थारु मेघा लोटाई

Lucky Chaudharyलक्की चौधरी-
थारु शब्द ‘मेघ’, ‘मेघी’ अथवा ‘बेङ’ को अर्थ भ्यागुता भन्ने हुन्छ । ‘मेघ’ भनेको भाले भ्यागुता र ‘मेघी’ ‘बेङ’ भनेको पोथी भ्यागुता हो । ‘मेघा’ ठूलो आकारको पहेलो रङ्को ट्वार्र कराउँदा घाँटीमा ठूलो बेलुन आकारको फुल्का फुल्ने भ्यागुतो हो । यसलाई ‘बेङा’ पनि भनिन्छ । (थारु–नेपाली–अंग्रेजी शब्दकोश २०५४ ले सानो आकारको पोथी भ्यागुतालाई ‘मेघुट्या’ भनेर अथ्र्याएको छ ।) Continue reading “थारु मेघा लोटाई”

थारु सभासदद्वारा ‘थारु आयोग’ गठनको माग

unnamed

लक्की चौधरी- काठमाडौं- थारु समुदायले महिला र दलित आयोगलाई संवैधानिक आयोगको मान्यता दिएजस्तै थारुको छुट्टै संवैधानिक थारु आयोग बनाउन माग गरेका छन् । Continue reading “थारु सभासदद्वारा ‘थारु आयोग’ गठनको माग”

चहर्‍याइरहेको घाउः बाँदरमुढे

Bander Mude Stambha 2कृष्णराज सर्वहारी।

२०७१ सालमा दर्जनपटक चितवनको भरतपुर–टाँडी, वीरेन्द्रनगर-कोराक रुटको चक्कर यो पंक्तिकारले काट्यो। कोराक गाविसमा चेपाङलाई लक्षित गरी कक्षा १ को किताब तयार पार्ने क्रममा सो दौडधुप भएको थियो। तर चितवनको माडी क्षेत्र जाने साइत ती कुनै यात्रामा जुरेन। कीर्तिपुरमा सँगै पढेका मित्र ललित चौधरीले आफ्नो क्षेत्र माडी बाइकमा घुमाउन लाने प्रस्ताव राखे। म फुरुंग परें। तर पहिलो गाँसमा ढुंगा भनेझै काम विशेषले ती जान नपाउने भए। म एक्लै माडीको अन्तिम बसमा चढेँ। Continue reading “चहर्‍याइरहेको घाउः बाँदरमुढे”

पूर्वमा बालविवाह रोक्दै महिला सभा

Daijoथारु समुदायमा कलिलै उमेरमा विवाह गर्ने प्रचलन पुरानै हो। यसको प्रमुख कारण शिक्षा हो। तर आज त्यो अवस्था छैन। थारु समुदाय पनि शिक्षित जमात बढेको छ। बालविवाह भने अझै उस्तै छ। दाइजो र बालविवाह मौलाउँदै गएपछि थारु महिला सभाले यसविरुद्ध अभियान थालेको छ। अभियानअन्तर्गत उनीहरुले भइरहेको बालविवाह रोक्न सफल पनि भएको छ। Continue reading “पूर्वमा बालविवाह रोक्दै महिला सभा”

नेपालको संविधान २०७२ को मस्यौदा यस्तो छ…

CA-building

नेपालको स‌ंविधान २०७२ को प्रारम्भिक मस्यौदा आज संविधानसभामा प्रस्तुत गरिएको छ। संविधानसभामा प्रस्तुत भए लगत्तै यसलाई सार्वजनिक गरिएको छ।  हेरौँ के छ मस्यौदामा ?  Continue reading “नेपालको संविधान २०७२ को मस्यौदा यस्तो छ…”

मधेसी दलले संविधानसभामै मस्यौदा च्याते

Drafe

संघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन्। मंगलबार बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले एकीकृत मस्यौदा टेबल गरेका थिए। सिटौलाले मस्यौदा पेश गरेलगतै नाराबाजी गर्दै फोरम नेपाल, तमलोपा लगायतका दलका सभासदहरु रोष्टम घेराउ गर्न पुगे। राप्रपा नेपालका सभासदहरुले पनि विरोध गर्दै नाराबाजी गरेका थिए। Continue reading “मधेसी दलले संविधानसभामै मस्यौदा च्याते”

