमा नेपाल आदिवासी जानजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले ऐक्यवद्धता जनाएको छ। Continue reading “थरुहट बन्दमा जनजाति महासंघको ऐक्यवद्धता”

थारुलाई भाला, खुकुरी उठाउन भन्ने अमरेशलाई कारबाही माग

AmaresH Sing

कांग्रेस नेता अमरेश सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन्। उनलाई पार्टीभित्र छुट्टै धारको नेताको रुपमा पनि चिनिन्छन्। हालसालै उनी बाबुराम भट्टराईको एक कार्यक्रममा कि मधेस देऊ कि देश भन्ने अभिव्यक्तिले चर्चा पाएको थियो। यही अभिव्यक्तिले उनलाई स्पष्टीकरण पनि दिन परेको थियो। Continue reading “थारुलाई भाला, खुकुरी उठाउन भन्ने अमरेशलाई कारबाही माग”

थरुहट प्रदेशका लागि लडाइँ जारी रहन्छ, पार्टी छाडेर जानेहरु गए हुन्छ : गच्छदार

Bijay

प्रदेशको सीमाकंनको खाका आएपछि त्यसको सबभन्दा बढी असर मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) मा परेको छ। सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार चार पार्टीको बैठकमा जान्छन् तर अरु सबै नेताहरु त्यसकै विरोधमा आन्दोलनमा छन्।

 अध्यक्षबाहेकका अन्य सबै नेताहरुको दबाबमा हिजो (बिहीबार) देखि पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ। सो बैठक आज पनि पार्टी कार्यालयमा बिहान ८ बजेदेखि जारी छ। हिजो अध्यक्ष गच्छदारले नै बोल्ने क्रममा धेरै समय लिएपछि अन्य नेताहरु आफ्नो कुरा राख्न नपाउँदा बैठकलाई आजसम्मका लागि सारिएको हो।

हिजोको बैठकमा गच्छदार र अन्य नेताहरुको बीचमा चर्का चर्की कुरा भएपछि अध्यक्ष गच्छदारले ‘ज–जसलाई पार्टीबाट जानु छ भने जानुस्, पार्टीहरुमा गुड बाई नमस्ते भइरहन्छ तर आफूले लिएको निर्णयबाट कुनै पनि हालतमा पछाडि नहट्ने’ कुराको जानकारी आफ्ना दलका नेताहरुलाई दिएका थिए।

 उनले आफूले संवाद समितिमा राखेको फरक मतमा अडिग रहेको उल्लेख गर्दै पार्टीले लिएको निर्णयमा संयमता राख्नुपर्ने बताएका थिए। उनले भने, ‘हरेक कुरामा विरोध, हरेक कुरामा आपत्ति जनाएरमात्र हुँदैन। आफूले इतिहास रच्नका लागि यस्तो कदम उठाएको हो। थरुहट प्रदेशका लागि आफ्नो लडाइँ जारी रहन्छ।’

उनले आफ्नो कुरा राख्ने क्रममा पार्टीमा कुन नेता के बोलिरहेका छन्, के गतिविधि गरिरहेका छन् सबै कुराको जानकारी आफूले राख्ने गरेको उल्लेख गर्दै अन्य नेताभन्दा पार्टीका महासचिव रामजनम चौधरीले अलि म्याचुयर कुरा गर्ने गरेको र बाँकी नेताले पार्टीको हितविपरित जथाभाबी बोल्ने गरेको आरोपसमेत लगाए।

स्मरणीय यहाँ के छ भने अहिलेको थारु आन्दोलनको नेतृत्व रामजनम चौधरीले गरिरहेका छन्। रामजनम चौधरीलाई प्रशंसा गरेपछि आन्दोलन केही मथ्थर हुन्छ कि अभिप्रायले गच्छदार यो कुरा राखेको हुनुपर्ने टिप्पणी एक नेताले गरे।

गच्छदारले आफ्नोविरुद्ध मधेस तथा थरुहटमा भएको आन्दोलनलाई रोक्नका लागि अनेक प्रयासहरु थालेका छन्। कसैलाई उपराष्ट्रपति बनाई दिने लोभ दिएका छन् भने कसैलाई मन्त्री बनाई दिने लोभ दिएका छन् त कसैको छोराछोरीलाई पढ्न विदेश पठाई दिनेसम्मका लोभ दिएका छन्। तर यसपाली गच्छदारको जालमा कोही पनि नफँस्ने भन्दै पार्टीका एक नेताले विगतमा पनि सबै नेताहरुलाई यसै गरि फँसाएर राख्ने गरेको अनुभव सुनाए।

रातोपाटीबाट