नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले भूकम्प आउनुभन्दा १० देखि २२ सेकण्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ। चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजनिक ठाउँमा साइरन प्रयोग गरिने बताइएको छ। Continue reading “२२ सेकेन्डअघि भूकम्पको ‘वार्निङ’”
Author: admin
के हो सिकल सेल एनिमिया ?
दिलबहादुर चौधरी
सिकल सेल रोग बंशानुगत रोग हो । नेपालमा यसको बृहत चर्चा बि.स २०७० श्रावण २० गतेदेखि हुन थालेको हो । यद्यपि अन्य देशमा यसको पहिचान आधाशताब्दी अगाडिदेखि नै भैसकेको छ । सन् २००८ को जुन १९ तारिखमा संयुक्त राष्ट्र संघले यसलाई अंगीकृत गरेपछि सन् २००९ जुन१९ तारिखका दिन पहिलो चोटी बिश्व सिकल सेल दिवस मनाइएको देखिन्छ । बिश्वमा पहिलेदेखि यसको पहिचान भैसकेको भए पनि नेपालमा यसबारे धेरै मानिस अनभिज्ञ छन् । त्यसैले सिकल सेल रोग के हो ? कसरी रोकथाम गर्न सकिन्छ ? यसबारे यहाँ सानो चर्चा गरौं ।
सिकल सेलको सुरुवात
चिकित्सकहरुका अनुसार, बैज्ञानिकहरुका अनुसार सिकल सेल एनिमिया औलो प्रभावित क्षेत्रका बासिन्दामा देखिने रोग हो । जीव बिकासको दौरानमा हजारौं हजार वर्ष पहिले हाम्रो हेमोग्लो बिनको जीन्समा परिवर्तन आयो । परिवर्तन त्यो क्षेत्रमा भयो, जुन क्षेत्र मूलतः औलो रोगबाट प्रभावित थियो । सिकल सेल जीन्सलाई औलो प्रतिरोधी जीन्स पनि मानिन्छ । यो सिकल सेल जीन्स अफ्रिका, अमेरिका, सउदी, अरेयिबा, बहराइन, ग्रीस, टर्की, इटली, भारतको छत्तीसगढ, उडिसा, महाराष्ट्र, गुजरात, मध्यप्रदेश, तमिलनाडु, नेपालको दक्षिणी भूभागमा बसोबास गरेका आदिबासी थारुहरुमा भेटिन्छ ।
के हो सिकल सेल एनिमिया ?
हाम्रो शरीरमा रहने सामान्यलाल रक्तकोष गोलो आकारको हुन्छ । यो रोग लागेपछि गोलो आकारको त्यो रक्तकोष हँसिया आकारको बन्न पुग्छ । हँसिया आकारको भएपछि रक्त सञ्चार हुनमा कठिनाइ पर्छ । अंग्रेजीमा हँसियालाई क्ष्अपभि र कोषलाई ऋभिि भनिने हुनाले यो रोगको नाउँ क्ष्अपभि ऋभिि एनिमिया हुन पुग्यो । बाबु–आमा दुबैलाई यो रोग छ भने छोराछोरीलाई पनि हुने सम्भावना २५ प्रतिशत रहन्छ । यो बंशानुगत रोग भएकाले छोराछोरीमा यो रोग उपहारको रुपमा जाने गर्छ । त्यसैले बिचार पु¥याउनुपर्ने कुरा के हो भने हाम्रा बालबालिकामा यो रोग यदि देखा परेको छ भने त्यो हामीबाटै गएको हुनसक्छ भनी चेकजाँच गराउन जरुरी हुन्छ ।
