Tharu Film : Bhagya Ke Rekha

नेपाल म्याक्सको प्रस्तुती रहेको यो फिल्मको निर्माण रेणु चौधरीले गरेकी छन्। फिल्ममा परशुराम चौधरी, नित‍या चौधरी, प्रतीमा चौधरी, सबुरलाल चौधरी, सीता देबी चौधरी, सानु चौधरी, जानकारी चौधरी आदिको अभिनय छ।

हेर्नुस् फिल्म:

वैदेशिक रोजगारमा संस्थागत ठगी

मुकेश टेंर्रा।
आर्थिक उन्नती गर्ने लोभले वैदेशिक रोजगारमा जानेहरूलाई म्यानपावर कम्पनी र तिनका एजेन्टले ठगिरहेको खबर पटकपटक सुनिन्छन्। वैदेशिक रोजगारीमा पठाउने भनेर रकम असुलेर भाग्ने, वास्तविकभन्दा बढी रकम असुल्ने, एउटा काम र तलब सुविधा सुनाएर विदेशमा गइसकेपछि अर्कै काममा र थोरै तलबमा काम गर्न बाध्य पार्ने लगायतका समस्या छन्। त्यसैमा कैलालीको एउटा गैरसरकारी संस्था र केही सहकारी संस्थाले वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागतभन्दा बढी रकम असुल गरिरहेको पाइएको छ। Continue reading “वैदेशिक रोजगारमा संस्थागत ठगी”

फेसबुकमा अश्लिल तस्बिर ट्याग भयो? यसो गर्नुस्

– धेरै साथीहरूको फेसबुक म्यासेजबाट र ट्याग भएर अश्लील तस्बिर आइरहेका छन्। कतै मेरोबाट पनि त्यस्तै भइरहेको त छैन?
– मेरो फेसबुकबाट कसैलाई अश्लील तस्बिर ट्याग भएकोमा क्षमा चाहन्छु। यो मैले गरेको होइन। मेरो फेसबुक ह्याक भएको हो या अरू नै, केही बुझ्नै सकिरहेको छैन।
– अश्लील तस्बिर ट्याग गरेर हैरान पार्ने केहीलाई अनफ्रेन्ड गरियो, दुःख नमान्नुहोला। प्रविधिको सदुपयोग गरौँ, यसलाई विकृत नबनाउँ। Continue reading “फेसबुकमा अश्लिल तस्बिर ट्याग भयो? यसो गर्नुस्”

सर्वोच्च अदालतको अन्तरिम आदेश पालना नगर्ने चार दलको चुनौती

संविधानसभाका चार प्रमुख दलले १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश पालना नगर्ने चुनौती दिएका छन्। सर्वोच्चका न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले शुक्रबार असारभित्र ‘फास्ट ट्र्याक’ बाट संविधान जारी गर्न दलहरूबीच भएको १६ बुँदे सहमतिका केही बुँदा अन्तरिम संविधानविपरीत भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। Continue reading “सर्वोच्च अदालतको अन्तरिम आदेश पालना नगर्ने चार दलको चुनौती”

महिला सभाद्वारा विद्यार्थीलाई जीवन उपयोगी शिक्षा

मोरङको लखनतरी गाविसका किशारकिशोरीलाई दैनिक जीवनमा आइपर्ने समस्याहरुको सामना गर्दै सकारात्मक रुपमा जीवन निर्वाह गर्न जीवन उपयोगी शिक्षा दिइएको छ। जिल्ला विकास समिति मोरङ सहयोग तथा थारु महिला सभाको आयोजनामा दुई दिनसम्म आदिवासी जनजाति समुदायका ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिइएको हो। Continue reading “महिला सभाद्वारा विद्यार्थीलाई जीवन उपयोगी शिक्षा”

मुक्त कमलरीद्वारा बङ्गुर फार्म सञ्चालनमा

कञ्चनपुरको दैजी गाविस-३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि रु १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ। गरिबी निवारण कोषको रु आठ लाख, प्लान नेपालको रु पाँच लाख छ हजार तथा स्थानीय समुदायको रु तीन लाख ९४ हजारमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो। Continue reading “मुक्त कमलरीद्वारा बङ्गुर फार्म सञ्चालनमा”

मध्यरात फोन गरेर बोलाइएका कञ्चनपुरका घुम्मन चौधरी बेपत्ता

कञ्चनपुरको कृष्णपुर-७ सिंहपुरका अन्दाजी वर्ष ३५ का घुम्मन चौधरी चार दिनदेखि बेपत्ता छन्। चिनजानका व्यक्तिले फोन गरेर बोलाइएका चौधरी घर नफर्केपछि आफन्त र प्रहरीले चौधरीको खोजी गरे तर फेला परेन। फोनकर्ताले चौधरीलाई बुधबार राति १२ बजे अत्यन्त जरुरी काम परेकाले भेट्न भनेपछि उनी घरबाट निस्केका थिए। Continue reading “मध्यरात फोन गरेर बोलाइएका कञ्चनपुरका घुम्मन चौधरी बेपत्ता”

सुन्दर चौधरीको हत्या गर्ने सुनसरी बक्लौरीका आठ युवा पक्राउ

Crime Tharu

दुई साताअघि विवाहमा जन्ती जाँदा भएको झगडाको रिसिइबीलाई लिएर सुनसरी रामधुनी भासिका युवकको हत्या गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सबैलाई शुक्रबार कर्तब्य ज्यानमा मुद्दा चलाएको छ। Continue reading “सुन्दर चौधरीको हत्या गर्ने सुनसरी बक्लौरीका आठ युवा पक्राउ”

१६ बुँदे सहमति कार्यान्वयन नर्गन सर्वोच्चको आदेश

Supreme Court

सर्वोच्च अदालतले चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमति तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलाशले शुक्रबार उक्त सम्झौताको केही बुँदा गैरकानुनी भएको भन्दै तत्काल जुन अवस्थामा छ त्यही राख्न भनेको हो।

गत आइतबार मुख्य चार राजनीतिक दलहरुबीच भएको सहमति अवैधानिक भएकाले खारेज हुनुपर्ने माग गर्दे सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। विजयकान्त कर्ण र रक्षाराम हरिचनले दायर गरेको रिटमा दलहरुबीच भएको सहमतिको बुँदा १,२ र ३ अन्तरिम संविधान २०६३ सँग बाझिएको दाबी गरिएको थियो। Continue reading “१६ बुँदे सहमति कार्यान्वयन नर्गन सर्वोच्चको आदेश”

एसएलसीको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत उत्तीर्ण

panika-358x200२०७१ सालको एसएलसी परीक्षाको नतिजा प्रकाशित भएको छ। यस वर्ष नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्।विशिष्ट श्रेणीमा २१ हजार ४ सय ४७ जना उत्तीर्ण भएका छन् । विशिष्टमा छात्रतर्फ १२ हजा। ४ सय २६ छन् भने छात्रातर्फ ८ हजार ८ सय २१ छन्। Continue reading “एसएलसीको नतिजा प्रकाशित, नियमिततर्फ ४७.४३ प्रतिशत उत्तीर्ण”