नयाँ संविधानका विषय बिहीबार टुङ्गो लाग्ने

 तस्बिर : कुमार श्रेष्ठ/रासस
तस्बिर : कुमार श्रेष्ठ/रासस

काठमाडौं- संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिमा कार्यदलले दिएको प्रतिवेदनका अतिरिक्त नयाँ संविधानसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयवस्तुमा केन्द्रित रहेर छलफल भएको छ। कार्यदल र विशेष समितिले समानान्तर ढङ्गले काम गरिरहेको तथा राजनीतिक प्रकृतिका विषयमा शीर्ष नेताबीच अनौपचारिक तर विषयवस्तु टुङ्ग्याउने गरी छलफल भइरहेको छ। Continue reading “नयाँ संविधानका विषय बिहीबार टुङ्गो लाग्ने”

सभाध्यक्षलाई थाकसको ज्ञापन पत्र

 Tha ka sa meet Subhash Chandra Nemwang 02

थारु कल्याणकारिणी सभा (थाकस)ले संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई ज्ञापन पत्र बुझाएको छ। सभाका अध्यक्ष धनिराम चौधरी नेतृत्वको टोलीले थारु हक अधिकार सुनिश्चित हुनुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो। Continue reading “सभाध्यक्षलाई थाकसको ज्ञापन पत्र”

पत्रकार कमला चौधरी आइभिए अवार्डबाट सम्मानित

Journo Kamala Chaudharyआदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि थारु समुदायबाट कमला चौधरी मनोनित भएकी छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ ( आइभिए अवार्ड)बाट पुरस्कृत हुनेमध्येमा चौधरी छनौटमा परेकी हुन्।  Continue reading “पत्रकार कमला चौधरी आइभिए अवार्डबाट सम्मानित”

सुरेन्द्रजी, तपाईँ नै थारुको सिके राउत बन्ने कि?

सन्जय चौधरी थारु।

थारुवान डटकममार्फत् तपाईँको ‘सीके राउतलाई थारुहरुले ज्वाइन गरे हुन्छ’ शीर्षक अन्तर्वार्ता पढेँ। अन्तर्वार्ता पढेर केही नलेखी बस्न सकिएन।
थारुले थरुहट आन्दोलन आफ्नो पहिचान र अधिकारको लागि गरेको थियो, मधेसी बन्न हैन। म मान्छु कि तपाईँ थरुहट आन्दोलनदेखि सक्रिए हुनुहुन्छ। जतिबेला म फलामेढोका पनि पार गरेको थिइनँ। अहिले पनि तपाईँ विशेषज्ञ हुनुहुन्छ, म स्नातक अध्यनरत विद्यार्थी। Continue reading “सुरेन्द्रजी, तपाईँ नै थारुको सिके राउत बन्ने कि?”

सीके राउतलाई थारूले ज्वाइन गरे हुन्छ : सुरेन्द्र चौधरी (अन्तर्वार्ता)

संयोजक, संयुक्त लोकतान्त्रिक थारू मोर्चा
संयोजक, संयुक्त लोकतान्त्रिक थारू मोर्चा

सुरेन्द्र चौधरी जुझारु युवा नेता हुन्। युएनडीपीमा करीब ७ बर्ष जति नेपालको संविधान निर्माण प्रकृयाको सहयोगको लागि खुलेको परियोजना प्रमुखको रूपमा तथा युएनडीपीमै रहेर अफि्रकी मुलुक लाइबेरियामा संविधान निर्माण प्रक्रियाको सल्लाहकारको रूपमा पनि काम गरेको अनुभव छ उनीसंग। त्यस्तै, २ वर्ष विश्व बैंकमा आदिवासी जनजातिहरूको सामाजिक सुरक्षा तथा विकासको सहभागितामा दिइने अनुदानमा कस्तो रणनीति बनाइनुपर्छ भन्ने परियोजनाको कन्सलटेण्ट थिए। संयुक्त लोकतान्त्रिक थारू मोर्चाको संयोजकको नाताले थरुहट आन्दोलनलाई पनि नजिकबाट नियालेका छन् उनले। प्रस्तुत छ, मस्यौदा संविधानमा केन्द्रित रही इण्डिजिनियस भ्वाइसका लागि कृष्णराज सर्वहारीले उनीसंग गरेको कुराकानी। Continue reading “सीके राउतलाई थारूले ज्वाइन गरे हुन्छ : सुरेन्द्र चौधरी (अन्तर्वार्ता)”

सीताराम चौधरी नेतृत्वको नयाँ कार्यसमिति यस्तो छ…

BTBM Convention 08

बर्दियाली थारु विकास मञ्चको छैटौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। मञ्चले सीताराम चौधरी नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा महेश चौधरी, उपाध्यक्षमा राजु चौधरी र महिला उपाध्यक्षमा कमला चौधरी चयन भएका छन्।

BTBM Convention 07

त्यस्तै महासचिवमा सुमन चौधरी, उपमहासचिवमा आशा चौधरी, सचिवमा निलम अरुणा चौधरी, कोषाध्यक्षमा दिनेश चौधरी छन्। सदस्यमा गीता चौधरी, प्रमिला चौधरी, श्याम चौधरी, टेकलाल चौधरी, मञ्जु चौधरी, विन्तिराम चौधरी, महेश चौधरी, ईश्वर चौधरी र नेपालु चौधरी छन्।