चिकित्सकहरुका अनुसार शरीरमा हुने सामान्य रातो रक्तकोषको आयु ९० देखि १२० दिनसम्मको हुन्छ । हँसिया (सिकल सेल) आकारको रक्तकोषको आयु जम्मा १० देखि २० दिनसम्मको हुन्छ । रक्तकोषहरु अस्थि मज्जाबाट बन्ने र अलि समय लाग्ने हुनाले यो रोग लागेको मानिसमा रक्तको कमीहुने समस्या देखिन थाल्छ ।
ट्रेटको अवस्था
रगतमा सिकल सेलको मात्रा ४० प्रतिशतभन्दा कम भएको अवस्थालाई ‘टे«ट’ भनिन्छ । ‘टे«ट’ को अवस्था रहेको मानिसमा मलेरिया प्रतिरोधी क्षमता अरु मानिसभन्दा बढी रहन्छ । सिकल सेलको मात्रा शरीरमा ६० प्रतिशतभन्दा बढी भयो भने सिकल सेल रोग भएको मानिन्छ ।
अमेरिकामा अफ्रिकी मूलका हरेक ५०० मा १ जना र दक्षिणी अमेरिकी मूलका मानिसमा १००० मा १ जनामा यो रोग देखिएको छ । ‘अमेरिकन जर्नल अफह्यूमन जेनेटिक्स’ले सन् १९९१ मा नेपालको बाँके, बर्दियाका थारुहरुमा यो रोगबारे अध्ययन गरेको थियो । उसले प्रकाशन गरेको रिपोर्टमा ‘टे«ट’ अवस्थाको मानिसमा अरु मानिस भन्दा ७ गुणा मलेरिया प्रतिरोधी क्षमता बढी हुन्छ भनी उल्लेख छ । तर नेपालमा सरकारको तर्फबाट अहिलेसम्म आफ्नो कर्तव्य ठानेर चेकजाँच गर्ने काम हुन सकेको छैन ।

सिकल सेल रोगको लक्षण र समस्या
छाती, पेट र जोर्नी दुख्नु, फियो बढ्नु, जन्डिस देखिनु, पित्ताशयमा समय समयमा पथरी देखिनु, गर्भपात हुनु, रगत समय समयमा कम हुनु, रोग राम्ररी थाहा नहुनु, यसका लक्षण हुन् ।
यिनै लक्षणले गर्दा कतिपय डाक्टरहरु समेत सिकल सेलको औषधि दिनुभन्दा अरु रोगको औषधि सेवन गर्न लगाउँछन् र थाहा नहुँदै बिरामीको मृत्यु हुन पुग्छ ।
चिकित्सकहरुका सुझाव
सिकल सेल रोगको सही रोकथामका लागि सिकल सेल छ वा छैन भनी विवाहपूर्व चेकजाँच गराउनुपर्छ । विवाह गर्ने जोडीमा कुनै १ मासिकल सेल रोग नभएको हुनुपर्छ । बच्चा जन्माउनुभन्दा पहिले गर्भवती अवस्थामै चेकजाँच गराइ सल्लाह लिनुपर्छ । यदि यसो गरिएन भने भबिष्यमा समुदाय सखाप भएर जान सक्छ । लागिसकेपछि बढी चिसो र घामबाट बच्नुपर्छ, प्रसस्त पानी पिउनुपर्छ, पोषिलो खानेकुरा खानुपर्छ ।
सरकारी प्रतिबद्धता र ब्यवहारिक समस्या