थाकसको नीतिविपरी कार्य गर्ने जिल्ला सभापतिसँग स्पष्टीकरण माग

Thakasaथारु कल्याणकारिणी सभाले नीतिविपरीत कार्य गर्ने तीन जिल्लाका सभापतिसँग स्पष्टीकरण माग गरेको छ। बुटवलमा बसेको केन्द्रीय कार्यसमिति बैठकले मोरङ, सुनसरी र कैलालीका सभापतिहरुसँग स्पष्टीकरण माग गरेको छ। सभाले पूर्वअध्यक्ष चन्द्रकुमार चौधरीले बरबुजारत नबुझाएको भन्दै अन्तिमपटक १५ दिने म्याद दिएको छ। यो अवधिमा पनि नबुझाए प्रचलित नियमअनुसार कारबाही प्रकृया अगाडि बढाउने बैठकले निर्णय गरेको छ। Continue reading “थाकसको नीतिविपरी कार्य गर्ने जिल्ला सभापतिसँग स्पष्टीकरण माग”

त्यसै आएको होइन कमलरी मुक्ति दिवस !

पश्चिम तराईका १२ हजार बढी कमलरीले आज मुक्ति दिवस मनाउँदैछन्। २०७० असार १३ गतेको मन्त्रपरिषद् बैठकले कमलरी मुक्तिको घोषणा गरेको थियो। त्यो दिनका लागि भने कमलरीहरुले ठूलो संघर्ष गर्नुपर्योम। उनीहरुले दुई साता लामो राजधानी केन्द्रीत आन्दोलन गरे। सिंहदरवार घेराउ गर्न गएका उनीहरुमाथि २०७१ जेठ १९ गते प्रहरीले दमनसमेत गर्योउ। प्रहरीका लाठीले उनीहरु ठाउँका ठाउँ बेहोस भए। अस्पताल भर्ना भए। डिआइजी नेतृत्वमा छानबिन टोली बन्यो। सरकार र मुक्त कमलरी संघर्ष समितिबीच दस बुँदे सहमति भयो। कमलरीहरु घर फर्किए। तर छानबिन टोलीले न कुनै प्रतिवेदन सार्वजनिक गर्योा। न सरकारले उनीहरुका माग नै सम्बोध गर्यो। Continue reading “त्यसै आएको होइन कमलरी मुक्ति दिवस !”

कमलरी मुक्ति दिवस : सरकारी लापरबाहीको पराकाष्टा

attacj in kamalari girl-3

मानबहादुर क्षत्री।
दुई वर्षपहिले असार १३ कै दिन सरकारले कमलरी मुक्तिको घोषणा गरेपछि मुक्त कमलरी तथा उनीहरुलाई सहयोग गर्ने संघ/संस्थाले यो दिनलाई कमलरी मुक्ति दिवसका रूपमा मनाउँदै आएका छन्। यो दिवस मनाउनुको सार्थकता यस अर्थमा पनि छ कि यही मुक्ति घोषणा गराउन उनीहरुले १३ वर्षसम्म संघर्ष गर्नुपर्योउ। २०५७ सालमै सरकारले कमैया मुक्त भएका घोषणा गरेको थियो र त्यो घोषणाका आधारमा बनेको कमैया ऐनले कमैयाको परिभाषामा कमलरी पनि समेटेको थियो। तर ऐनले समेटे पनि यो घोषणा र यसअन्तर्गतका कार्यक्रमले कमलरीलाई भने सँगै लैजान सकेन। फलस्वरूप कमलरी (जो अधिकांश मुक्त कमैयाकै छोरी/चेली हुने गर्थे) आफ्ना बाबु/दाजु मुक्त हुँदा पनि दासी जीवन बिताउन बाध्य नै भए। जाने गइरहे, राख्नेले राखिरहे, दुःख पाउनेले पाइरहे। सोझो अर्थमा भन्दा कमैया मुक्ति घोषणाले कमलरीलाई छुँदै छोएन। Continue reading “कमलरी मुक्ति दिवस : सरकारी लापरबाहीको पराकाष्टा”

छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार

Chhabilal Kopila

थारु साहित्यकार छबिलाल चौधरी ‘कोपिल’ क्षेत्रीय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन्। सरकारले भाषा तथा साहित्य विधाअन्तर्गत मध्यपश्चिमाञ्चलबाट दाङ निवासी छबिलाल चौधरीलाई सो पुरस्कार दिने निर्णय गरेको हो। Continue reading “छबिलाल कोपिललाई क्षेत्रीय प्रतिभा पुरस्कार”