महिला भलिबलमा सरस्वती, नेबिका र मनिषा चौधरी छनोट

Womans_vollyball

प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल संघले १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। बन्द प्रशिक्षणका १६ खेलाडीबाट संघले सोमबार अन्तिम टोली छनोट गरेको हो। पुस ४ देखि त्रिपुरेश्वरस्थित कभर्ड हलमा च्याम्पियनसिप हुनेछ। प्रतियोगितालाई नेपालले मंसिर ३ बाट बन्द प्रशिक्षण सुरु गरेको थियो। बन्द प्रशिक्षणमा रहेका साइड स्पाइकर चन्द्रा राना र लिबरो सलिना श्रेष्ठ टोलीमा परेनन्। Continue reading “महिला भलिबलमा सरस्वती, नेबिका र मनिषा चौधरी छनोट”

मधेसी दललाई ‘हरियो घाँस’

UML-and-madhesidal-meeting

महेश चौरसिया- घाँस खाएर गाईभैँसी, भेडाबाख्राको पेट कहिल्यै भरिँदैन। अघाएको गाईभैँसीले पनि हरियो घाँस देख्यो भने झम्टिन्छ। सके दाम्लो चुडाउँछ, नसके छट्पटिन्छ, मुर्मुरिन्छ। ‘हरियो घाँस’ भैंसीको जीविका हो। मुख्य आहार हो। अहिले राष्ट्रिय राजनीतिमा ‘मधेसकेन्द्रित दल र हरियो घाँस’ को किस्सा चर्चित छ। एक हप्ताअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेसकेन्द्रित दलसँग छलफल गर्दा सरकारमा आउन आग्रह गरेछन्।   Continue reading “मधेसी दललाई ‘हरियो घाँस’”

कैलालीमा सुरु भयो ‘देशावर’

timthumb

गणेश चौधरी- पथरैया ६ भगरैयाका गंगाराम चौधरी झिटीगुन्टा बोकेर कुलो खन्न करिब २० किलोमिटर टाढा कर्णाली चिसापानी पुगेका छन्। आफूलाई चाहिने सामल साथमा ल्याएका उनले पाँच दिनदेखि खुला आकाशमुनि रात बिताइरहेका छन्। जमरा र कुलरिया कुलोको मुहान खन्न चिसापानी आएका करिब पाँच हजार किसानको बास चौधरीजस्तै कर्णाली नदी किनारका रूखमुनि छ। कैलालीको पूर्वी भेगका एक सय ३५ मौजा-गाउँ) का किसान ‘देशावर’ -श्रमदान) मा जुटेका छन्। Continue reading “कैलालीमा सुरु भयो ‘देशावर’”

‘तँ धोकेबाज’ भन्दै २० वर्षीया युवतीको छुरा हानी हत्या

ritu mahasethaसाथीको बिहेमा हिंडेकी एक युवतीको राजधानीमा छुरी हानी हत्या भएको छ । मैतीदेवीस्थित ‘एफ एण्ड एफ’ छात्राबासमा बस्दै आएकी २० वर्षीया रितु महासेठलाई शनिबार दिउँसो एक युवकले छुरा प्रहार गरेका थिए । Continue reading “‘तँ धोकेबाज’ भन्दै २० वर्षीया युवतीको छुरा हानी हत्या”

थारु विद्यार्थी समाजको दाङ अध्यक्षमा मानबिर

Tharu Students Socity, Dang-2

थारु विद्यार्थी समाजको आठौं जिल्ला अधिवेशनले मानबिर चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा अमृता चौधरी, सचिवमा ज्ञानेन्द्रबिक्रम चौधरी, कोषाध्यक्षमा राजेश चौधरी, सहसचिवमा शुष्मा चौधरी छन्। Continue reading “थारु विद्यार्थी समाजको दाङ अध्यक्षमा मानबिर”

थाकस अध्यक्षले फेरि भने- ‘२२ दलीय मोर्चामा हामी छैनौं’

   Dhaniram Chaudhary 

सन्तोष दहित, दाङ- थारु कल्याणकारीणी सभाका अध्यक्ष धनिराम चौधरीले माओवादीसहितको २२ दलीय मोर्चामा सिंगो आदिवासी जनजाति आन्दोलन र थारु कल्याणकारीणी नभएको बताएका छन्। थारु विद्यार्थी Continue reading “थाकस अध्यक्षले फेरि भने- ‘२२ दलीय मोर्चामा हामी छैनौं’”

दुई प्रदेशको अवधारणापछि मोर्चाबाट अलग्गिएका हुन् उपेन्द्र यादव?

madhesi-leaders

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधान लेखनबारे बुझाएको साझा धारणामा प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपालले हस्ताक्षर गरेन। शुक्रबार समितिका सभापति बाबुराम भट्टराईलाई बुझाइएको अवधारणापत्रमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले हस्ताक्षर नगरेको हो। Continue reading “दुई प्रदेशको अवधारणापछि मोर्चाबाट अलग्गिएका हुन् उपेन्द्र यादव?”

नक्कली नोटले तीन तोला सुन किनेका थिए आशिषले

Ashish Chadhary From Dang_Fake Currency

नक्कली नेपाली रुपैयाँ सहित काठमाडौंमा पक्राउ परेका आशिष चौधरीले नक्कली रुपैयाँमा दाङ तुलसिपुरको बिजय सुनचाँदी पसलबाट सुन किनेको पुष्टी भएको छ। ७ हजार ५ सय नक्कली रुपैयाँ सहित बिहीबार नयाँ बसपार्कमा पक्राउ परेका चौधरीले १ लाख ३३ हजारमा पौने तीन तोला सुन किनेका थिए। उनले सुन बापत दिएको १ लाख ३३ हजार रुपैयाँ मध्ये १८ हजारमात्र सक्कली थियो। Continue reading “नक्कली नोटले तीन तोला सुन किनेका थिए आशिषले”

झापाको महिला टिम, जहाँ थारु समुदायको खेलाडीको वर्चस्व छ

Jhapa Womans Football team

झापा शनि-अर्जुन नगरपालिकामा एउटा यस्तो वडा छ, जहाँका खेलाडीले सिंगो जिल्लाको प्रतिनिधित्व गर्छन्। वडा नम्बर-९ सालबारीका महिला खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै दर्जनौं प्रतियोगितामा सहभागी बन्ने गरेका छन्। रौतहटमा हालै सम्पन्न बालिका कप फुटबल उनीहरूको पछिल्लो प्रतियोगिता हो। त्यसअघि पूर्वाञ्चलस्तरीय प्रतियोगिताहरू, एनसेल कप तथा विभिन्न जिल्लास्तरीय प्रतियोगिता खेल्ने टोली यही हो। Continue reading “झापाको महिला टिम, जहाँ थारु समुदायको खेलाडीको वर्चस्व छ”

सम्झनेन् कसैले परशुनारायणलाई

Pershunarayan

कृष्णराज सर्वहारी- थारु समुदायका राजनेता परशुनारायण चौधरीले हामीबाट बिदा लिएको दुई बर्ष पूरा हुँदैछ। २०६९ मंसिर २१ गते उनको निधन भयो। तर उनी गुमनाम भए, उनको योगदानको कही कतै चर्चा भएन। सबैको मरेपछि चर्चा हुन्छ भन्ने भनाईमा उनी अपवाद रहे। Continue reading “सम्झनेन् कसैले परशुनारायणलाई”