अहिलेसम्मको अध्ययनअनुसार नेपालमा यो रोग औलो प्रभावित तराई क्षेत्रमा बसोबास गर्ने आदिबासी थारुहरुमा देखिएको छ । धेरै थारुहरु यसबाट रोग थाहा नपाई मृत्युबरण गर्न पुगेका छन् । समुदायको दबाबले सरकारले आर्थिक वर्ष २०७१÷०७२ मा राष्ट्रिय नीतिमा तराईमा रहेका अञ्चल अस्पतालमा सिकल सेल एनिमियाको उपचार सेवा उपलव्ध गराउने कुरा उल्लेख छ । संविधान सभामा स्वास्थ्य मन्त्रीद्वारा सिकल सेल एनिमिया रोगको निशुल्क उपचार गर्ने प्रतिबद्धता जाहेर भएको छ । त्यसैगरी सरकारद्वारा सिकल सेल एनिमियाका रोगीलाई १ लाख बराबरको औषधि उपचारको ब्यवस्था गरिने घोषणा भएको छ । तर ब्यवहारमा प्रतिबद्धता र नीतिनियममा उल्लेखित कुरा उतारिएको छैन । रोगबाट पीडितहरुले सेवा सुबिधा पाएका छैनन् । बिरामीहरु अस्पताल आउँदा डाक्टरलाई सिकल सेल रोग भएको अनुमान भएमा रोगको नमूना लिई काठमाडौं पठाउने, त्यहाँबाट प्रमाणित भएपछि फेरि गाविस वा नगरपालिकाले सिफारिस गर्ने अनि जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गर्ने र निशुल्क औषधि पनि नपाउनाले बिरामीहरु झन्झटिलो प्रक्रियादेखि हैरान छन् ।
समुदायको माग
‘सिकलसेल एनिमिया’बारे सरकारी स्तरबाट अध्ययन होस् र अध्ययन, अनुसन्धानको लागि युनिट गठन गरिनपर्ने, उपस्वास्थ्य चौकीदेखि अस्पतालसम्मका स्वास्थ्य निकायमार्फत् यो रोग र रोगबाट बच्ने उपायबारे जनसचेतना अभियान सञ्चालन गरिनुपर्ने, उपस्वास्थ्य चौकीदेखि अस्पतालसम्मका स्वास्थ्य निकायमा ‘सिकलसेल एनिमिया’ हो वा होइन भनी निशुल्क परीक्षण, चेक जाँचको ब्यवस्था गरिनुपर्ने, ‘सिकलसेल एनिमिया’ रोग लागेका रोगीहरुको निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गरियोस् । ‘सिकलसेल एनिमिया’ रोग प्रमाणित भैसकेका रोगीहरुलाई गाविस, नगरपालिकाले सिफारिस गर्नैपर्ने, सिफारिस लिनैपर्ने लामो झण्झटिलो प्रक्रियाको अन्तगरिनुपर्ने, रोगलाई जनस्वास्थ्य समस्याको रुपमा स्वीकार गरी औषधि उपचार गर्नुपर्ने समुदायको माग रहेको छ ।
सकारात्मक पक्ष
रोगबाट पीडितहरु आफ्नै रकमबाट उपचार गराइरहेका भए पनि सेती अञ्चल अस्पतालले सिकल सेल रोगीलाई हेर्ने बिशेष जिम्मेवारी वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थलाई र नर्सिङ अधिकृत यशोदा ढकाललाई दिएबाट बिरामीहरुलाई पहिले भन्दा सजिलो भएको छ । अञ्चल अस्पतालले आफ्नो तर्फबाट सक्दो डाटा र बिरामीहरुको सम्पर्क नम्बर पनि राख्ने गरेको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
यो पनि पढ्नुस्:
सरकार ! सिकल सेलको उपचार खोइ ?
