Author: admin
सार्क सम्मेलनमा थारु झाँकी
जनजाति नेताहरुको खबरदारी सभा
थारु फिल्म ‘आइ लभ यू’ रिलिज हुँदै
सतिश सिन्हाले निर्देशन गरेको थारू भाषाको चलचित्र ‘आई लभ यू’ चाँडै नै रिलिज हुँदैछ। सिएस फिलिमस् प्रालिको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको छायाङ्कन सकिएको छ। चलचित्रमा नृत्य भीम अधिकारीको छ। द्वन्द्व राजुको तथा छायाङ्कन र सम्पादन निर्देशक सिन्हा आफैंले गरेका छन्। श्रृङ्गारको काम सुमन शंकरले गरेका छन्। Continue reading “थारु फिल्म ‘आइ लभ यू’ रिलिज हुँदै”
थारुको आस्थासँग जोडिएको गढीमाई मेला
लोकविश्वास अनुसार दुई सय वर्षअघि बरियारपुर गाउँका एक थारु भगवान चौधरीको घरमा पसेको चोर समातिएपछि गाउँलेको कुटाइले उसको मृत्यु भयो। अनुसन्धानमा आएको प्रहरीले समातेपछि चौधरीले अड्डामा बयान दिँदै चोरको हत्या आफूबाट हुन गएको स्वीकारे।
गढीमाई मेलामा उर्लियो मानवसागर (फोटो फिचर)
बाराको प्रसिद्ध गढीमाई मेलाका लागि नेपालका विभिन्न जिल्ला र सिमावर्ती भारतबाट आएका दर्शनार्थीको भिड बाक्लिँदै गएको छ। शुक्रबार मूल पुजारीले पञ्चबली चढाएपछि सर्वसाधारणको लागि बलि खुल्ला हुनेछ। त्यसअघि मेला मानिसको बाक्लो उपस्थिति ढाकिसकेको छ। मन्दिरका पुजारी मंगल चौधरीले बिहीबार दिनभरमा एक लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान गरे। Continue reading “गढीमाई मेलामा उर्लियो मानवसागर (फोटो फिचर)”
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँतिनुका कारण…
काठमाडौं- सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट्ने खबर भारतीय दूतावासबाट आएपछि रातारात मधेसवादी दलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूत्याँएको थाहा भएको छ। पहिलो सविधानसभा विघटनपछि मधेसवादी दलको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भंग भएपछि दोस्रो सविधानसभा निर्वाचन भइसक्दा पनि मोर्चा ब्यूत्याउन सकेका थिएनन्। Continue reading “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा ब्यूँतिनुका कारण…”
बहुमतको होइन सहमतिको संविधान बनाऊ : मोदी
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै राजनीतिक शक्तिको सहमतिका आधारमा नेपालमा छिटोभन्दा छिटो संविधान बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग स¬ङ्गठन(सार्क)को १८ औंँ शिखर सम्मेलनमा सहभागिताका लागि आज काठमाडौं आउनुभएका प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रियामा भारतले कुनै दखल नदिने स्पष्ट गर्दै भारत छिमेकी देश नेपालमा जति सक्यो चाँडो र सहमतिको संविधान देख्न चाहेको बताउनुभयो। Continue reading “बहुमतको होइन सहमतिको संविधान बनाऊ : मोदी”
काठमाडौं-दिल्ली बस सेवा सुरु
काठमाडौं- नेपाल र भारतबीच औपचारिक रूपमा बस सेवा सुरु भएको छ। काठमाडौँ र दिल्ली मार्गमा सरकारी तहमा बस सेवा सञ्चालन हुन लागेको यो पहिलो पटक हो। बस सेवा सञ्चालनसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव विष्णुओम बादे र उहाँका भारतीय समकक्षी निरज बर्माले हस्ताक्षर गर्नुभयो। हस्ताक्षर समारोहमा प्रधानमन्त्री सुशील कोइराला र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थिति थियो। Continue reading “काठमाडौं-दिल्ली बस सेवा सुरु”
भारतीय प्रमबाट नेपाली सेनालाई हेलिकोप्टर सहयोग
काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाका लागि अत्याधुनिक एक हेलिकोप्टर आज एक समारोहमा हस्तान्तरण गर्नुभएको छ। पाँच हजार पाँच सय किलोग्राम क्षमताको सो हेलिकोप्टर आज साँझ सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री कोइरालालाई भारतीय प्रधानमन्त्रीले हस्तान्तरण गर्नुभयो। Continue reading “भारतीय प्रमबाट नेपाली सेनालाई हेलिकोप्टर सहयोग”









