तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट/थारुवान संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको तराईका २२ जिल्ला बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन्। संविधानको प्रारम्भिक मस्यौदामा सङ्घीय प्रदेशको नामाङ्कन नगरी सङ्घीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमाङ्कन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान गरिएको बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प छन्। आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानु पर्ने सबैभन्दा बढी प्रभावित भएका छन्। Continue reading “थरुहट तराई बन्दको तेस्रो दिन : कतै ठप्प कतै आंशिक प्रभाव”
Author: admin
रौतहट सभापतिसहित थाकस पदाधिकारीहरु पक्राउ
रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले बन्द गर्दै हिँडेका थरुहट कार्यकर्ताहरुलाई पक्राउ गरेको छ। थारु कल्याणकारिणी सभाका रौतहट सभापति रामाश्रय चौधरीलगायत सदस्यहरु जितेन्द्र चौधरी, रुपनी चौधरी, मोहन चौधरी, भागिरथ चौधरी, भूमध्य चौधरीलगायतलाई पक्राउ गरेको थाकसले जनाएको छ। Continue reading “रौतहट सभापतिसहित थाकस पदाधिकारीहरु पक्राउ”
थरुहट आन्दोलनमा होमिए मधेसी नेता, तराईमा आन्दोलन चर्किँदै (फोटो-भिडियो)
थारुवान डेस्क
थरुहट/थारुवान संयुक्त संघर्ष समितिको छ दिने आमहड्तालको दोस्रो दिन पश्चिम तराईका अधिंकाश जिल्लामा जनजीव प्रभावित भएको छ। यद्यपि थारुहरुले कैलाली-कञ्चपुरमा विगत छ दिनदेखि र बर्दिया विगत तीन दिनदेखि आमहड्ताल गर्दै आएका छन्। थारु बाहूल्य क्षेत्रलाई टुक्रा टुक्रा पारेको र पहाडसँग गाभेको भन्दै थारु समुदाय आन्दोलित बनेको हो। उनीहरुले स्वायत्त थरुहट प्रदेशसहित कैलाली-कञ्चपुरलाई कुनै हालतमा थारु बाहूल्य प्रदेशबाट नछाड्ने बताएका छन्। Continue reading “थरुहट आन्दोलनमा होमिए मधेसी नेता, तराईमा आन्दोलन चर्किँदै (फोटो-भिडियो)”
थरुहट चितवनमा शुक्रबारदेखि आमहड्ताल
चितवन- थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थारु सभासद् संघर्ष समिति र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको थरुहट/थारुवान आमहड्तालमा समर्थन जनाउँदै थारु कल्याणकारिणी सभा चितवनले भोली (शुक्रबार)देखि चितवनमा पनि आमहड्ताल आह्वान गरेको छ । Continue reading “थरुहट चितवनमा शुक्रबारदेखि आमहड्ताल”
थारुलाई चित्त नबुझाई संविधान लागू हुँदैन : गच्छदार
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अहिले पनि ८ प्रदेशकै पक्षमा रहेको भन्दै थारुहरुलाई पहिचान नदिएसम्म संविधान लागू हुन नसक्ने बताएका छन् । तर, मधेसले पहिचान पाइएन भने चित्त दुखाउने ठाउँ नरहेको गच्छदारको बनाइ छ । Continue reading “थारुलाई चित्त नबुझाई संविधान लागू हुँदैन : गच्छदार”
अब संविधान बन्न कसैले रोक्न सक्दैन : दाहाल
एकीकृत नेकपा (एमाओेवादी) का अध्यक्ष पुष्पकमल दाहालले अब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै उनले संविधान आउने सुनिश्चित भइसकेको र त्यो साहस आफूहरु लिएको बताए। उनले भने, ‘अहिलेको जस्तो संविधान निर्माणको बहस इतिहासमा कहिल्यै भएन, सकारात्मक र रचनात्मक रुपमा संविधान निर्माणमा सहयोग गर्न आह्वान गर्छु।’ Continue reading “अब संविधान बन्न कसैले रोक्न सक्दैन : दाहाल”
संविधान हाम्रा लागि होइन जनताका लागि हो : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यस पटक सभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानमा व्यक्ति व्यक्ति नेपालीका माग एकै पटक पूरा गर्न नसकिने बताए। नेता ओलीले भने, ‘यही देशको अन्नपानी खाई देश टुक्र्याउन चाहने तत्व यहाँ छन्, यस्ता तत्वले संविधानसभालाई असफल गराउन खोज्दैछन्, यो संविधान कसैका सोख पूरा गर्न ल्याउन लागिएको होइन, नेपाली जनताको हक अधिकार पूरा गर्न ल्याउन लागिएको हो।’ Continue reading “संविधान हाम्रा लागि होइन जनताका लागि हो : ओली”
थरुहट बन्दले दाङ पूर्णरुपमा प्रभावित

पश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि दाङको जनजीवन ठप्प रह्यो। बन्दका कारण यातायातका कुनै पनि साधन चल्न सकेका छैनन्। तुलसीपुर, घोराही, लमही र नारायणपुर बजार पूर्ण रुपमा बन्द छन्। शिक्षण संस्था, उद्योगधन्दा र सरकारी कार्यालयसमेत खुलेका छैनन्। Continue reading “थरुहट बन्दले दाङ पूर्णरुपमा प्रभावित”
थरुहट आन्दोलनमा प्रहरी दमन : काँढेतारले छेक्यो आन्दोलनकारीलाई
लखन चौधरी/धनगढी
थारू समुदाय बाहूल्य कैलाली-कञ्चनपुरसहितका जिल्लालाई मिलाएर थरुहट प्रदेश बनाउनुपर्ने मागसहित केही दिनदेखि जारी थरुहट आन्दोलनमा आज प्रहरीले दमन गरेको छ। धनगढीको क्याम्पस चोकदेखि चौराहातर्फ गइरहेको विशाल जुलुशलाई प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि काँढेतार तेर्साएर अगाडी बढ्न नदिइ दमन गरेको हो। Continue reading “थरुहट आन्दोलनमा प्रहरी दमन : काँढेतारले छेक्यो आन्दोलनकारीलाई”
केशरी चौधरीसहित तीन थारु खेलाडी सम्मानित
युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यानउने युवा तथा संस्थालाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मन्त्रालयले बुधबार ११ खेलाडी र अन्य ९ विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्यो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी, करातेकी विमला तामाङ, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रम राना, एथलेटिक्सकी केशरी चौधरी र किक–बक्सिङका दिवस श्रेष्ठ राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत भए। Continue reading “केशरी चौधरीसहित तीन थारु खेलाडी सम्मानित”





