मधेसी दलको संयुक्त अवधारणापत्र के छ?

madhesi-leaders

तराई केन्द्रित सात राजनीतिक दलले सङ्घीय संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीबारे संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिसमक्ष आज संयुक्त अवधारणापत्र प्रस्तुत गरेका छन् । Continue reading “मधेसी दलको संयुक्त अवधारणापत्र के छ?”

थारु विद्यार्थी समाज दाङ अधिवेशन आज हुँदै

दाङ- थारु विद्यार्थी समाज दाङको आठौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबार बेलुका एक विज्ञप्ती जारी गरी समाजका अध्यक्ष सन्तोष दहितले यस्तो जानकारी दिएका हुन्। आज हुने अधिवेशनको उद्‌घाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले गर्ने कार्यक्रम रहेको समाजले जानकारी दिएको छ। Continue reading “थारु विद्यार्थी समाज दाङ अधिवेशन आज हुँदै”

आशिषका बुबा भन्छन्- ‘ऋण काढेर ल्यापटप किनिदिएँ’

Fake Nepali noteनारायणपुर ९ बुटनियाँकी सावित्री चौधरी बिहीवार साँझ घरमै थिइन्। एकाएक प्रहरीको टोली घर पुग्यो। प्रहरीले घर खानतलासी गर्न थालेपछि उनि डराइन्। प्रहरीलाई किन घर खानतलासी गरेको भनेर सोध्ने हिम्मत सम्म राखिन्। Continue reading “आशिषका बुबा भन्छन्- ‘ऋण काढेर ल्यापटप किनिदिएँ’”

‘करम’लाई ऐतिहासिक सफलता, अब निर्माण पक्षले ‘करमवीर’ बनाउने

Tharu movie Karam Film Unit

२५ वर्षपछि थारु फिल्म ‘करम’लाई नेपाली फिल्म जगतले सम्मान गरेको छ। गत कात्तिकमा हङकङमा आयोजित इन्फा अवार्डमा सो फिल्मलाई सम्मान गरेको थियो। त्यही सम्मान आयोजकले फिल्मका निर्माता/निर्देशकलाई एक कार्यक्रममा हस्तान्तरण गरेको छ।  वि.सं २०४७ सालमा पहिलोपटक प्रदर्शनमा आएको करम थारु भाषाको पहिलो फिल्म हो। फिल्म बनाउन मुख्य भूमिका परशुराम चौधरीले गरेका थिए। उनी यस फिल्मका अभिनेतामात्र थिएनन्, निर्माता, निर्देशक, पटकथा, ध्वनी, द्वन्द्वलगायत उनी स्वयंले गरेका थिए। Continue reading “‘करम’लाई ऐतिहासिक सफलता, अब निर्माण पक्षले ‘करमवीर’ बनाउने”

नक्कली नेपाली नोटसहित दाङ निवासी चौधरी पक्राउ

Fake Nepali noteराजधानीको नयाँबसपार्कमा फेन्सी पसल चलाउँदै आएकी सन्तकुमारी शर्मालाई बिहीबार एक ग्राहकले दिएको नयाँ नोट समाउनासाथ शंका लाग्यो। उनले बारम्बार नोट छामिन्, साबिकभन्दा केही खस्रोजस्तो महसुस भयो। कतै नक्कली त होइन? उनको पसलमा कपडा किन्न आएका नारायणपुर–९, दाङका आशिष चौधरीले दिएको ५ सय नेपाली रुपैयाँको नोटमा शंकालु नजर दौडाएकी शर्माले तुरुन्त प्रहरी बोलाइन्। Continue reading “नक्कली नेपाली नोटसहित दाङ निवासी चौधरी पक्राउ”

बलात्कृत मुक्त कमलरीको बलात्कारीसँगै बिहे गराउन दबाब

मुक्त कमलरी किशोरी बलात्कार गर्नेमध्येका राजु चौधरीसँग विवाह गर्न भारतीय प्रहरीले आफन्तलाई दबाब दिएको छ । भारतमा मेला भर्न गएकी ढोढरी गाविसकी १७ वर्षकी ती किशोरी बर्दियासँग सीमा जोडिएको बहराइचको बिछियास्थित कटरियाबाबानजिक सामूहिक बलात्कारमा परेकी थिइन् । गाउँका सम्पन्न परिवारका चौधरीको मुद्दा फिर्ता लिन प्रहरी पनि अनुचित दबाबमा परेको स्रोतले जनाएको छ । Continue reading “बलात्कृत मुक्त कमलरीको बलात्कारीसँगै बिहे गराउन दबाब”

गच्छदारले भने चितवन पश्चिम थरुहट प्रदेश नै हुनुपर्छ

Bijay Gachhdar

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधानका विवादित विषयहरुमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छिट्टै साझा धारणा ल्याउने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले मधेसी मोर्चाले सहमतिको लागि साझा प्रस्ताव ल्याउन लागेको स्पष्ट पार्दै अब संविधान निर्माणका हरेक विषयमा मोर्चा एक भएर बढ्ने पनि बताए। Continue reading “गच्छदारले भने चितवन पश्चिम थरुहट प्रदेश नै हुनुपर्छ”

जनजाति महासंघद्वारा १८ बुँदे घोषणा पत्र जारी, सात प्रदेश नमान्ने

Fonij (1)

कमला चौधरी/बुटवल- नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले १८ बुँदे बुटवल घोषण पत्र जारी गरेको छ। नेपाल आदिवासी जनजाति पत्रकार संघ फोनिज रुपन्देहीद्धारा आयोजित पत्रकार सम्मेलनमा घोषण पत्र जारी गरिएको हो। Continue reading “जनजाति महासंघद्वारा १८ बुँदे घोषणा पत्र जारी, सात प्रदेश नमान्ने”