मध्यरातमा थारु सभासद्ले के गरे?

Tharu Lawmaker in Singdarbar 06

शनिबार राति शीर्ष नेताहरुबीच सहमतिको भइरहँदा थारु सभासद्हरु संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिको बैठकका लागि कुरी बसेका थिए। ११ बजे बोलाइएको बैठक अबेर रात ११ बजेसम्म नहुँदा जति आक्रोशित थिए थारु सभासद्हरु त्यति नै धेरै संघीयताको नयााँ खाकालाई लिएर थिए।

Tharu Lawmaker in Singdarbar 05

संघीय प्रदेशमा चित्त नबुझाएका र बेलैमा बैठक नगरेको भन्दै समितिका केही सभासद्हरु शीर्ष नेताहरुलाई घेराउन गर्न पुगेका थिए। जसमा गोपाल दहित, योगेन्द्र चौधरीसँगै अन्य सभासद्ले शीर्ष नेताहरुविरुद्ध नाराबाजी गरेका थिए। उनीहरुले ‘पावर सेयरिङ’ हुँदै हो भनेर नाराबाजी गरे। उनीहरुलाई आश्वस्त पार्न समितिका सभापति बाबुराम भट्टराईले एकछिन धैर्य गर्न आग्रह गरेका थिए।

Tharu Lawmaker in Singdarbar 04

गच्छदारले सहमति गर्ने मनसाय बनाएपछि फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले ‘गच्छदारलाई देखाइदिन्छौं’ भनी सम्बाद समितिको बैठक बहिस्कार गरेका थिए। रामजनमसँगै मध्यरातमा बैठक बहिस्कार गरी योगेन्द्र चौधरी र जनकराज चौधरी बाहिरिएका थिए।

गोपाल दहित र गंगा थारु भने सम्बाद समितिको बैठक कुरी बसेका थिए। साढे १२ बजे बसेकाे बैठक क्षणभरमै स्थगित भएपछि उनीहरु पनि गन्तव्यमा लागेका थिए।

Tharu Lawmaker in Singdarbar 03

शीर्ष नेताको विरोध गर्दै थारु सभासद्लगायत अन्य सभासद्हरु।

Tharu Lawmaker in Singdarbar 02

चार थारु सभासद् सम्बाद समितिको हलमा छलफल गर्दै।

Tharu Lawmaker in Singdarbar 01

फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरी।

Tharu Lawmaker in Singdarbar 09

थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहित।

Tharu Lawmaker in Singdarbar 07

थरुहट तराई पार्टी नेपालका सभासद् गंगा थारु र संघीय सद्‍भावनाका सभासद् डिम्पल झा।

Tharu Lawmaker in Singdarbar 08

फोरम लोकतान्त्रिकका सभासद् योगेन्द्र चौधरी र पत्रकार ऋषि धमला कुराकानी गर्दै।

सीमांकनको विरोध गर्दै थारु सभासदले मस्यौदा च्याते

शनिबार राति शीर्ष नेताको विधरो गर्दै गोपाल दहित, योगेन्द्र चौधरीलगायत।
शनिबार राति शीर्ष नेताको विधरो गर्दै गोपाल दहित, योगेन्द्र चौधरीलगायत।

थारु बाहूल्य कैलाली-कञ्चनपुरलाई पहाडमा मिसाएको भन्दै विभिन्न दलका थारु सभासदले मस्यौदा च्यातेर सांकेतिक विरोध गरेका छन्। आइतबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, एमाओवादीका केही थारु सभासदले संविधानको मस्यौदा च्यातेर बैठक बहिष्कार गरेका हुन्। Continue reading “सीमांकनको विरोध गर्दै थारु सभासदले मस्यौदा च्याते”

गच्छदार दुःखी कि खुसी? दस तस्बिर हेर्नुस्

Biay Kumar Gachhdar

शनिबार मध्यरातको सहमतिमा विजय गच्छदार प्रमुख केन्द्र बनेका थिए। उनीमाथि मधेसी, जनजाति र आफ्नै समुदाय थारुको दबाब त थियो नै, शीर्ष नेताहरुले पनि हस्ताक्षर दबाब दिएको बुझियो।

दुईदिनअघि नै मोटामोटी सहमति गरेको शीर्ष नेताहरुले तराईका पाँच जिल्ला झापा, मोरङ, सुनसरी र कैलाली, कञ्चनपुर पहाडसँग गाभिएको भन्दै गच्छदार सहमतिमा हस्ताक्षर गर्न मानेका थिएनन्। यही सहमतिका कारण उनी जनताका राय लिन गृहजिल्ला पुगेका थिए।

एक रात बसेर फर्किएका उनले थारु समुदायको दबाबमा शुक्रबार सहमति पत्रमा हस्ताक्षर गरेनन्। तर शनिबार मध्यरात उनले हिच्किचाउँदै हस्ताक्षर गरे। सहमति पत्र हातमा परिसक्दा पनि उनी निकैबेर टोलाएरका थिए।

पार्टीका थारु सभासद्हरुले उनलाई हस्ताक्षर गरे भोलि देखाइदिने चेतावनी दिएर बाहिरिएका थिए। उनीसँग निकट मानिएका कैलालीका सभासद् रामजनम चाैधरीले त सञ्चारकर्मीसँग भनेका थिए- उहाँले हस्ताक्षर गर्नुभयो भने हामीले पनि भोलि के गर्छौं भनेर देखाइदिन्छौं।

