मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चार दलबीच भएको १६ बुँदे सहमतिविपरीत सर्वोच्च अदालतबाट आदेश आउनु प्रायोजित भएको बताएकाका छन्। उनले बिभिन्न शक्ति केन्द्रहरू नेपालमा संविधानसभाबाट संविधान निर्माण हुन नदिने खेलमा लागेको बताए। अदालतको आदेश पनि कुनै शक्तिकेन्द्रको प्रायोजित भएको उनको दाबी थियो। Continue reading “विराटनगर पुगेर गच्छदारले भने- ‘सर्वोच्चको आदेश प्रायोजित’”
Author: admin
बर्दिया डुबानमा
सिकल सेल परीक्षण
हामी जित्यौं
बलात्कारको झुठो अभियोग लगाउने थारु महिलालाई १५ दिन कैद
अदालतले ३ जना युवाविरुद्ध जबर्जस्ती करणी सम्बन्धी झुठा मुद्दा दिएकी थारु समुदायकी एक महिलालाई १५ दिन कैदको सजाय गरेको छ। संगीन किसिमको हुँदै नभएको जाहेरी दिएर ती युवाहरुलाई फसाउन खोजेको भन्दै ३५ वर्षकी ती महिलालाई अदालतले सो सजाय गरेको जनाएको छ। Continue reading “बलात्कारको झुठो अभियोग लगाउने थारु महिलालाई १५ दिन कैद”
थारु पत्रकार संघबाट विनिता र रत्ना चौधरी निलम्बित
थारु पत्रकार संघले पूर्वअध्यक्ष विनिता चौधरी र पूर्वकोषाध्यक्ष रत्ना चौधरीलाई संस्थाको साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको छ। शनिबार बसेको कार्यसमिति बैठकले रकम हिनामिना गरेको भन्दै निलम्बन गरेको संस्थाका अध्यक्ष लक्की चौधरीले बताए। Continue reading “थारु पत्रकार संघबाट विनिता र रत्ना चौधरी निलम्बित”
किन बन्द भयो गुम्राह थारु साँस्कृतिक संग्राहलय ?
सन्तोष दहित।
घोराहीदेखि दुई किलोमिटर दक्षिण पनौरा गाउँको पूर्वतिर करिब सय मिटर अगाडि थारु संग्राहलय छ। पूर्खाहरुले मान्दै आएका चालचलन, संस्कृति, रीतिरिवाज र भेषभूषालाई संरक्षण गर्ने उद्देश्यले २०६६ असार १७ गतेका दिन गुम्राह थारु साँस्कृतिक संग्राहलय स्थापना गरिएको थियो। करिब आठ लाख बराबरको लगानीमा स्थापना गरिएको संग्रहालयको उद्घालटन पूर्व सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले गरेका थिए। तर, केही वर्षदेखि यो संग्राहलय बन्द अवस्थामा छ। Continue reading “किन बन्द भयो गुम्राह थारु साँस्कृतिक संग्राहलय ?”
बर्दियाका ७ सय घर डुबानमा
बिहीबारदेखि परेको अविरल वर्षाले बर्दियामा करिब ७ सय सय घर डुवानमा परेका छन् । जिल्लाको बासगढी नगरपालिका– ५ खल्लागाउ‘स्थित सुकुम्बासी टोल, धधवार र ककौरा लगायत क्षेत्रमा ७ सय घर डुवानमा परेका हुन् । Continue reading “बर्दियाका ७ सय घर डुबानमा”
दाङमा सिकल सेल एनिमियाको परीक्षण हुँदै
थारु समुदायमा मात्र पहिचान भएको सिकल सेल एनिमिया रोगको परीक्षण दाङमा सुरु भएको छ। क्रियटिङ पोस्बिलिटिज नामक संस्थाको सहयोगमा यो रोगको परीक्षण क्यानाडेली मेडिकल टोलीले गर्दैछ। चितवन हुँदै दाङ पुगेको उक्त टोलीले दाङको विभिन्न गाउँमा दुई साता परीक्षण गर्ने क्रियटिङ पोस्बिलिटिजका दीनेशराज सापकोटाले बताए। उनका अनुसार अहिले दाङ देउखुरीको गंगापरसपुर गाविसका विभिन्न गाउँमा परीक्षण भइरहेको छ। परीक्षण गर्न थारु समुदायका मानिसहरुको बाक्लो उपस्थिति रहेको सापकोटाले बताए। Continue reading “दाङमा सिकल सेल एनिमियाको परीक्षण हुँदै”
बर्दियाका सबुरे थारु भन्छन्- ‘राजधानी त पैसा हुनेको हो’
सबुरे थारुले जिन्दगीको ७४ वसन्त पार गर्दासम्म नेपालको राजधानी देखेका थिएनन्। गाउँमा धेरैले उनीसँग काठमाडौँको बखान गर्ने गर्थे। ‘पशुपतिनाथ र धरहराको चर्चा धेरै हुने गर्थ्यो,’ सोमवार हातमा निलो झोला बोकेर सुन्धारास्थित सिभिल ट्रेड सेन्टरनजिक उभिइरहेका उनी गफिए, ‘मलाई पनि जाऊँ–जाऊँ लाग्थ्यो। आज ७४ वर्षको उमेर त्यो सपना पूरा भयो।’ Continue reading “बर्दियाका सबुरे थारु भन्छन्- ‘राजधानी त पैसा हुनेको हो’”



