मनोज थारु- थारूहट कैलाली र कञ्चनपुरसमेत मिलाएर अखण्ड सुदूरपश्चिम प्रदेश घोषणा गरियो भने निकट भविष्यमा अर्को ‘थारूहट/थारूवान’ विद्रोह उठ्छ। यसमा दुई मत नहोला। विगत दिनका खस शासकहरूको अंहकारपूर्ण प्रवृत्ति, शोषक, दमनकारी तथा हेपहा मनोवृत्तिको कारण राज्यपुनसंरचना अन्तर्गत थारू सामुदायको बसोबस, थारू भाषा-संस्कृतिको निरन्तरता र ऐतिहासिक निरन्तरताका आधारमा अब बन्ने थारूवान प्रदेशलाई तोडेर थारू सामुदायलाई उनीहरूकै प्रदेशमा कहिले पनि नेतृत्वमा आउन नदिन, सधैं राज्य सत्ताभन्दा टाँढा राख्न, उनीहरूको भाषा सांस्कृति दबाउन तथा थारू सामुदायको चौतर्फी विकास हुन नदिइ सदैव सामन्ती शासकहरूको कमैया, कमलरी, हलीय, सुकुम्बासी दासझै बनाइरख्न खास शासकहरूको मनसय छ। थारूहरूलाई आफ्नै थात-थलोबाट विस्थापित गर्नका लागि ‘अखण्ड सुदूरपश्चिम’ नाम दिइ उनीहरूको पहिचानलाई मेटाउनको लागि गरिएको एउटा राजनीति हो। Continue reading “थरुहटको लागि एक भएर लडौं”
Author: admin
महोत्सवमा झुम्यो देउखुरी
देवेन्द्र बस्नेत, दाङ- लमहीमा सुरु भएको देउखुरी कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन देउखुरीबासी दिनभर गीतसंगितमा झुमे। सांगितीक क्षेत्रमा ख्याती कमाएका कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु छिनमै रमे त छिनमै भावुक समेत बने। शनिवार (बिदाको दिन) दर्शकहरुको उल्यख्य सहभागीता। चर्चित गायक गायिकाको प्रस्तुतीले लमही दिनभर गुन्जायमान बन्यो। Continue reading “महोत्सवमा झुम्यो देउखुरी”
पाटनमा झुम्रा नाच
च्याब्रुङ, टुङ्ना र सारंगी । यी वाद्ययन्त्रले मुलुकका फरक फरक समुदायको प्रतिनिधित्व गर्छन् । शनिबार दिउँसो पाटन दरबार स्क्वायर डबलीमा यी लगायतका बाजाले सिंगो नेपाललाई प्रस्तुत गरे- तराईदेखि पहाड हुँदै हिमालसम्म । पूर्वीदेखि पश्चिमसम्म । नेपाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानले केही महिनाअघि थालेको ‘डबली शृंखला’ को तेस्रो संस्करण पाटन कृष्ण मन्दिर डबलीमा प्रस्तुत गरिएको हो । Continue reading “पाटनमा झुम्रा नाच”
छोरीलाई स्कुल पठाउन साइकल
दुर्गालाल केसी– विद्यालय जान एक घन्टा हिँड्नुपर्ने बाध्यताबाट गंगापरस्पुर ३, कटियानगाउँकी पुनम चौधरी अब मुक्त भएकी छन् । शनिबार साइकल पाएपछि उनलाई अब विद्यालय नियमित जान पाउने आशा पनि बढेको छ । ४ कक्षा अध्ययनरत पुनमलाई साँझ-बिहान घरको काम सकेर विद्यालय नियमित जान निकै कठिन थियो । आर्थिक अवस्था कमजोर भएका पुनमजस्ता बालिकाको समस्यालाई मध्यनजर गरी गढवा, गंगापरस्पुर र गोबरडिहा गाविसमा साइकल अभियान चलाइएको छ । Continue reading “छोरीलाई स्कुल पठाउन साइकल”
