लुम्बिनी अञ्चललाई नटुक्य्राउन दबाब, थारु सभासद्को समर्थन

lumbini-mayadevi-pond

लुम्बिनी अञ्चलबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद्हरुले प्रदेशको सीमाङ्कन गर्दा लुम्बिनी अञ्चललाई नटुक्य्राउन शीर्ष नेताहरुलाई दबाब दिएका छन्। शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले लुम्बिनी अञ्चलका सबै जिल्लालाई एकै प्रदेशमा समेट्न आग्रह गरे। Continue reading “लुम्बिनी अञ्चललाई नटुक्य्राउन दबाब, थारु सभासद्को समर्थन”

सिकलसेल एनिमिया रोगका बिरामीको निःशुल्क उपचार हुने

दाङमा आयोजित सिकलसेल रोगको परीक्षण गर्दै थारु समुदाय।
दाङमा आयोजित सिकलसेल रोगको परीक्षण गर्दै थारु समुदाय।

नेपालगन्ज- भेरी अञ्चल अस्पतालले सिकलसेल एनिमिया रोगबाट प्रभावितको निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था मिलाएको छ। सो अस्पतालका प्रमुख चिकित्सक श्यामसुन्दर यादवका अनुसार आर्थिक अभावका कारण रोगको उपचार गर्न नसक्ने पश्चिम नेपालका नागरिकको निःशुल्क उपचारका लागि बढीमा रु एक लाखसम्मको खर्चमा उपचार गर्ने व्यवस्था मिलाएको छ। Continue reading “सिकलसेल एनिमिया रोगका बिरामीको निःशुल्क उपचार हुने”

तराईमा तीन प्रदेश : गच्छदार

Gachhadar Express his View

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले मधेस–तराईमा तीन प्रदेश हुनुपर्ने प्रस्ताव राखेको बताएका छन्। उनले आफ्नो प्रस्तावमाथि छलफल भइरहेकाले शुक्रबार १२ बजेसम्ममा सहमति हुने दाबी गरे। Continue reading “तराईमा तीन प्रदेश : गच्छदार”

सिकलसेलको अनुसन्धान वैज्ञानिक तरिकाबाट, अवस्था डर लाग्दो

अविनाश चौधरी
धनगढी- कैलालीको सेती अञ्चल अस्पतालले वैज्ञानिक तरिकाबाट सिकलसेल एनिमिया रोगको अनुसन्धान गरेको छ। फिजिशियन डा. शुभेषराज कायस्थको नेतृत्वमा पाँच जना चिकित्सकको टोलीले अनुसन्धान गरेको हो। छ महिनासम्म गरिएको अनुसन्धानबाट पश्चिमका थारु समुदायमा देखा परेको सिकलसेल रोगको अवस्था डरलाग्दो रहेको पाइएको डा. कायस्थले जानकारी दिए। Continue reading “सिकलसेलको अनुसन्धान वैज्ञानिक तरिकाबाट, अवस्था डर लाग्दो”

‘कैलाली-कञ्चनपुरलाई पहाडमा गाभ्ने कूचेस्टा नगरियोस्’

संविधानको मस्यौदा जलाउँदै कैलालीबासी। फाइल तस्बिर
संविधानको मस्यौदा जलाउँदै कैलालीबासी। फाइल तस्बिर

वीरेन्द्र चौधरी/धनगढी

चार ठूला दलका शीर्ष नेताहरुले सीमांकन र नामांकनलाई थाती राखेर संविधान जारी गर्ने दुष्प्रयास गरेको कैलाली बासीले आरोप लगाएका छन्। बिहीबार थारु कल्याणकारी सभाको अगुवाईमा थारुसँग आवद्ध १६ वटा सामाजिक संस्था र ९ वटा राजनीतिक पार्टीले संयुक्तरुपमा जिल्ला प्रशासान कार्यालय कैलालीमार्फत राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय, राजनीतिक सम्बाद तथा सहमति समितिलाई ज्ञापन पत्र बुझाएका छन्। Continue reading “‘कैलाली-कञ्चनपुरलाई पहाडमा गाभ्ने कूचेस्टा नगरियोस्’”

अखण्ड सुदूरपश्चिम कुनै हालतमा मान्दैनौं : थारु सभासद्

Ramjanam Chaudharyकैलाली र कञ्चनपुरका थारु सभासदले अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन्। कैलाली र कञ्चनपुरका १४ थारु सभासदले बिहीबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै अखण्ड सुदूरपश्चिम कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका हुन्। Continue reading “अखण्ड सुदूरपश्चिम कुनै हालतमा मान्दैनौं : थारु सभासद्”

झापा, मोरङ, सुनसरी पूर्वी पहाडमा गाभिने, कञ्चनपुर अखण्डमा

Mapसीमांकनको प्रमुख विवादीत विषय बनेको पूर्वको झापा, मोरङ र सुनसरी अन्नततः पूर्वी प्रदेशमा गाभिने भएको छ। औपचारिकरुपमा नेताहरुले केही नबताए पनि पूर्वी तराईका यी तीन जिल्ञला पूर्वी प्रदेशमा गिभिने लगभग निश्चित भएको छ। Continue reading “झापा, मोरङ, सुनसरी पूर्वी पहाडमा गाभिने, कञ्चनपुर अखण्डमा”

अखण्ड सुदूरपश्चिम मागमा प्यारेलाल रानाको हस्ताक्षर

pyarelal rana tharu

संविधानसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दल सम्बद्ध ३५ जना सभासद्ले अखण्ड सुदूरपश्चिमको माग गर्दै प्रमुख राजनीतिक दलका शीर्ष नेता र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापतिलाई स्मरणपत्र बुझाएका छन्। संविधानका विवादित विषयमा सहमति जुटाउन बसिरहेको प्रमुख चार राजनीतिक दलका शीर्ष नेताको बैठकमै सो क्षेत्रका सभासद्ले एक स्मरणपत्र बुझाई विगतमा भएको सहमतिको स्मरण गराएका हुन्। Continue reading “अखण्ड सुदूरपश्चिम मागमा प्यारेलाल रानाको हस्ताक्षर”

सिकल सेलविरुद्ध राष्ट्रिय जागरण दिवस

क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। तस्बिर : विवेक चौधरी
क्रियटिङ पोसिबिलिटिज नामक संस्थाले दाङमा आयोजना गरेको सिकेल सेल परीक्षण कार्यक्रममा रगत परीक्षण गराउँदै थारु समुदायका महिला। तस्बिर : विवेक चौधरी

दिलबहादुर चौधरी

आज सिकल सेल रोगविरुद्धको राष्ट्रिय जागरण दिवस, अर्थात दुई वर्ष अगाडि (२०७० साल श्रावण २० गते) राष्ट्रिय साप्ताहिक खबर पत्रिका हिमालमा यस रोगबारे खबर छापिएको दिन, भेरी अञ्चल अस्पतालका फिजिसियन डा.राजन पाण्डे लगायतका डा.हरुको यसबारे खुल्ला अन्तर्बार्ता छापिएको दिन, कैलाली जिल्लाको थारु नागरिक समाज, थारु कल्याणकारिणी सभा, थारु महिला सभा, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीद्वारा संयुक्त एवं संगठित रुपमा पहिलो चोटी आवाज बुलन्द गरेको दिन, पहिलो चोटी पत्रकार सम्मेलन गरेको दिन, पहिलो चोटी जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापन पत्र दिएको दिन हो। Continue reading “सिकल सेलविरुद्ध राष्ट्रिय जागरण दिवस”