सभासद् तथा पूर्वमन्त्री बृजेशकुमार गुप्तामाथि श्रीमतीलाई हिंसा गरको आरोप
पूर्व कानून मन्त्री एवं संविधानसभाका सदस्य बृजेशकुमार गुप्ताले भने अनुसारको दाइजो नल्याएको भन्दै श्रीमतीलाई घरबाट निकालेको आरोप लागेको छ। गुप्ताकी श्रीमतीले सिआइडी मोडलको स्कारपिओ गाडी दाइजो नल्याएको भन्दै आफूमाथि यातना दिएको दाबी गरेकी छिन्। Continue reading “सभासद् तथा पूर्वमन्त्री बृजेशकुमार गुप्तामाथि श्रीमतीलाई हिंसा गरको आरोप”
‘आदिवासीका हकअधिकार खोसिँदैन, देश संघीयतामा जान्छ’
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम ‘डबल फास्ट ट्र्याक’बाट गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि मण्डलसँग उनले भने, ‘अरुले फास्ट ट्र्याक भनेका छन्। म भन्छु फास्ट ट्र्याकले मात्र पुग्दैन, डबल फास्ट ट्र्याकमै जाऔं।’
सो अवसरमा प्रधानमन्त्री कोइरालाले भने, ‘संविधान छिट्टै बनाउन परेको छ। पार्टीहरु आत्तिन थाले। म अँठ्याएर त बस्ने हैन। संविधान ल्याउनुहोस्, घोषणा भएको दिन छोड्छु।’
संविधान जारी गर्ने प्रक्रियालाई छोटो बनाउन सकिने तर मिचेर जान नहुने उनको भनाइ थियो। प्रधानमन्त्री कोइरालाले प्रक्रिया नमिचिकन जनतामा जाने समय घटाउन सकिने स्पष्ट पारे।
उनले आदिवासी जनजाति नेतासँग चार पार्टीबीच भएको सहमतिले संविधानको प्रारुपमात्र बनेको उल्लेख गर्दै संविधानको विषयमा छलफल गर्ने अधिकारबाट जनता वञ्चित नहुने बताए।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले आउने संविधानमा आदिवासी जनजातिका हकअधिकार अझ बढी सुरक्षित हुने बताए। उनले आदिवासी जनजाति सबैको पहिचान, संस्कृति, भेषभुषा, भाषा, धार्मिक स्वतन्त्रता सुनिश्चित गरेर अगाडि बढ्ने स्पष्ट पार्दै भने, ‘देश सङ्घीयतामा जान्छ। जनजाति र आदिवासीले आजसम्म पाएका हकअधिकार खोसिँदैन। प्रधानमन्त्री र नेपाली कांग्रेसको सभापतिको हैसियतले जुन कुरा बोलेको छु त्यसबाट कदापि पछाडि फर्कने छैन।’
आदिवासी जनजाति महासङ्घका अध्यक्ष एवम् सभासद् नगेन्द्र कुमालको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलले अब बन्ने संविधानमा आदिवासी जनजातिका हकअधिकार संरक्षित हुनुपर्ने मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री कोइरालालाई बुझाएको थियो।
यस्तो छ ‘मिस थारनी’को ट्रेलर
थारु फिल्म ‘मिस थारनी’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ। वर्ल्ड मेगा टेक तेतरिया मोरङले बनाएको फिल्ममा बद्री ना. माझीको प्रस्तुती छ भने महावत्ति माझीले निर्माण गरेका छन्। फिल्मको लेखक तथा निर्देशन हुदुवा खवासले गरेका छन्। Continue reading “यस्तो छ ‘मिस थारनी’को ट्रेलर”
सरकार ! सिकल सेलको उपचार खोइ ?
दिलबहादुर चौधरी।
नेपाल सरकार र सरोकारवाला सबै निकाय, सबै सम्माननीय, आदरणीय महामहिमहरु!
थारु नागरिक समाज कैलालीको तर्फबाट यहाँहरु सबैमाहार्दिक अभिवादनसहित हार्दिक अनुरोध गर्न चाहन्छु। Continue reading “सरकार ! सिकल सेलको उपचार खोइ ?”
प्रधानमन्त्री कप जनकपुरलाई
जनकपुरको ऐतिहासिक जित, बेस्ट खेलाडी अनुराधा चौधरी
डिफेन्डिङ च्याम्पियन एपिएफलाई हराउँदै जनकपुर-७ प्रधानमन्त्री कपको उपाधि कब्जा गरेको छ। सन्तोषी चौधरीको उत्कृष्ट बलिङमा जनकपुरले एपिएफलाई ५ रनले पराजित गरेको हो। Continue reading “जनकपुरको ऐतिहासिक जित, बेस्ट खेलाडी अनुराधा चौधरी”
भावपूर्ण श्रदाञ्जली !
थाकसका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको निधन
थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको ६१ वर्षको उमेरमा निधन भएको छ। प्रेसर र मधुमेहग्रस्त चौधरीको उपचारको क्रममा मंगलबार मध्यान्ह १२ बजे भैरहवास्थित मेडिकल कलेजमा निधन भएको हो। मधुमेह बढेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। Continue reading “थाकसका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको निधन”


