पावर बैंक किन्दा ध्यान दिनुहोस्

मानिसका हातहातमा मोबाइल पुगेको छ। तर, मोबाइलको ब्याट्री अपर्झट सकिँदा मानिस समस्यामा पर्छन्। यस्तै समस्याबाट छुटकारा पाउन पावर बैंकको प्रयोग बढ्दै गएको छ। कतै घुम्न जाँदा होस् वा बत्ती नपुुगेको ठाउँमा, मानिस पावर बैंक लिएरै पुगेका हुन्छन्। अझ लोडसेडिङ भइरहने हाम्रोजस्तो देशमा यो प्रभावकारी पनि बन्दै गएको छ। यसको प्रभाव बढेरै होला अहिले बजारमा विभिन्न कम्पनीले पावल बैंकको उत्पादन र बिक्री सुरु गरेका छन्। ती सबै कम्पनीले आफ्नो पावर बैंकले छिट्टै ब्याट्री चार्ज गर्ने दाबी गर्छन्। यसले हामीजस्ता आममानिसलाई भ्रम सिर्जना गर्ने काम गर्छ। कस्तो पावर बैंक किन्दा उपयुक्त हुन्छ? यी कुरामा ध्यान दिऔँः Continue reading “पावर बैंक किन्दा ध्यान दिनुहोस्”

अमेरिकामा अमृत महतोले जिते गोल्ड मेडल

Amrit Mahato 03

कारी महतो।
अमेरिकाको क्यालिफोर्नियामा सम्पन्न भएको जेके ली ओपन इन्टरनेश्नल तेक्वान्दो टुर्नामेन्टमा पूर्वी चितवनका अमृत महतोले गोल्ड मेडल जितेका छन्। २०१५ जुन २० मा भएको उक्त टुर्नामेन्टमा विभिन्न तौल समूहका ५ वर्ष देखि ५० वर्षसम्मका ५ सयभन्दा बढी खेलाडीहरु सहभागी थिए। Continue reading “अमेरिकामा अमृत महतोले जिते गोल्ड मेडल”

मध्यपश्चिमलाई राष्ट्रपति सिल्ड, एथलेटिक्समा प्रमिला र सुनिल चौधरी च्याम्पियन

मध्यपश्चिमाञ्चलले राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। मध्यपश्चिमाञ्चल पहिलोपटक टिम च्याम्पियन बनेको हो। मध्यपश्चिमले २ सय ४२ अंक बटुलेको थियो। मध्यपश्चिमका एथलेटिक्स टिम प्रशिक्षक चन्द्र गुरुङले एथलेटिक्सटिम बलियो भएकाले उपाधि जित्न सफल भएको बताए।राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल १ सय ९७ अंकमा दोस्रो भयो भने १ सय ६९ अंकसाथ मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो।

Continue reading “मध्यपश्चिमलाई राष्ट्रपति सिल्ड, एथलेटिक्समा प्रमिला र सुनिल चौधरी च्याम्पियन”

बालविवाह रोक्ने अभियानमा मुक्त कमलरी

कञ्चनपुर- बालविवाह र बालश्रम रोक्नका लागि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका-९ नौखरीका सङ्गठित मुक्त कमलरी बालिका अग्रसर भएका छन्। अभिभावकलाई बालविवाह र बालश्रम गर्न पठाउँदा हुने जोखिमबारे यहाँका मुक्त कमलरी बालिका सचेतना छर्ने कार्यमा अग्रसर हुँदै आएका छन्। Continue reading “बालविवाह रोक्ने अभियानमा मुक्त कमलरी”

सभासद् चौधरी भन्छन्- ‘पिटाइ अजय चौरसियाले खाएको हो, मैले होइन’

Surendra Chaudharyनेपाली कांग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्रप्रसाद चौधरीले आफू नभइ अजय चौरसियाले कुटाइ खाएको बताएका छन्। सञ्चारमाध्यममा आफूले पिटाइ खाएको समाचार प्रकाशित भएपछि थारुवानसँग कुरा गर्दै चौधरीले उक्त समाचारको खण्डन गर्दै चौरसियाले पिटाइ खाएको दाबी गरेका छन्। Continue reading “सभासद् चौधरी भन्छन्- ‘पिटाइ अजय चौरसियाले खाएको हो, मैले होइन’”

शहिद कमल-विपिन स्मृति प्रतिष्ठान दर्ता

कारी महतो।
चितवन- देश र जनताका लागि समर्पित भइ आफ्नो जीवनको आहुति दिने उच्चकोटिका स्वर्गीय व्यक्तित्व नेपालमा धेरै छन्। तीमध्ये जसले आफ्नो शरीरको बलिदान दिएका छन् ती सबैलाई राज्यले पहिचान गरेको छैन। केहीलाई सम्मान स्वरुप शहिद शब्दको तक्माले विभूषित गरिएका छन्। Continue reading “शहिद कमल-विपिन स्मृति प्रतिष्ठान दर्ता”

पूर्वमन्त्री एवं पर्साका सभासद् सुरेन्द्र चौधरी कुटिए

Surendra Chaudharyनेपाली कांग्रेस पर्साका सभापति एवं सभासद सुरेन्द्रप्रसाद चौधरी जिल्ला कार्यसमितिको बैठकमा कुटिएका छन्। बैठकमा भएको छलफलमा विवाद चर्किएपछि उग्र बनेका चौधरी कुटिएको बैठकका सहभागीहरुले बताएका छन्। उनीहरुका अनुसार पर्सा क्षेत्र नमबर ४ को सदस्यता वितरण र पार्टीको आन्तरिक काम कारबाहीबारे छानबिनको प्रस्ताव पेस भएपछि चर्काचर्की सुरु भएको थियो। Continue reading “पूर्वमन्त्री एवं पर्साका सभासद् सुरेन्द्र चौधरी कुटिए”

बुधबार मध्यरातबाट बेपत्ता भएका घुम्मन चौधरीको हत्या

परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन्।  Continue reading “बुधबार मध्यरातबाट बेपत्ता भएका घुम्मन चौधरीको हत्या”

सिकलसेलका लागि ३७ लाख बजेट आयो

मुकेश टेंर्रा।
धनगढी- पश्चिम तराईमा महामारीको रुपमा फैलिएको सिकलसेल एनिमियाको निःशुल्क उपचार र मेसिन खरिदका लागि बजेट आएको छ। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सिकलसेल भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्न बजेट छुट्याएको छ। सो बजेट खर्च गर्न सेती अञ्चल अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते मात्रै अख्तियारी दिएको छ। Continue reading “सिकलसेलका लागि ३७ लाख बजेट आयो”

सफलतासँगै मुक्तिको खुसी, पूर्वकमलरी सीमा भन्छिन्- ‘म पनि एसएलसी पास भएँ’

देवेन्द्र बस्नेत।

‘म पनि एसएलसी पास भएँ, बल्ल बच्ने भएँ,’ यसो भनिरहँदा दाङ, नारायणपुरकी सीमा चौधरीका आँखाबाट आँसुको ठूलै ढिक्को फुटेर बहन थालिसकेको थियो।
यो आँसु दुःखको होइन भने होइन, हर्षको, त्यो पनि दोहोरो।
पूर्वकमलरी सीमा यतिबेला यति हर्षविभोर थिइन् कि चाहेर पनि आँखामा ओइरिएको हर्षको अभिव्यक्ति रोक्न सकिरहेकी थिइनन्। Continue reading “सफलतासँगै मुक्तिको खुसी, पूर्वकमलरी सीमा भन्छिन्- ‘म पनि एसएलसी पास भएँ’”