Author: admin
लक्ष्मण थारुको चेतावनी
कञ्चनपुरका महिलाहरु विरोधमा
हिरोइनको जोश
राजधानीमा मसाल जुलुस
कार्यगत एकता
कैलालीमा थरुहट आन्दोलन उत्कर्षमा, अवज्ञा नगर्न चेतावनी (फोटो फिचर)
उन्नती चौधरी/धनगढी
कैलाली-कञ्चनपुरका थारु समुदायले थरुहटको माग गर्दै आन्दोनमा उत्रिएको पाँचौ दिन पनि जनजिवन पूर्णरुपमा प्रभावित बनेको छ। दिन प्रतिदिन आक्रमक बन्दै गएको थरुहट आन्दोलन क्याम्पस चौकबाट निकालिएको विरोध जुलुस ट्राफिक चौक हुँदै एलएन चौकमा समापन भएको थियो। कोण सभामालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण थारुले मध्य रातमा चार दलले हस्ताक्षर गरी थारुहरुलाई फासीको फन्दामा पारेर प्रदेश सीमांकन गरी थारुलाई सखाप पर्ने दुष्प्रयाश गरेको बताए। Continue reading “कैलालीमा थरुहट आन्दोलन उत्कर्षमा, अवज्ञा नगर्न चेतावनी (फोटो फिचर)”
शीर्ष नेतालाई कारबाही गर्न पर्साका थारुको माग
चार दलीय सहमतिको आधारमा ल्याइएको ६ प्रदेशको विरोध गर्दै आज वीरगन्जमा थारु कल्याणकारिणी सभाले प्रदर्शन गरेको छ। विभेदकारी प्रान्त निर्माण गरी थारुलाई अधिकारबाट वञ्चित गर्ने चार दलले गरेको निर्णयको विरोध गर्दै थारु कल्याणकारिणी सभाले वीरगन्जको घन्टाघर चोकमा एक कार्यक्रमबीच चार दलका शीर्षनेतालाई कारबाहीको माग समेत गरेका छन्। Continue reading “शीर्ष नेतालाई कारबाही गर्न पर्साका थारुको माग”
फासीको डोरी जलाएर सांकेतिक विरोध
थरुहट/थारुवान संयुक्त संघर्ष समितिको मूल घटक थारु कल्याणकारिणी सभाले फाँसीको डोरी जलाएको छ। सभाले राजधानीसहित तराईका विभिन्न जिल्लामा फासीको डोरी जलाएको हो।
राज्यले थारुहरुलाई फासीको डोरीमा चढाएको भन्दै डोरी जलाएर सांकेतिक विरोध गरेको सभाका राजकुमार लेखीले बताए। उनका अनुसार बानेश्वरमा फासीको डोरी जलाएर विरोध गरिएको हो। राज्य र चार दलका नेताले नटेरे आन्दोलन चर्काउने चेतावनी दिए। Continue reading “फासीको डोरी जलाएर सांकेतिक विरोध”
शीर्ष नेतालाई कैलालीमा टेक्न नदिने लक्ष्मण थारुको चेतावनी (भिडियोसहित)
लखन चौधरी/धनगढी
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले ६ प्रदेशमा सहमति गर्ने शीर्ष नेताहरुलाई कैलाली जिल्लामा पाइला टेक्ना नदिने चेतावनी दिएका छन्। कैलाली-कञ्चनपुरसहितको थारु बाहूल्य जिल्लालाई थरुहट/थारुवान बनाउनुपर्ने माग गर्दै बुधबार पनि धनगढीमा निकालिएको विशाल विरोध जुलुसलाई सम्बोधन गर्दै थारूले उक्त चेतावनी दिएका हुन्। Continue reading “शीर्ष नेतालाई कैलालीमा टेक्न नदिने लक्ष्मण थारुको चेतावनी (भिडियोसहित)”







