मोदीद्वारा ट्रमा सेन्टर उद्घाटन

National Trauma Center Handovers

काठमाडौं- प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज यहाँ आयोजित समारोहबीच राष्ट्रिय ट्रमा सेन्टरको संयुक्त रूपमा उद्घाटन गर्नुभयो। मित्र राष्ट्र भारत सरकारको सहयोगमा निर्माण भएको सो सेन्टर सोही समारोहमा नेपाललाई हस्तान्तरण भएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा भाग लिन आउनेक्रममा आज अपराह्न काठमाडौँ आइपुग्नुभएका प्रधानमन्त्री मोदी सेन्टर उद्घाटन समारोहमा सरिक हुनुभएको थियो। Continue reading “मोदीद्वारा ट्रमा सेन्टर उद्घाटन”

सार्क राष्ट्राका राष्ट्रप्रमुख काठमाडौंमा, आजबाट १८औं शिखर सम्मेलन

  Saarc_Summit_Kathmandu-11
काठमाडौं- बहुप्रतिक्षीत दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औं शिखर सम्मेलन भोलिदेखि (बुधाबार) यहाँ भव्यताका साथ सुरु हुँदैछ। सार्क स्थापनाको तीन दशकको अन्तरालमा नेपालले तेस्रोपटक शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको हो। Continue reading “सार्क राष्ट्राका राष्ट्रप्रमुख काठमाडौंमा, आजबाट १८औं शिखर सम्मेलन”

भारतद्वारा एक खर्ब सहयोग

PM Koirala -India PM Modi

काठमाडौं- भारतले नेपाललाई उपलब्ध गराएको रु एक खर्ब रकम मुलुकका विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित विशेष समारोहमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासैनी र भारतीय आयात निर्यात बैंकका डेपुटी म्यानेजर डाइरेक्टर डेभिड रासक्विहाले हस्ताक्षर गर्नुभएको हो।

Continue reading “भारतद्वारा एक खर्ब सहयोग”

मधेसी दलका नेताले मोदीसँग के भने?

Modi Meets Terai Based Madhesh Party

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मधेसवादी दलका नेताहरूले सामूहिक भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री मोदी रहनुभएको होटल सोल्टीमा आज राति अबेर भएको सो भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध तथा संविधान लेखनका विषयमा भइरहेको प्रगतिका बारेमा केन्द्रित रहेर उहाँहरूबीच छलफल भएको थियो। Continue reading “मधेसी दलका नेताले मोदीसँग के भने?”

महिन्दा राजापाक्षेको लुम्बिनी भ्रमण यस्तो रह्यो (फोटो फिचर)

 Mahinda-4   

लुम्बिनी- श्रीलङ्काली राष्ट्रपति महिन्दा राजापाक्षले बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा आज बिहान पूजा गर्नुभयो। यसअघि श्रीलङ्काली राष्ट्रपतिसहितको टोली चढेको हेलिकप्टर लुम्बिनीको बसपार्क नजिक रहेको हेलिप्याडमा अवतरण गरेको थियो। अवतरणपछि बाहिरी बाटो हुँदै ५ नं ढोकाबाट मायादेवी मन्दिर प्रवेश गर्नुभएका राष्ट्रपति राजापाक्षले झन्डै पाँच मिनेट मायादेवी मन्दिर र अशोक स्तम्भको दर्शन र अवलोकनमा व्यतीत गर्नुभएको थियो। Continue reading “महिन्दा राजापाक्षेको लुम्बिनी भ्रमण यस्तो रह्यो (फोटो फिचर)”

सार्कका राष्ट्र प्रमुखलाई थारु झाँकी देखाइयो

Tharu_Jhaki

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष÷सरकार प्रमुखलाई स्वागतका लागि सरकारले राजधानीका मुख्य सडकमा बाजागाजा तथा विभिन्न जातजातिका भेषभूषा झल्किने गरी सांस्कृतिक टोलीहरु परिचालन गरेको छ। Continue reading “सार्कका राष्ट्र प्रमुखलाई थारु झाँकी देखाइयो”

श्रीलङ्कन राष्ट्रपति महिन्दा राजापाक्षे लुम्बिनीमा

kdn__J5Tलुम्बिनी (रुपन्देही)- श्रीलङ्काका राष्ट्रपति महिन्द्रा राजापाक्ष बुद्ध जन्मस्थल भ्रमण गर्न लुम्बिनी पुगेका छन्। विश्व शान्तिको मुहान शाक्यमुनि बुद्धका जन्मस्थल लुम्बिनीप्रति निकै आस्था र विश्वास राख्नुहुने श्रीलङ्कन राष्ट्रपति राजापाक्ष देशको कार्यकारी पदमा पुगेपछि दोस्रोपटक लुम्बिनी पुगेका हुन्। Continue reading “श्रीलङ्कन राष्ट्रपति महिन्दा राजापाक्षे लुम्बिनीमा”

हङकङसँग नेपाल २ विकेटले पराजित

काठमाडौ- श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङसँग आज खेलेको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजय व्यहोरेको छ । टस हारेर व्याटिङ गरेको नेपालले बिर्सनलायक प्रदर्शन गर्दै ७२ रन मात्रै जोड्यो । जवाफी व्याटिङमा उभित्रएको हङकङले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । Continue reading “हङकङसँग नेपाल २ विकेटले पराजित”

पेट्रोल, डिजल र मट्टितेलको भाउ घट्यो

http://www.dreamstime.com/royalty-free-stock-photography-petrol-pump-image2972037

काठमाडौं- नेपाल आयल निमगले सोमबार पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य घटाइएको छ । उपभोक्ताले अब पेट्रोलको प्रति लिटर १ सय २५ रुपैयाँ ५० पैसा र डिजल/मट्टतिेलको ९९ रुपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ । Continue reading “पेट्रोल, डिजल र मट्टितेलको भाउ घट्यो”

जेलबाट निस्केर सिके राउतले भने- ‘मधेसका लागि फासीमा चढ्न तयार छु’

Ck raut

काठमाडौं‌- आत्मनिर्णयको अधिकार प्रयोग गरेर मधेसलाई स्वतन्त्र राष्ट्र बनाउनुपर्छ भन्ने डा. सिके राउत रिहा भएका छन्। राज्य विप्लवको मुद्दा लगाएर उनलाई पक्राउ गरिउको थियो। अदालतले उनलाई पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। Continue reading “जेलबाट निस्केर सिके राउतले भने- ‘मधेसका लागि फासीमा चढ्न तयार छु’”