BTBM Convention 06

राजधानीको नेपाल पर्यटन बोर्डको सभाहलमा भएको महाधिवेशनमा विभिन्न व्यक्तिलाई सम्मान पनि गरिएको थियो। संस्थापक अध्यक्ष मीनराज चौधरी, टन्डन चौधरी, सुरेन्द्रप्रसाद चौधरी र राजाराम चौधरीलाई सम्मान गरिएको थियो। कार्यक्रममा क्यापटेन गजेन्द्र दहित, शाखा अधिकृत प्रसादु थारु र मीना चौधरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

BTBM Convention 03कार्यक्रममा चम्पन सांस्कृतिक समूहको दोस्रो प्रस्तुतीको रुपमा ‘बिन्दास’ नामक एल्बम विमोचन गरिएको थियो। थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहित, गंगा थारुलगायतले एल्बम विमोचन गरेका थिए। सोही अवसरमा गर्लफ्रेन्ड नामक गीत पनि प्रस्तुत गरिएको थियो।BTBM Convention 02

कार्यक्रममा सभासद् गोपाल दहित, गंगा थारु र एमाओवादी सभासद् मानबहादुर चौधरीले स्वयत्त थरुहट प्रदेशको माग गरेका थिए। नयाँ संविधान जारी हुँदै गर्दा थारु समुदायका हक अधिकार सुनश्चित नभएको र राज्यले थारु समुदायलाई विभेद् गर्दै आएको बताउँदै उनीहरुले थारु समुदाय यही बेला जुरुमु्राउनुपर्ने भएको बताए।

कस्तो संस्था हो बर्दियाली थारु विकास मञ्च?

BTBM Convention 01राजधानीमा बस्ने बर्दियाका थारुहरुले यो संस्था २०५९ सालमा गठन गरेका थिए। थरुहट तराई पार्टी नेपालका सचिव मीनराज चौधरी नेतृत्वमा संस्थाको जन्म भएको थियो। वनभोज कार्यक्रम आयोजना गर्ने उद्देश्यले खोलिएको यो संस्थाले पछिल्लो समय समाजिक कार्यमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ। संस्थाले थारु हकअधिकारको मुद्दा पनि उठाउँदै आएको छ।

BTBM Convention 04कमैया/कमलरी आन्दोलन, थरुहट आन्दोलन, सांस्कृतिक र्‍याली, थारु नृत्यलगायतमा यो संस्थाले अग्रनी भूमिका निर्वाह गर्दै आएको छ। मीनराज चौधरी पछि क्रमशः टन्डन चौधरी, सुरेन्द्रप्रसाद चौधरी र राजाराम चौधरीले संस्था सम्हालेका थिए।

BTBM Convention 05

सीताराम चौधरी भने दोस्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन्। यसअघपि पर्यटन बोर्डको हलमै उनी अध्यक्षमा निर्वाचित भएका थिए।

थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस्

सीमांकन गरेर संविधान जारी गर्न शीर्ष नेताबीच सैद्धान्तिक सहमति

 तस्बिर : कुमार श्रेष्ठ/रासस
तस्बिर : कुमार श्रेष्ठ/रासस

प्रमुख चार राजनीतिक दलका शीर्ष नेता सङ्घीय प्रदेशको सीमा निर्धारण गरेर संविधान जारी गर्न सैद्धान्तिकरुपमा सहमत भएका छन्। सिंहदरबारमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा सङ्घीयताको विषयमा आम जनताको चाहनाअनुसार प्रदेशको सीमाङ्कन गर्न सैद्धान्तिकरुपमा सहमत भएको हो।  Continue reading “सीमांकन गरेर संविधान जारी गर्न शीर्ष नेताबीच सैद्धान्तिक सहमति”

दुम्सी मार्न गएका दाङका दुई चौधरीको मृत्यु

Dumsiदाङको राजपुर गाविस-७ को सालभौरी जङ्गलमा दुम्सी मार्न ओढारमा पसेका दुई जनाको निस्सासिर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय कुलराज चौधरी र ३८ वर्षीय दुखराम चौधरी छन्। Continue reading “दुम्सी मार्न गएका दाङका दुई चौधरीको मृत्यु”

नवलपरासीमा थारु पत्रकार संघ गठन

Tharu Journalist Association

नवलपरासीका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको एक भेलाबाट साउन १६ गते जीतनारायण थनेतको अध्यक्षतामा ९ सदस्यीय थारु पत्रकार संघको नवलपरासी जिल्ला शाखा गठन भएको छ। नवलपरासीको कावासोती-१५, बाघखोरस्थित अमलटाँरी मध्यवर्ती होमस्टेमा भएको एक भेलाबाट गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा मुना चौधरी, सचिवमा मुस्कान महतो, सहसचिवमा पृथ्वी महतो, कोषाध्यक्षमा सरु चौधरी, सदस्यहरुमा लक्ष्मी चौधरी, चुडामणि महतो, प्रिया चौधरी र सुनैना चौधरी सर्वसम्मत चयन भएका छन् । Continue reading “नवलपरासीमा थारु पत्रकार संघ गठन”