गच्छदारले भने राजनीतिक संकट र विनाशकारी भूकम्पपछि देशलाई संविधानको आवश्यक महसुस भएको भन्दै सहमति पत्रमा हस्ताक्षर गरेको बताए। उनले सम्बोधन गर्दै भने- आफ्ना फरक मत राखेर हस्ताक्षर गर्दैछु। थारु, मधेसी, दलितलगायतका सबै साथीहरुले यसलाई बुझिदिनुहुन्छ भन्ने विश्वास लिएको छु।

हेरौं गच्छदारका दस तस्बिर
Bijay Gachhdar 15

Bijay Gachhdar 14

Bijay Gachhdar 13

Bijay Gachhdar 09

Bijay Gachhdar 12

Bijay Gachhdar 07

Bijay Gachhdar 05

Bijay Gachhdar 04

Bijay Gachhdar 03

Bijay Gachhdar 01

 

हस्ताक्षर गर्ने बेला किन हिच्किचाए गच्छदार ? (तस्बिर/भिडियो)

4 party leader 04

मध्यरातमा सिंहदरबारस्थित संविधान सभा सचिवालयमा चार दलका शीर्ष नेताहरुबीच सहमतिमा हस्ताक्षर गर्ने तय भयो। पत्रकारलाई त्यो ऐतिहासिक क्षणको दृश्य उतार गर्न शीर्षहरुको बैठक कक्षमा डाकियो। धेरै दिन, धेरै प्रहर सिंहदरबारको निर्णायक कक्षबाहिर सहमतिको व्यग्र प्रतिक्ष गरेका पत्रकारहरु जब कक्षभित्र प्रवेश गरे उनीहरुका तिर्खाएका क्यामेरा धडाधड सक्रिय भए। Continue reading “हस्ताक्षर गर्ने बेला किन हिच्किचाए गच्छदार ? (तस्बिर/भिडियो)”

अन्ततः विजय गच्छदारले गरे हस्ताक्षर (पूर्ण पाठसहित)

4 party leader 04

प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सीमाङ्कनसहितको सङ्घीयताको संविधानको मस्यौदामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सहमति पत्रमा आज मध्यराति हस्ताक्षर गर्नुभएको हो । Continue reading “अन्ततः विजय गच्छदारले गरे हस्ताक्षर (पूर्ण पाठसहित)”

रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा

Ramjanam Chaudhary

थारु सभासद्हरुले ‘थारु सभासद् संघर्ष समिति’ गठन गरेका छन्। थारु मुद्दा सशक्तरुपमा उठाउने उद्देश्यले संविधानसभाभित्रका थारु सभासद्हरुले संघर्ष समिति गठन गरेका हुन्। जसको संयोजकमा रामजनम चौधरी छन्। प्रवक्तामा एमाओवादीका अमनलाल मोदी र कोषाध्यक्षमा नेपाली कांग्रेसका तेजुलाल चौधरी छन्। समितिको सदस्यमा सबै थारु सभासद्हरु छन्। Continue reading “रामजनम चाैधरी नेतृत्वमा थारु सभासद् संघर्ष समिति घोषणा”

प्रचण्ड र गच्छदारलाई थारु सभासद्को चेतावनी- कैलाली-कञ्चनपुरलाई अखण्ड सुपमा नगाभ

फाइल तस्बिर
फाइल तस्बिर

विभिन्न दलका थारु सभासदले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई भेटी कुनै पनि हालतमा कैलाली-कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा नपार्न चेतावनी दिएका छन्।

विभिन्न दलका थारु सभासदले शनिबार दाहाल र गच्छदारलाई छुट्टाछुट्टै रुपमा भेट गरी सो चेतावनी दिएका हुन। सो अवसरमा सभासदहरुले एमाओवादीलाई आफ्नो अडानबाट पछि नहट्न आग्रह गरेको भेटमा सहभागी सभासद गोपाल दहितले जानकारी दिए । जवाफमा दाहालले आफ्नो अडान यथावत राखेर सहमतिको प्रयास गरिएको बताएका थिए । दाहालले संविधान जारी गर्न सबैले केही न केही त्याग गर्नुपर्ने भन्दै तर त्यसका लागि कसैको पनि अधिकार कुण्ठित नपार्ने आश्वासन दिएका थिए।गच्छदारसँगको भेटमा सभासदले चार दलीय मोर्चा छोडेर आन्दोलनमा आउन आग्रह गरेका थिए । उनीहरुले आन्दोलनमा आए आफूहरुको साथ रहने बताएका थिए । जवाफमा गचछदारले आन्दोलन भन्दा पनि अहिलेको आवश्यकता संविधान बनाउनु रहेको भन्दै सबैको जित हुनेगरी संविधान निर्माण गर्ने काम भइरहेको बताएका थिए ।

विभिन्न दलका थारु सभासद एमाओवादी आफ्नो अडानबाट पछि हटेको सुचना पाएको भन्दै शनिबार विहानै एमाओवादी अध्यक्ष दाहालसँग भेट गरेका थिए।

चितवनका थारुले के का लागि आन्दोलन गर्ने ?

Kari Mahtoकारी महतो।
थारुहरुले हकहित र संवैधानिक अधिकारका लागि आवाज उठाएको दशकौं भइसक्यो। तर थारु समुदायले चाहेका विषयको उल्टो दिशामा देश दौडिरहेको हुँदा थाकसलगायत थारु समुदायका थुप्रै सामाजिक संघसस्थाहरुले गोलबद्ध भइ चरणबद्ध आन्दोलनको घोषणा नै गरेको छ। Continue reading “चितवनका थारुले के का लागि आन्दोलन गर्ने ?”