थारू गाउँमा घन्कियो ‘सखिए हो, माघीक गुरी गुरी जार…’
रजेन्द्र नाथ– ‘सखिए हो, माघीक गुरी गुरी जार…।’ थारू गाउँहरूमा मादलको धुनसँगै सखिए हो को मधुर स्वर सुनिन थालेको छ । माघी आउनु साताअघिदेखि नै थारू बहुल गाउँहरूमा गीत/संगीतले माहोल फेरिएको हो । Continue reading “थारू गाउँमा घन्कियो ‘सखिए हो, माघीक गुरी गुरी जार…’”
हात्ती हाँक्नुको मजा
जनक नेपाल- सर्लाही हरिपुरका सुकलाल चौधरी ३० वर्षदेखि हात्तीको सेवामा छन् । ५१ वर्षीय सुकलाल आफूभन्दा तीन वर्ष जेठी श्यामकलीका फडित छन् । उनी हात्तीका सुसारे मात्र हैनन्, गुरु बा पनि हुन् । हात्तीका छावा १० वर्ष ननाघ्दै तालिम दिइसक्नुपर्छ । एकमहिने त्यस्तो तालिम दिएर उनले निकुन्जका ६ वटा हात्तीलाई मान्छेको आदेश र इसारा बुझ्ने बनाइसकेका छन् । Continue reading “हात्ती हाँक्नुको मजा”
पद्मनारायण चौधरीले भने- ओलीले माफी माग्नु पर्दैन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद पद्मनारायण चौधरीले तराई मधेसको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जायज कुरा बोलेको भन्दै माफी माग्नुनपर्ने जिकिर गरेका छन् । सिराहा क्षेत्र नम्बर १ का सभासद चौधरीले ओलीले माफी माग्नुपर्ने मधेसी मोर्चाको अडानलाई अनुचित र अनावश्यक भने । Continue reading “पद्मनारायण चौधरीले भने- ओलीले माफी माग्नु पर्दैन”
खिचरा महोत्सवमा बौद्धिक र मानवीय कार्यक्रम गरिने
कारी महतो,चितवन- थारु समुदायको नयाँ वर्ष (माघी)को अवसरमा नेपालभरिका विभिन्न जिल्लाका थारुहरुले माघी महोत्सव मनाउँदै गर्दा चितवनमा यस वर्ष ‘दोस्रो खिचरा महोत्सव २०७१’ आयोजना गरिएको छ। पुस २९ गतेदेखि माघ ३ गतेसम्म ५ दिन चल्ने महोत्सवमा हरेक दिन धिरज राई, सुनिल गिरी, हरि योञ्जन, ज्याति काफ्ले, सञ्जय चौधरी, मनोज महतोलगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकरहरुको प्रस्तुति रहनुका साथै थारु समुदायका लाठी नाच, झुमरा नाच, रसधारी नाच, ठेकरा नाच, झमटा नाच, डँफु नाचलगायत गुरुङ, मगर, तामाङ, दराई समुदायका सांस्कृतिक नृत्यहरुको समेत प्रस्तुति रहने जनाइएको छ। Continue reading “खिचरा महोत्सवमा बौद्धिक र मानवीय कार्यक्रम गरिने”
सखियै हो माघीक पिबी गुरी गुरी जाँर
मोबाइल बठिन्या
देवराज चौधरी– हेल्लो ! हेल्लो !! – हजुर चिन्हली ? – हाँ, हाँ राम राम !
अस्टे प्रसंगसे बात सुरु हुइल। हालचाल, घरव्यवहार, अध्ययन, भइवा, बहिन्या, पारिवारिक जीवनके बारेमे ढीरे ढीरे मोबाइलमे बात हुई लागल। सायद पहिलेँहिँसे परिचित हुइल रहिट ऊ, जरुल डेख्ले फेन रहल हुँइही, टब्बे टे बरे घचिक हाँस-हाँस बोलट डेख्जाए। Continue reading “मोबाइल बठिन्या”




